Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो । करीब १ बजेतिर बालुवाटार छिरेका प्रचण्ड ३ बजेतिर बाहिरिएका थिए । छलफलमा समसामयिक राजनीतिका विषयमा छलफल भएको बालुवाटार स्रोत बताउँछ ।

स्रोतका अनुसार आइतवार भएको भेटघाटका ३ वटा एजेण्डा थिए । पहिलो प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकार चयन गर्ने सन्दर्भमा, दोस्रो मन्त्रिमण्डल हेरफेर गर्ने सन्दर्भ र तेस्रो पार्टी एकताका बाँकी कामहरू पूरा गर्ने सन्दर्भमा ।

गत शुक्रवार प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय टीमका सबै जनालाई राजीनामा गर्न निर्देशन दिए । सरकारको काम अपेक्षाकृत नभएको, सचिवालयका टीम सदस्यहरूबाट अनावश्यक सूचना बाहिर चुहिएको र प्रधानमन्त्री ओलीलाई सल्लाहकार टीमले गुमराहमा राख्न खोजेको आरोप लगाउँदै ओलीले सबैको राजीनामा मागेका थिए ।

सचिवालय र सल्लाहकारको टीमले अनावश्यक मिडियाबाजी गरेर सरकारलाई अप्ठेरो पार्न खोजेको निष्कर्षसहित राजीनामा मागिएपछि उक्त टीमलाई कसरी परिपूर्ति गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच आइतवार बालुवाटारमा छलफल भएको थियो ।

दुई अध्यक्षको छलफलमा प्रचण्डले राजनीतिक सल्लाहकारमा राम्रो मान्छे राख्न सके सरकारविरुद्ध भइरहेको घेराबन्दीलाई कम गर्न सकिने प्रचण्डले सल्लाह दिएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले प्रदीप ज्ञवालीसहित अन्य केही नेताको नाम लिएर फलानो कस्तो हुन्छ भनेर प्रचण्डको राय लिन खोजेको प्रचण्डनिकट स्रोतले दाबी गर्यो ।

सल्लाहकारको टीम एकैचोटी ‘फायर’ हुनु इतिहासकै पहिलो घटनाक्रम !
प्रधानमन्त्री ओलीले आफ्ना सबै सल्लाहकार र सचिवालयको टीमलाई राजीनामा दिन निर्देशन दिए । ओलीले ‘आवश्यक परे पछि बोलाउँछु’ भन्दै सबै टीममा आवद्ध १३ जनाकै राजीनामा मागेका थिए । यसबारेमा ओलीले प्रचण्डसँग पहिल्यै सल्लाह लिएको भएतापनि प्रचण्डले ‘तपाईंकै अधिकार हो’ भन्दै खासै चासो देखाएनन् ।

प्रधानमन्त्री ओलीले आइतवारको भेटघाटमा प्रचण्डसँग टीममा कस(कसलाई राख्ने हो भन्दै सल्लाह पनि मागे । प्रचण्डनिकट स्रोत दाबी गर्छ, ‘प्रचण्डले ग्रीन सिग्नल दिएपछि सचिवालय र सल्लाहकार टीमलाई फायर गरिएको हो ।’

प्रधानमन्त्री ओली पूर्व माओवादीबाट केहीलाई टीममा राख्न सकारात्मक देखिन्छन् । दुई ठूला पार्टी एक भएपनि पूर्व एमालेबाट सबै सल्लाहकार र सचिवालयमा सदस्य राखेको भन्दै पार्टीभित्रैबाट ओलीको आलोचना भएको थियो ।

बहुदलयताको नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीले आफ्नो सल्लाहकार टीम बालुवाटारबाट खाली गरेको पहिलोपटक हो । नेकपाका एक स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली व्यापक परिवर्तन गर्न सक्ने संकेत देखाएको बताए । ‘एक दुई जनालाई हटाएको भए त्यो यति ठूलो हल्लाखल्लाको विषय हुने थिएन । तर नेपालको इतिहासमै पहिलोपटक प्रधानमन्त्री सचिवालयका सबै सदस्यहरू एकैपटक खाली भएका छन् । यो सामान्य विषय होइन ।’

सूचना बेच्नेसम्मका काम गर्थे सचिवालय टीमका सदस्यले !
प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा सचिवालय टीममा रहेर काम गरिसकेका एक नेताले अहिलेका एकदुई जना सदस्यले बालुवाटारको सूचना बेचेकोसम्म आरोप लगाए ।

नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘अहिलेका कतिपयले मिडियालाई गलत सूचना दिनेसम्मका काम गरिरहेका छन् । आफूनिकट सञ्चारमाध्यमलाई बालुवाटारको सूचना बेच्ने काम भएको हामीले देखेका छौं । कतिपय कमरेडहरू इमान्दार भएपनि कतिपयले प्रधानमन्त्रीकै बदनाम गर्न खोजेका थिए ।’

त्यस्तो पात्र को हो भन्ने प्रश्नमा उनले भने, ‘मिलाएर बुझ्नुस् । भर्खरै भारतीय नक्सामा नेपालको भू-भाग परेकोमा पनि हतार हतार प्रतिक्रिया आएको छ । यसबाट उनीहरू कसको स्वार्थमा काम गरिरहेका छन् भन्ने प्रष्ट हुन्न र ?’

तर राजीनामा दिने तयारीमा रहेका एक सल्लाहकारले आफूहरू प्रधानमन्त्रीलाई सकेसम्म सहयोग गरेको दाबी गरे । ‘हामीले सकेसम्म प्रधानमन्त्रीको निर्देशनअनुसार उहाँलाई भरपुर सहयोग गरेकै हो । विधि र पद्धतिमा चलेका थियौं । पछिल्ला कतिपय कामहरू हामीले सफलतापूर्वक सम्पन्न गरेका छौं ।’

उनले बरू पार्टीकै केही कार्यकर्ताहरूले आफ्नो स्वार्थ पूरा हुन नसक्ने देखेपछि सचिवालय टीमको बदनाम गर्न खोजेको आरोप लगाए ।

छोरी कुटेर बुहारी तर्साउने काम !
पछिल्लो समय सरकारको काम प्रभावकारी नदेखिनुमा केही मन्त्रीको पनि भूमिका रहेको प्रधानमन्त्रीको बुझाई छ । अध्यक्षद्वयको प्रत्येक पटकको भेटघाटमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा छलफल चल्ने गरेको छ । स्रोतका अनुसार प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्न प्रधानमन्त्रीलाई ग्रीन सिग्नल दिइसकेका छन् ।

‘तर उपनिर्वाचनअघि हेरफेर गर्दा पार्टीलाई घाटा हुनेतर्फ प्रधानमन्त्री सचेत हुनुहुन्छ,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘मन्त्रिमण्डल पुनर्गठन हुनुपर्छ भन्ने पार्टीकै माग हो । यो अहिलेको पनि होइन, पुसमा बसेको स्थायी कमिटी बैठककै निष्कर्ष थियो ।’

प्रधानमन्त्रीले नयाँ शिराबाट आफू अघि बढ्ने भन्दै सचिवालय टीमका सबै सदस्यलाई राजीनामा दिन लगाएपछि केही मन्त्रीले आफ्नो पालो पनि आएको बुझिसकेका छन् । यसअघि एकाध मन्त्रीबाहेक प्राय सबै मन्त्री डेन्जर जोनमा रहेको कतिपय मिडियाले उच्चस्रोतको हवाला दिँदै समाचार प्रकाशित गरिसकेका छन् ।

‘सल्लाहकार टीमलाई राजीनामा दिन लगाएर प्रधानमन्त्रीले छोरी कुटेर बुहारी तर्साउन खोज्नुभएको हुन सक्छ,’ नेकपाका एक स्थायी कमिटी सदस्यको दाबी छ, ‘केही मन्त्रीसँग प्रधानमन्त्री खुसी हुनुहुन्न । अध्यक्ष प्रचण्ड पनि त्यति खुसी देखिनुहुन्न । प्रधानमन्त्रीको बारेमा गलत सूचना बाहिर ल्याएर सल्लाहकार टीमले बालुवाटार बदनाम गरेको थियो भने मन्त्रीहरूले सरकार बदनाम गरिरहेका छन् ।’

मन्त्रिमण्डलको टीमबाट प्रधानमन्त्री सन्तुष्ट नदेखिएपछि केही महिनाअघि ओलीले छुट्टाछुट्टै कार्यसम्पादन सम्झौतासमेत गरिसकेका छन् । तर त्यसपछि पनि कतिपय मन्त्रीहरू नसुध्रिएको ओलीको बुझाइ रहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies