Khabar Dabali Logo
  January 23, Thu

मह मिसावट भए नभएको थाहा पाउने सजिलो तरिका !!

मह स्वास्थको लागि निकैनै लाभदायक मानिन्छ । तर आजका मिसावटरहित मह बजारमा पाउन मुश्किल प्राय छ । मह मा मिसावट छ या छैन भन्ने कुरा छुट्टाउन नसक्दा हामी मिसावट भएको मह खान बाध्य भएका हुनसक्छौ । आखिर कसरी पहिचान गर्ने त महको शुद्दता रु

महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी हो । यसको लागि काँचको गिलास या कचौरामा तातो पानी भर्नु पर्छ । त्यसमा एक चम्चा मह हाल्नुपर्छ । त्यो मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ । यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ । मिसावटी मह बनाउनको लागि चिनी या सख्खरको प्रयोग गरिन्छ । त्यसैले त्यो पानीमा घुल्छ ।

अर्को पानीबाट जाँच गर्न सकिएन भने यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ । यसको लागि पहिले एउटा मैनबत्ती जलाउनुहोस् र त्यसमा एउटा काठमा कपास राखेर त्यसको बाहिर मह दल्नुहोस् । त्यो मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । त्यदि त्यो कपास बल्न समय लाग्यो भने त्यो महमा मिसावट भएको पुष्टि हुन्छ ।

महको शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ । यसको लागि टिस्यु पेपरमा महको एक एक थोपा हाल्नुपर्छ । यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ । शुद्ध मह भने त्यो पेपरको माथि नै रहन्छ ।

दैनिक खाने पाउरोटी पनि महको परीक्षणमा सहायक हुने गर्छ । शुद्ध मह पाउरोटीमा लगाउँदा त्यो कठोर हुने गर्दछ । जबकी मिसावट भएको मह पाउरोटीमा लगाउँदा झनै नरम हुने गर्दछ ।

महको एक थोपालाई बुढी औंला र चोर औंलाले च्याप्नुपर्छ । त्यसपछि बिस्तारै दुई औंला फट्याउनु पर्छ । यस्तो हुँदा दुई औंलाबीच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । शुद्ध मह दुबै औंलामा टाँसिएर बसेको हुन्छ । त्यसैले यसमा तार बन्ने गर्छ । तर, मिसावटी मह त्यसै फाटिने गर्छ ।

काँचको गिलास या कचौरामा एक ठूलो चम्चाको एक चम्चा पानी हाल्नुपर्छ । त्यसमा २र३ थोपा सिरका र थोरै पानी हालेर राख्नुपर्छ । दुई तीन मिनेटसम्ममा त्यसमा फोका उठ्न थाल्यो भने जान्दा हुन्छ कि महमा मिसावट छ ।

कात्तिक २४ गते, २०७६ - १४:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा

काठमाडौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय...   

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

काठमाडौ। राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै आज विशेष बुद्ध पूजा गरिएको...   

दैलेखमा भत्काइए दुई सय ४१ छाउगोठ

दुल्लु । गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन...   
एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

बलेवा । बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट...   

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी

सुरुङ्गा । तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा...   
बुद्धिचालको उपाधि हेटौँडाका थापालाई

बुद्धिचालको उपाधि हेटौँडाका थापालाई

चिप्लेढुङ्गा । पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण...   
यी युवा सय किलोकी दुलहीको खोजिमा, तीन सय युवतीको प्रस्ताव अस्वीकार

यी युवा सय किलोकी दुलहीको खोजिमा, तीन सय युवतीको प्रस्ताव अस्वीकार

२७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । ४४४ केजीका वेटलिफ्टर...   

सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

इनरुवा । प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव...   

आश्रमले भेटाइदियो भारतका सुखबहादुरकाे आफन्त

बागलुङ । गत मङ्सिर १७ गते राति हरियाणा, भारतका सुखबहादुर बेवारिसे अवस्थामा बागलुङ बजारमा भेटिए। नबोल्ने,...   

अबदेखि मापसे गर्ने चालकलाई हिरासतमा राखेर कारवाही गर्ने

धादिङ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top