Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

हुम्लालाई चीन र भारत जोड्ने ठूलो करिडोरकोरुपमा विकास गर्नु पर्छः उपराष्ट्रपति पुन

हुम्ला । उपराष्ट्रपति नन्दबहादुर पुनले हुम्लाको सिमकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालयको नमूना विद्यालय भवनको आज शिलान्यास कार्यक्रममा सो कुरा बताएका हुन् ।

सो अवसरमा उहाँले हिजोका दिनमा उत्पादनका हिसाबले पछि परेता पनि अबका दिनमा हुम्लाले समस्या भोग्नु नपर्ने बताए । उहाँले सडक सञ्जालले नजोडिएको हुम्लाको विकासका लागि नेपाल सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गर्दै कर्णाली करिडोरको गुरुयोजना तथा गौरवको योजना नेपाल सरकारको तालिकामा परिसकेको बताए ।

सो योजना सरकारको तालिकामा परेसँगै काम पनि तीव्रगतिमा भइरहेको र करीब ७०÷८० किलोमिटर मात्रै हुम्ला आइपुग्न बाँकी रहेको उहाँले उल्लेख गरे । भारत र चीन जोड्ने ठूलो करिडोर तथा एउटा हाइवेका रूपमा यसलाई विकास गर्ने नेपाल सरकार र कर्णाली प्रदेश सरकारको योजना रहेको उहाँले बताए । यसलाई फाष्टट्र्याकका रुपमा चीन र भारतसँग मोटरबाटो निर्माण गर्ने योजना रहेको पुनले बताए ।

मानसरोवर दर्शनका लागि हुम्लाबाट छोटो तथा सजिलो नाका भएकाले बाह्य पर्यटक यही जिल्ला भएर दर्शनका लागि जाने भएकाले कर्णाली करिडोरलाई पहिलो प्रथामिकता दिनुपर्नेमा उहाँको जोड थियो । उहाँले कर्णाली करिडोरको बाटो सञ्चालनमा आएपछि देश तथा विदेशबाट कैलाश, मानसरोवर दर्शनका लागि हजाराँै धार्मिक पर्यटक आउने हुँदा हुम्लाको मात्रै नभएर कर्णालीकै आर्थिक स्तरोन्नति हुने बताए ।

उपराष्ट्रपति पुनले हेलिकोप्टरमार्फत हिल्सा नाकामा गएर अवलोकनसमेत गरेका थिए । अवलोकनका क्रममा उहाँले पर्यटकीयस्थलबाट कर्णालीले पनि फाइदा लिनुपर्ने बताए । यसैगरी आजै भएको नमूना विद्यालयको शिलान्यास कार्यक्रममा उपस्थित भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय निर्माण गर्ने बताए ।

कर्णाली प्रदेशमा पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य धार्मिक सभ्यता रहेको उहाँले बताए । कर्णाली भाषा संस्कतिको उत्पत्ति भएको प्रदेश भएकाले यसलाई प्रचारका रुपमा पनि लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि प्रदेश सरकाले सिमकोटमा एक वर्षभित्र सडक पु¥याउने बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies