Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कास्कीमा उपनिर्वाचनः यसकारण परिणाम काँग्रेसको पक्षमा

कास्की । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता यज्ञबहादुर थापाले आउँदो उपनिर्वाचनको परिणाम काँग्रेसका पक्षमा हुने बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं ४ मा घरदैलोमा सहभागी बन्दै उनले जनता सरकारका गतिविधिप्रति निराश भएका कारण काँग्रेसप्रति आकर्षण बढिरहेको दाबी गर ।

पार्टीका नेता कार्यकर्ता एकताबद्ध भएको चर्चा गर्दै उनले व्यापारी, उद्योगपति, पेशाकर्मी, कर्मचारी सबैको साथ र सहयोग यसपटक काँग्रेसलाई हुने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले काँग्रेससँग जनताले धेरै भरोसा गरेको बताए । कर वृद्धि, महङ्गी, भ्रष्टाचारबाट जनताले उन्मुक्ति चाहेको उनले धारणा राखे ।

कास्की क्षेत्र नं २ मा काँग्रेसले चुनाव प्रचारप्रसारका कार्यक्रमअन्तर्गत आजदेखि दोस्रो चरणको कार्यक्रम सक्दैछ । गत कात्तिक २१ गतेदेखि शुरु भएको अभियानअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं १६ अर्मलामा घरदैलो गरी दोस्रो चरण सक्ने र भोलिदेखि तेस्रो चरणको कार्यक्रम थाल्ने प्रचारप्रसार मूल समितिका संयोजक एवं कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

पहिलो र दोस्रो चरणमा अधिकांश मतदातासँगको भेटघाट सकिएको जानकारी दिँदै उनले तेस्रो चरणको कार्यक्रम चुनावीसभामा केन्द्रित हुने बताए । पार्टीका उच्च तहका नेता सहभागी बन्ने चुनावी सभामार्फत जनताका समस्या, वर्तमान राजनीतिक परिवेशबारे पार्टीको धारणा प्रस्तुत गर्दै उम्मेदवारमार्फत यहाँको समृद्धि र विकास प्रतिबद्धता प्रस्तुत गरिने पार्टीले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies