Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यसकारण बुबाकी प्यारी हुन्छिन् छोरी

परिवर्तित समयले परिवारलाई आज एकल परिवार प्रणालीमा परिवर्तन गरिदिएको छ । सानैदेखि छोरीहरुलाई बुबाको प्यारी मानिन्छ । त्यसैले त छोरीहरुका लागि उनको आदर्श नै बुबा हुन्छन् । तर, समस्याको कुरा के छ भने विवाहपछि छोरीहरु आफ्ना श्रीमानलाई बुबाको जस्तै तौर(तरिकामा ढाल्न सक्दैनन् । छोरीहरु हरेक समय आफ्नो श्रीमानमा बुबाको तौर(तरिका खोज्ने गर्छन् ।

यो समस्या त्यतिबेला अझ बढ्छ । जब उनीहरुले आफ्ना श्रीमानलाई स(साना कुराहरुमा पनि आफ्नो बुबा जस्तो नभएको भन्दै पेच हान्ने गर्छन् । विवाह भएपछि नयाँ घरमा प्रवेश गर्दा उनको मनमा अनेकौं सपनाहरुसँगै केही डर पनि रहेको हुन्छ । त्यस्तो स्थितिमा जब बुबाले आफ्नी छोरीलाई बारम्बार फोन गर्ने र छिटो(छिटो भेट्नाले छोरीको स्वभाव प्रभावित हुन्छ । बुबासँग नजिक हुनु नराम्रो कुरा होइन । तर, त्यही क्रममा आपसी सम्बन्धहरुलाई बेवास्ता गर्नु उचित होइन ।
प्रेम विवाह होस् अथवा मागी विवाह, नयाँ परिवारको परिवेश एउटा युवतीको लागि अञ्जान नै हुन्छ । त्यस्तो स्थितिमा नयाँ दुलहीलाई मायाप्रेम र सौहाद्रपूर्ण वातावरण दिनु घरका प्रत्येक सदस्यको कर्तव्य हुन्छ । कहिलेकाहीँ असमझदारीले मनमुटाव उत्पन्न गराउँछ । त्यस्तो अवस्थामा पछुताउनु बाहेक अरु कुनै विकल्प रहँदैन ।

परिवारमा स(साना कुराहरु भइरहन्छन् र ती कुराहरु नराम्रो पनि लाग्न सक्छ । त्यस्ता कुराहरुले रिसको झोकमा आएर कुनै पनि निर्णय लिनुभने यो गलत कुरा हो । रिसको झोकमा लिएको निर्णय गलत हुन्छ र स्थितिलाई झन् नराम्रो बनाउँछ । त्यस्तो अवस्थामा जीवनभर पछुताउनुभन्दा आफूलाई सम्भालेर निर्णय लिनु राम्रो हुन्छ । सानो कुराको गहिराईसम्म पुग्नु हुँदैन, मन शान्त भए पछि त्यो कुरामा पुनर्विचार गर्नुपर्छ ।

सुरेखाको सम्बन्धविच्छेद हुने क्रममा छ । कुरा केवल यति हो, सुरेखा आफ्नो बुबाको अति नै प्यारी थिइन् । सुरेखाको विवाह भएपछि उनको बुबाले बारम्बार फोन गरिरहन्थे । सुरेखा र उनको श्रीमान् हनीमुनको लागि गएका थिए । त्यो समयमा पनि सुरेखाको बुबाले रातको समयमा आफ्नो छोरीलाई फोन गर्थे र सुरेखा पनि बुबाको कुरामा यति मस्त हुन्थिन् कि उनलाई आफू हनीमुनमा आएको छु भन्ने कुरा नै बिर्सिन्थिन् । उता सुरेखाको श्रीमान् सुरेखासँग नजिक हुनको लागि र रमाइलो समय बिताउनका लागि तड्पिँदै उनलाई पर्खिंदा(पर्खिंदै निदाउँथे ।

धेरै पटक श्रीमानले सुरेखालाई सम्झाउन खोजे तर सुरेखाले उल्टो श्रीमान्लाई नै दोषी बनाउँथिन् । जब सुरेखाको बुबालाई उनीहरुको त्यस्तो मनमुटावको बारेमा थाहा भयो । उनले सुरेखाका श्रीमान्लाई गाली गरेर छोरीलाई आफूसँगै घर लिएर आए । दुबै पक्षबीच असमझदारी र झगडा बढ्दै गयो र कुरा सम्बन्धबिच्छेदसम्म पुग्यो ।
बुबाको माया छोरीको लागि परिवर्तित समयसँगै कम हुँदैन अझ बढ्छ । जुन नराम्रो होइन । तर, छोरीसँगको लगाब यदि उनको वैवाहिक जीवनमा कलहको कारण बनेको छ भने यो गलत कुरा हो । बारम्बार आफ्नो श्रीमानलाई मेरो बुबा जस्तै छैनौ । उहाँले यस्तो गर्नुहुन्थो, त्यस्तो गर्नुहुन्थ्यो जस्ता वाक्यले कटुता उत्पन्न गर्छ । कलहको कारण जे पनि हुनसक्छ । तर, छोरी(ज्वाईंको सम्बन्धमा बुबाको अनावश्यक हस्तक्षेप राम्रो हुँदैन । सम्बन्धका त्यस्ता स(साना कुराहरुमा ध्यान दिनुपर्छ, जसले तपाइर्ं र तपाईंको छोरीको सम्बन्ध पनि सुमधुर रहिरहन्छ । यसको लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

बुबा र श्रीमानमा तुलना गर्नु हुँदैन

कहिल्यै पनि बुबा र श्रीमानबीच तुलना गर्नु हुँदैन । दुबै परिवारको परिस्थितिहरु, रहनसहनको तरिका, आम्दानीको माध्यम, परिवारमा सदस्यको संख्या भिन्दा(भिन्दै हुनुको कारणहरुले गर्दा दुबै परिवारमा समानता हुन कठिन हुन्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

यदि तपाईंको बुबा कुनै कुरामा खुलेर खर्च गर्नुहुन्छ तर तपाइर्ंको श्रीमान् त्यस्तो गर्दैनन् भने त्यस कुरालाई लिएर पेच हान्ने, खिल्ली उडाउने गर्नु हुँदैन । स्वयंलाई त्यही वातावरणमा ढाल्ने प्रयास गर्नु पर्छ । त्यो तपाईंको बिगत थियो र यो तपाईको वर्तमान हो भन्ने कुरालाई दिमागमा राख्नुपर्छ ।

स्वयंलाई तयार राख्नुपर्छ

नयाँ परिवारमा तपाईंले त्यहाँको परिवेश अनुसार आफूलाई ढाल्नुपर्छ भन्ने कुरालाई मानसिक रुपले तयार हुनुपर्छ । जसले पछि समस्या हुँदैन । मनमुटाव, भनसुन हरेक सम्बन्धमा हुन्छ । सम्बन्धलाई माया र आपसी विश्वासले भर्ने कोसिस गर्नुपर्छ ।

प्रेममा रहेका प्रेमीहरु होस् कि नवविवाहित दम्पती, आज सम्बन्धमा समस्या, मनमुटाव, अविश्वास, इर्ष्या, अहंकार जस्ता भावनाहरु हाबी हुन थालेको पाइन्छ । जसको नतिजा सम्बन्धहरु टुट्दैछन् । सम्बन्धको आयु छोटो हुँदै गएको छ । मानिसहरु एक(अर्कासँग लामो समय साथ रहन सकिरहेका छैनन् ।

जस्तालाई त्यस्तैको भावना

जस्तालाई त्यस्तैको भावना मनमा राख्नु हुँदैन । त्यसलाई मनबाट हटाउनुपर्छ । उसले मलाई यस्तो गरेको छ । म पनि उसलाई त्यस्तै गर्छु भन्ने भावना मनमा आउनु राम्रा कुरा होइनन् । यस्तो भावनाले सम्बन्ध बन्नुभन्दा बिगार्न मद्दत गर्छ ।

असुरक्षा

विवाहपछि बाबुलाई छोरीलाई कुनै समस्या हुने हो कि भन्ने कुराको चिन्ता बढ्न थाल्छ । यस्तो उनीहरु आफ्ना छोरीहरुको भविष्यको सुरक्षाप्रति सशंकित भएर गर्छन् । त्यस्तै बुबाहरुले आफ्ना छोरी(ज्वाईंको नयाँ जिन्दगीको सुरुवात भएको छ । यी दुबैले एकसाथ समय बिताउनु आवश्यक छ । जसले गर्दा उनीहरु भावी जिन्दगी सजिलै बाँच्न सकून् भन्ने कुरालाई पनि बुझ्नुपर्छ । त्यसैले दुबैलाई एक(अर्कासँग समय बिताउने मौका पूर्ण रुपमा दिनुपर्छ ।

अपेक्षाहरु

महिला तथा पुरुष दुबैले एक अर्कालाई त्यस्तै स्वीकार्नुपर्छ जस्तो गर्छन् । उनीहरु धेरै समयदेखि जुन जीवनशैली बाँच्दै आएका छन् । अचानक आफूलाई परिर्वतन गर्न उनीहरुको लागि सजिलो हुँदैन भन्ने कुरा दुबैले बुझ्नु आवश्यक छ । त्यसैले आपसमा मनमुटाव राख्नु हुँदैन । एक(अर्कालाई माया र सम्मान दिनुपर्छ । एक(अर्काको भावनालाई आदर गर्नुपर्छ ।

यदि तपाईं कसैको हात थाम्नु हुन्छ भने त्यसलाई निभाउन पनि जान्नुपर्छ । श्रीमान्(श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउने कोसिस गर्नुपर्छ ।अनलाइनखबर

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies