Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राष्ट्रिय युवा संघको महत्वकांक्षी योजना –सम्पत्ति विवरणदेखि गमलामा खेति प्रणालीसम्म

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०निकट राष्ट्रिय युवा संघले आगामी नीति तथा कार्यक्रममा युवालक्षित कार्यक्रमलाई महत्त्व दिँदै स्वरोजगारदेखि १६ वर्षमै मताधिकारसमेतको व्यवस्था गर्नुपर्ने आवाज उठाएको छ ।

गत कात्तिक २७ गते युवा संघले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको थियो । संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै सबै तहको एकता सम्पन्न भएको जानकारी दिएका थिए । एकता सम्पन्न भएपछि आइतवार युवासंघले राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

आगामी नीति तथा कार्यक्रममा युवा संघले स्वरोजगार, विदेशबाट फर्किने युवालाई सर्वसुलभ ऋण तथा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋणको व्यवस्था, युवा मन्त्रालय, युवा परिषदको स्थापना, युवा संसदको स्थापना, युवा स्वरोजगार बैंकको स्थापना, मतदाता परिचयपत्रको व्यवस्था, रोजगारीको ग्यारेन्टी र बेरोजगार भत्ताको व्यवस्था, रोजगारमुलक प्राविधिक शिक्षाको व्यवस्था, १६ वर्ष उमेरमा मताधिकार जस्ता नीतिगत रुपमा उठाइएका मागका पक्षमा निरन्तर संघर्ष गर्ने बताईरहेको छ ।

आंशिकबाहेक यी सवै हाल कार्यान्वयन र व्यवस्थापनकै चरणमा रहेको बताइएको छ । राष्ट्रियता, जनजीविका, र भ्रष्टाचार विरुद्धको आन्दोलन पनि युवा संघको अर्को एक आयाम बनेको युवा संघले दाबी गरेको छ ।

तरुण दल निष्क्रिय, अन्य युवा संगठन बेकामे !
आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय युवा संघले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट युवा संगठन तरुण दललाई निष्क्रिय रहेको आरोप लगाएको छ ।

\"\"
राष्ट्रिय युव संघको राष्ट्रिय भेलामा नेता कार्यकर्ता

‘नेपाल तरुण दल मूलतः नेपाली कांग्रेसको नीति, सिद्धान्त र कार्यक्रमलाई वोक्ने संगठन हो । नेपालको लोकतान्त्रिक प्रक्रिया र परिवर्तनमा प्रगतिशिल क्रान्तिकारी युवासँगको सहकार्यमा सहायक भुमिकामा रह्यो,’ नीति तथा कार्यक्रमको निष्कर्ष छ, ‘तरुण दलले यसले पूँजीवादी, साम्राज्यवादीहरुको सेवा गर्ने र गरीब, मजदुर, किसान सर्वहारा वर्गको शोषण गर्ने कार्यक्रमलाई अवलम्बन गर्ने गरेको छ । नेपालको युवा आन्दोलनमा सक्रिय भूमिकामा रहन सकेको छैन ।’

यद्यपि तरुण दललाई घच्घच्याएर भएपनि युवा आन्दोलनमा सँगै लिएर जानुपर्ने निष्कर्ष युवा संघले निकालेको छ ।

त्यस्तै नेमकिपानिकट युवा संघ वैचारिक रूपमा शत्रु संगठन नभएको तर जड्शुत्रवादी रहेको बताइएको छ । राष्ट्रिय युवा संघ, समाजवादी युवा संघ लगायतका केही क्षेत्रीय संगठनहरु अस्तित्वमा रहेपनि राष्ट्रिय युवा आन्दोलनमा क्षेत्रीयतावादीको खासै भूमिका नरहने र यसले राष्ट्रिय अखण्डतामा समस्या पैदा हुन सक्ने निष्कर्ष युवा संघको छ ।

अन्तराष्ट्रिय युवा आन्दोलन रक्षात्मक भएको निष्कर्ष
आजको विश्व युवाहरूलाई उपेक्षा गर्दै अघि बढिरहेको निष्कर्ष सहित युवा संघले विभिन्न लिंग, वर्ग, सामाजिक प्रतिष्ठा, धर्म, राजनैतिक पक्षधरता, वर्णको आधारमा युवाहरु विचको बढ्दो दुरीका कारण युवाहरुले जारी राखेका सघर्षहरुले अपेक्षाकृत सफलता हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ ।

\"\"
राष्ट्रिय भेलामा सम्बोधन गर्दै संयोजक दीपशिखा ।

‘यथास्थितिलाई कायम राख्न चाहने र युवाहरु माथि भैरहेका दमन तथा शोषणहरुलाई निरन्तरता दिन चाहने शक्तिहरुले युवा आन्दोलनताई विभक्त गर्न र विषयान्तर गर्ने योजनाहरु निरन्तर संचालन गर्दै आएका छन्,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘आजको विश्व पूर्ण रुपमा युवाहरुको चाहनाविपरितको दिशातर्फ अगाडी बढ्दै गएको छ । नवउदारवाद तथा विश्व व्यवस्था क्रुर पूँजीवादको दुश्चक्रले लाखौँ युवाहरुलाई विचलित बनाएको छ । मुख्य रुपमा तेस्रो विश्वमा देखिएको युवाहरुको वेरोजगारी तथा विदेश पलायन त्यसैको परिणाम हुन् ।’

अन्तर्राष्ट्रिय राजनीति युवाहरूको पक्षमा नभएको निष्कर्ष निकाल्दै युवासंघले त्यसका लागि संघर्ष जारी राख्नुपर्ने बताएको छ ।

एक वर्षमा ५ लाख सदस्य

युवा संघले एक वर्षका लागि संगठनात्मक योजना तयार गरेको छ । आगामी दुई महिनामा केन्द्रीय निकाय तथा विभाग एकता गर्ने लक्ष्य राखेको संघले प्रदेशदेखि स्थानीय निकायको एकता पनि सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

साविकका दुवै संगठनहरुका सदस्यता रुजु तथा सदस्यता नविकरणसम्बन्धी योजनाहरु माघमहिनाभित्र सम्पन्न गरिने कार्यक्रम रहेको बताइएको छ । ‘सदस्यता रुजु, नविकरण तथा योजनाहरुको प्रत्यक्ष नेतृत्व तथा नियमन गर्ने निकाय जिल्ला कमिटी हुनेछ,’ आगामी नीति तथा कार्यक्रममा भनिएको छ, ‘सदस्यता प्रणालीलाई लागू भएकै मितिबाट अनलाइन प्रणालीमा विकास गरिनेछ ।’

\"\"
राष्ट्रिय युव संघको राष्ट्रिय भेलामा नेता कार्यकर्ता

युवा संघले एक वर्षको अवधिभित्र ५ लाख न्यूनतम सदस्य संख्या बनाउने लक्ष्यसहित काम गर्नुपर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सदस्यताका लागी क ( जिल्लाबाट न्युनतम १२ हजार, ख (जिल्लाका लागी न्युनतम ८ हजार र ग( जिल्लाका लागी न्युनतम २५ सयको लक्ष्य हुनेछ । यो लक्ष्य नविकरण तथा नयाँ सहितको हो भनि बुझ्नुपर्ने बताइएको छ ।

राजनीतिमा महिलाको संगठनात्मक सहभागिता कमजोर हूँदै गइरहेको परिस्थितिमा सदस्यता वितरण तथा नविकरणमा विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

राष्ट्रिय युवा संघले राजनीति तथा विचारधारात्मक कार्यक्रम माउ पार्टी नेकपाले तय गरेअनुसार हुने जनाएको छ । तर माउ पार्टीले तय गरेका कार्यक्रमहरूमा एकै लक्ष्य प्राप्त हुने गरी फरक स्वरूपमा संचालन गर्न भने छुट दिएको छ । संगठनको विचारधारात्मक कार्यदिशा माउपार्टीले तय गरेजस्तै ‘जनताको जनवाद’ हुनेछ ।

संगठनका प्रत्येक तहले प्रचारात्मक कार्यक्रमका रूपमा जनसमुदायका हरेक श्रम कार्य, दुख तथा खुशीहरु सँगसगै सहभागिता जनाउने बताएको छ । संगठनका हरेक सदस्यले यो नीति अनिवार्य लागु गर्नुपर्ने आगामी नीति तथा कार्ययोजनामा समावेश गरिएको छ ।

१० किलोमिटर बाटोमा श्रमदान

युवा संघले सामाजिक उत्तरदायीत्वको प्रश्नलाई प्रधान मान्ने बताउँदै संस्थागत र व्यक्तिगत दुवै रूपमा संगठनका नेता कार्यकर्ताहरूलाई सामाजिक रूपमा उत्तरदायी बनाउने बताएको छ ।

‘संगठनका हरेक कमिटीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत विकास निर्माण, जनसमुदायका सामाजिक विकास तथा समाजिक कार्यहरुमा संस्थागत सहभागिता जनाउनुपर्नेछ,’ संघको आगामी नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, ‘पार्टी तथा सरकारबाट लागु हुने विकासनिर्माण लगायतका कामहरुमा संस्थागत परिचालन, भौतिक सहयोगदेखि परीआउने समस्याहरुमा प्रत्यक्ष जोडिनुपर्नेछ ।’

जनसमुदायसँग प्रत्यक्ष रूपमा जोडिने सरकारी कामहरूमा पनि स्वयंसेवक परिचालन गरिने युवा संघले जनाएको छ । सरकारी संयन्त्रले गर्ने ढिलासुस्तीबाट जनतालाई प्रभावित हुन नदिने लक्ष्य लिएको बताइएको छ ।

साथसाथै खासखास चाडपर्व, साँस्कृतिक प्रदर्शन तथा खेलकुदमा पनि स्थानीय तह तथा प्रशासनसँग सहकार्य गर्दै स्वयंसेवक परिचालन गर्ने युवा संघले आफ्नो कार्यक्रममा स्पष्ट पारेको छ । त्यस्तै सरकारसँगको समन्वयमा सरकारले चाहेको ठाउँमा १० किलोमिटरसम्म बाटो बनाउन श्रमदान गर्ने राष्ट्रिय युवा संघले प्रतिबद्धता जनाएको छ ।

‘जनश्रम कार्य अन्तर्गत प्रत्येक सदस्यले महिनामा १ दिन अनिवार्य रुपमा जनश्रममा जोडिनुपर्नेछ,’ नीति तथा कार्यक्रममा प्रतिबद्धता व्यक्त गरिएको छ, ‘यस्तो श्रम कार्य संगठनहरुले सामुहिकरुपमा आयोजना गर्नसमेत सक्नेछन् । श्रमकार्यको जानकारी व्यक्ति भए सम्बन्धित कमिटीमा र कमिटी भए उपल्लो कमिटीमा जानकारी गराउनु पर्नेछ ।’

नेता कार्यकर्तालाई स्वावलम्बी र आत्मनिर्भर बनाउने बाध्यकारी नियम

राष्ट्रिय युवा संघले आफ्ना नेता तथा कार्यकर्ताहरूको आर्थिक जीवनको व्यवस्थापनका नयाँ कार्यक्रमको घोषणा गरेको छ । संगठनको सक्रिय तथा साधारण सदस्य र इकाई कमिटीका सदस्यहरुबाहेक संगठनका प्रत्येक नेता कार्यकता ३ महिनाभन्दा बढी बेरोजगार बस्न नपाउने प्रावधान आगामी नीति तथा कार्यक्रममा समेटिएको छ ।

\"\"
राष्ट्रिय युव संघको राष्ट्रिय भेलामा नेता कार्यकर्ता

‘संगठनको सदस्य भएको ३ महिनाभित्र स्वरोजगार भइसक्नुपर्नेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘रोजगारी भएर वा उत्पादनको माध्यमबाटमात्रै यो उदेश्य पुरा हुनेछ । उत्पादन तथा रोजगारीका लागि संगठनले प्रत्येक नेता कार्यकर्तालाई सीपमुलक तालिम लगायतका अन्य कार्यहरुमा सहयोग गर्नेछ ।’

यस्तो बाध्यकारी नियमले संगठनका नेता कार्यकर्तामाथि लाग्ने आरोपहरुको खण्डन गर्ने विश्वास आगामी नीति तथा कार्यक्रममा गरिएको छ । खासगरी युवा संगठनमाथि लाग्ने गरेको चन्दा असुली लगायतका अन्य आरोपहरु खेप्नुपर्ने र राजनीतिक जीवन अपारदर्शी हुने भएकाले यस्तो बाध्यकारी नियम ल्याउन लागिएको युवा संघका नेताहरू बताउँछन् ।

आगामी नीति तथा कार्यक्रमले संगठनका प्रत्येक कमिटीले आर्थिक आयआर्जनको सामूहिक काम गर्नुपर्ने बाध्यकारी नियम ल्याएको छ । संगठनलाई जीवन्त र अनुशाशित गर्न यस्तो नियम ल्याइएको संघका नेताहरू दाबी गर्छन् ।

‘संगठनका प्रत्येक कमिटीले आर्थिक आर्जनको सामुहिक काम गर्नुपर्नेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यो मूलतः श्रमबाट आर्जन गर्ने आयलाई भन्न खोजिएको हो । यसरी आर्जन गरिएको आय संगठनको अनुसाशन र जीवनसमेत हो । यस्तो रकम प्रत्येक कमिटीले ३र३ महिनामा सार्वजनिक गर्नुपर्नेछ ।’

यसरी आर्जन गरिएको आय संगठनको आन्तरिक मामला तथा सामाजिक कार्यमा सम्बन्धित कमिटीले नै १० प्रतिशत खर्च गर्न सक्ने बताइएको छ । आर्थिक अनुशासन कायम राख्न प्राकृतिक प्रकोपका लागि कसैले गर्ने सहयोगबाहेक अन्य अवस्थामा संगठनका कुनै पनि सदस्यले आर्थिक सहयोग लिन नपाइने उल्लेख छ । त्यसका लागि पनि केन्द्रीय कमिटीबाट अनुमति लिनुपर्ने छ ।

यससँगै केन्द्रदेखि जिल्ला सङ्गठनका सदस्यले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी नियम ल्याइएको छ । त्यस्तै केन्द्रीय कमिटीले सामाजिक कार्यकर्ता संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोष खडा गर्ने प्रतिबद्धता गरेको छ ।

युवा संगठन – अन्य देशमा रक्षात्मक, नेपालमा शक्तिशाली र जनअनुमोदित

राष्ट्रिय युवा संघले आफ्नो संगठन नेपालमा शक्तिशाली र जनअनुमोदित रहेको दाबी गरेको छ । माउ पार्टी नेकपा दक्षिण एसियाकै पहिलो ठूलो कम्युनिस्ट पार्टी र एसियामा तेस्रो ठूलो कम्युनिस्ट पार्टी रहेको अवस्थामा लोकप्रिय मतबाट करीब दुईतिहाइ मतका साथ सत्तासीन भएको यथार्थलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

खासगरी ‘युवालाई संगठन र सरकारसँग र सरकारलाई संगठन र युवासँग’ एकाकार गराउने मुल उदेश्य अनुसार संगठन परिचालित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । युवाहरूलाई विदेश पलायनबाट रोक्न रोजगारीको सिर्जना गर्न आफूहरू प्रतिबद्ध रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘संगठनले बेरोजगार युवालाई सबभन्दा पहिला स्वदेशमै केही गरौं भन्ने भावनाको विकास गराउन भूमिका खेल्नुपर्दछ भने स्वरोजगार बनाउनका लागी उसलाई प्रत्यक्ष सहयोग गर्नुपर्दछ,’ आगामी नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, ‘जस्तो– रोजगारीमा लगाउने, आफैं केही गर्न चाहिरहेको भए लगानी सहजीकरण तथा सीप तालिममा सहयोग गर्ने हुनसक्छ ।’

संगठनले ‘युवालाई संगठन र सरकारसँग र सरकारलाई संगठन र युवासँग’ एकाकार गराउन ‘सार्वजनिक बहस’का कार्यक्रमहरु लागू गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । यस्ता बहसहरु केन्द्रले ठुला शहरहरु केन्द्रित, प्रदेशले प्रदेश राजधानि केन्द्रित, जिल्लाहरुले सदरमुकाम केन्द्रित तथा तलका कमिटिहरुले सर्वत्र गर्नुपर्ने बताइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies