Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

अब प्रधानमन्त्रीको थप उपचार अमेरिकामा हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा.दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागे पनि दुवैको उद्देश्य प्रमको स्वास्थ्यबारे परामर्श गर्नु नै भएको बालुवाटार स्रोतले जनाएको छ ।

यो समाचार आजको जनआस्थामा छ - मिर्गौला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई छेउमा अर्को मिर्गौला राख्न सकिने उपायबारे पनि सल्लाह भइरहेको बताइन्छ । पुँजी विकास बचत तथा सहकारी न्युरोडका अध्यक्ष तथा नेकपा कार्यकर्ता श्याम श्रेष्ठ (पुरानो घर सिन्धुपाल्चोक, हाल बौद्ध निवासी) ले आठ वर्षअघि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उनको शरीरमा ४ वटा किड्नी छन् ।

सिंगापुरमा मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुनी कानुनी जटिलता रहेका कारण त्यहाँको विकल्प अब टरेको बताइन्छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि कि बैंकक कि दिल्ली नै जानुपर्ने अवस्था छ ।

अगष्ट ३१ तारिखमा नेपाल आएका भारतीय विदेशमन्त्री एस। जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको, स्वाथ्यसम्बन्धी विवरण पनि उतै भएका कारण सबै व्यवस्था मिलाउँछौं’ भनी आफ्ना प्रधानमन्त्रीको सन्देश सुनाएका थिए । अघिल्लो महिना नेपाल आएका राष्ट्रपति सि चिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचारका लागि निम्ति स्वागत गर्न तयार रहेको बताएको स्रोतको दावी छ । तर, सबै कुराको विचार गर्दा अमेरिका नै सर्वोत्कृष्ट विकल्प हुने ठानिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies