Khabar Dabali Logo
  January 23, Thu

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ यू ४७९९ नंकोे मोटरसाइकललाई जाँच गर्दा तीनै जनाको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो पाँच पत्ता र गाँजा १० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

अदालतबाट सजाय पाएर फरार एक पक्राउ
बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक युवकलाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाह मुद्दामा जिल्ला अदालत सिरहाबाट ११ महिना २० दिनको कैद सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– २ नहरा निवासी ३५ वर्षीय रामविलास साहलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको गस्ती टोलीले साहलाई घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइने प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

कात्तिक २५ गते, २०७६ - १०:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको ११ बुँदे आचारसंहिता – सन्तानलाई ‘तँ’ नभन, परिवारमा ‘बैठक राख’ ! अरू के छ ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता तथा कार्यकर्तालाई एक ११ बुँदे निर्देशन...   
यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

काठमाडौं । नयाँ ठाउँमा घुम्न कसलाई पो मन लाग्दैन र? तर कतिपय मानिसका लागि यात्रामा बाधक बनिदिन्छ वान्ता...   
इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल...   

को हुन् सभामुखका उम्मेदवार सापकोटा ? स्कुलदेखि संसदसम्मका हेडमास्टर !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

आस्था राउतलाई पक्राउ पूर्जी जारी

काठमाडौं । गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको...   
सभामुखमा अग्नि सापकोटा प्रस्तावित

सभामुखमा अग्नि सापकोटा प्रस्तावित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...   
कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

काठमाडौं ।  बलिउड करियरमा सफल अभिनेताको उपाधि पाउँदै आएका अजय देवगणलाई फेरि अर्को सफलता प्राप्त भएको...   
सिन्धुपाल्चोकको बाह्रबिसेमा टहरा हटाइएपछि तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोकको बाह्रबिसेमा टहरा हटाइएपछि तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोक ।  जिल्लाको बाह्रबिसे नगरपालिका–३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक...   

नेकपाभित्रको बहसः के चाहन्छन् अध्यक्ष प्रचण्ड ?

सभामुख चयनका लागि नेकपाभित्र चलिरहेको संघर्ष कुनै व्यक्ति विशेष भन्दा पनि प्रवृत्तिको रहेको छ । बाहिर...   
आज कस्तो हुन्छ मौसम ?

आज कस्तो हुन्छ मौसम ?

काठमाडौं । केहीदिनदेखि जारी वर्षा र हिउँपात आइतबारबाट रोकिने सम्भावना रहेको छ ।मौसम पुर्वानुमान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top