Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

गरिबीको कारण बाबुले आत्महत्या गरेपछि तीन बच्चा भोकै

धादिङ । छ दिन अघि बाबुले गरिबीका कारण आत्महत्या गरे । कमाइ गरेर परिवार पालिरहेका यमबहादुर थापामगरको मृत्युपछि तीन बच्चा भोकै विद्यालय जान थालेका छन् । आमा ओछ्यानमा थला परेको पनि एक वर्ष भयो । तिन वर्षदेखि प्यारालाइसिस भएपछि नीलकण्ठ नगरपालिका –१२ आँगेटारीका ३३ वर्षीय लक्ष्मी थापा मगर दिसापिसाव एकै ठाउँमा भएको छ । उनका श्रीमान् यमबहादुरले उपचारका लागि घर खेत सके तर उपचार भएन ।

लक्ष्मीको स्याहार ७ वर्षीय छोरी सोममाया थापामगर, १० वर्षीय काजी थापामगर र १२ वर्षीय करिना थापामगरले गर्दै आएका छन् ।

बिहान ओछ्यान परेकी आमालाई गिलो भात बनाएर खुवाउने र आमाले सुरुवालमा गरेको दिसापिसाव धोइदिने गर्छन् छोराछोरीहरू । तीन वर्षदेखि प्यारालाइसिस भएकी लक्ष्मीको शरीर नचल्ने भएपछि बोल्नसमेत नसक्ने अवस्थामा छिन् । परिवारको सबै बोझ करिनाको काँधमा आएको साङकोष माविका शिक्षक रामप्रसाद लामिछानेले बताए ।

उनीहरूका बाबु ३१ वर्षीय यमबहादुर थापामगरले ०७६ कात्तिक २० गते घरसँगको रुखमा पासो लगाएर आत्महत्या गरे ।

\"\"/
प्यारालाइसिसले थला परेकी ३३ वर्षीय लक्ष्मी थापा मगर ।

तीन बालबालिकाका बाबु यमबहादुरले ज्याला मजदुरी गरेर परिवार पालिरहेका थिए । पत्नीको उपचारका घर खेत बेचे तर उपचार भएन । पत्नी बोल्न नसक्ने अवस्थामा थला परेपछि यमबहादुरले जीवनदेखि हार खाएर मृत्यु भएको अर्का शिक्षक युवराज रिजालले बताए ।

गरिबीले पिल्सिएका यमबहादुरले बाँच्ने आशा देखेनन् । तीन–तीन जना बच्चा कसरी हुर्काउने भन्ने चिन्ता माथि श्रीमतीसमेत थपिएपछि डिप्रेसनको औषधी खाइरहेका यमबहादुर उपचार अभावमा र गरिबीले गर्दा मर्न बाध्य भए ।

स्वास्थ्य र खाद्य अधिकारलाई मौलिक हकमा राखेको सरकारले गरिबीका कारण उपचार अभावमा कोही मर्नु पर्दैन भने पनि यो परिवारलाई भने मौलिक हकले छुन पनि सकेन ।

साङकोस माविको कक्षा ३ मा सोममाया, कक्षा ५ मा काजी र कक्षा ७ मा करिना अध्ययनरत तीन बालबालिका बाबुको मृत्युपछि भने भोक भोकै विद्यालय जान थालेका छन् । विद्यालयले उनीहरूलाई खानेकुरा किन्ने व्यवस्थाका लागि रकम सङ्कलन गरेको शिक्षक रामप्रसादको भनाइ छ ।घरमा खानेकुरा सकिएपछि उनीहरू थोरै खोले आमालाई खुवाएर उनीहरू भोकै विद्यालय गएको शिक्षकहरूले थाहापाएपछि विद्यालयमा ०७६ कात्तिक २६ गते चन्दा सङ्कलन गरेर चामल किनिदिँदै आएका छन् ।

जिल्लामा बालबालिकाका लागि काम गर्ने थुप्रै संस्थाहरू भए पनि उनीहरूसम्म भने कोही पुग्न सकेका छैनन् । स्थानीय सरकार नीलकण्ठ नगरपालिका १२ नम्बर वडाध्यक्ष बाबुराम लम्सालले जनजाति शीर्षकको केही रकम सहयोग गर्न आफूले नगरपालिकामा कुरा गरेको बताएको खबर प्रशासन अनलाईनका लागि शर्मिला तिमल्सिनाले लेखेकी छिन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies