Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कस्ता व्यत्ति ? मोदीबारे १० रोचक तथ्य

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका चर्चितमध्येका एक नेता हुन् । उनी हिन्दु राष्ट्रवादी छवि बनाएका नेताका रुपमा समेत चर्चित छन् । पछिल्ला केही समययताका सबैभन्दा शक्तिशाली भारतीय नेताका रुपमा उदाएका उनी बेलाबेला विवादमा समेत तानिने गरेका छन् । उनका केही यस्ता तथ्य छन्, जुन सबैलाई थाहा नहुन सक्छ ।

१. उनी शाकाहारी हुन्

नरेन्द्र मोदी शुद्ध शाकाहारी हुन् । उनको खानपान शैली पनि निकै नै कठोर छ । उनले दैनिक गुजराती शैलीको खिचडी खाने गर्छन् । त्यस्तै उनी रहेक दिन दही खाने गर्छन् । उनी आफ्नो स्वास्थ्यको निकै ख्याल गरेर योगा, प्राणायाम गर्ने गर्छन् भने नियमित ब्रत बस्ने गरेका छन् । उनी उमालेको पनिमात्रै पिउँछन् भने धूमपान र मद्यपान गर्दैनन् ।

२. १८ वर्षमै विवाह गरे

नरेन्द्र मोदीले किशाेर अवस्थामै विवाह गरेका हुन् । सन् १९५० मा जन्मेका उनले १८ वर्षको उमेरमा जसोदावेनसँग विवाह गरेका थिए । यद्यपि विवाह भएको केही समयपछि उनी श्रिमतीसँग छुट्टिए । जसोदावेन शिक्षिकाका रुपमा मोदीको गृहराज्य गुजरातमै कार्यरत थिइन् । उनी आफू राम्रो नदेखिने भएकाले फोटो खिचाउन मन नपराउने बताइन्छ ।

३. सैनिक बन्ने चाहना

बच्चा बेलामा उनी भारतीय सेनामा काम गर्न चाहन्थे । सोही कारण उनी नजिकै जामनगरमा रहेको सैनिक विद्यालयमा भर्ना समेत हुन चाहेका थिए । तर, सैनिक विद्यालयमा भर्ना भएपछि शुल्क तिर्नका लागि घरमा पैसा नभएपछि उनी सैनिक विद्यालयमा भर्ना हुन पाएका थिएनन् ।

४. सन्यासी

विवाहपछि मोदी सन्यासीका रुपमा देश घुम्न घरबाट निस्केका थिए । सन्यासीका रुपमा उनले भारतका विभिन्न क्षेत्रको भ्रमण गरेको र भारीय सँस्कृतिसँग परिचित बनेका थिए । केही समय उनी हिमालय क्षेत्रको समेत भ्रमण गरेका थिए । सन्यासीका रुपमा उनले निकै लामो समय हिन्दू मठमन्दिरमा साधूहरुसँग बिताएका थिए ।

५. चायबाला

सायद यो किस्सा धेरैले सुनेका होलान् बच्चामा मोदी चायबालाका रुपमा चिया बेच्ने काम गर्थे । खासमा वादनगर रेल्वे स्टेशनमा मोदीका बाबुले चिया पसल खोलेका थिए । सोही समयमा मोदीले रेलका प्यासेन्जरलाई चिया बेच्ने काम गर्थे । बेला बेला आफ्नो भाषणमा उनले आफूले चिया बेचेको कुरा सगर्व बताउने गरेका छन् ।

६. अमेरिकी शिक्षा

सबैलाई थाहा नहुन सक्छ, मोदीले अमेरिकामा शिक्षा लिएका थिए । उनले सन् १९९० को दशकमा भारतीय जनता पार्टी भाजपाको राष्ट्रिय प्रवक्ता हुँदा अमेरिका गई तीन महिना अध्ययन गरेका थिए । उनको अध्ययन सार्वजनिक सम्बन्ध तथा छवि व्यवस्थापनमा केन्द्रित थियो । सोही अध्ययनबाट उनले आफ्नो छविमा व्यापक परिवर्तन ल्याएका थिए ।

७. सुताई

उनी निकै कम सुत्छन् । उनी सामान्यतः दैनिक ५-साढे ५ घण्टामात्र सुत्ने गरेका छन् । उनी १२ वा साढे १२ बजे सुत्ने र सबेरै साढे ५ बजे उठ्ने गरेका छन् । उठिसकेपछि प्राणायाम तथा योगा उनको नित्य कर्म हो । स्वस्थ जीवनशैलीका कारण कम सुताइ हुँदा पनि उनी बिमारी भने हुँदैनन् ।

८. विदा नलिने

मोदीले १३ वर्ष गुजरातको मुख्यमन्त्रीको कार्यकाल सम्हाल्दा एक दिन पनि विदा लिएका थिएनन् । उनी निकै कठिन परिश्रम गर्ने नेताका रुपमा लिइन्छ । हिन्दुवादी भएकाले उनी कार्यलाई नै पूजा मान्ने गरेका छन् । उनले आफ्ना मातहतका कर्मचारीलाई पनि यस्तै परिश्रमी हुन प्रेरण दिने गरेका छन् ।

९. स्वतन्त्रतापछि जन्मेका पहिलो प्रधानमन्त्री

मोदीको जन्म सन् १९५० मा भएको हो । यसअनुसार उनी भारतले सन् १९४७ मा बेलायतबाट स्वतन्त्रता पाएपछि जन्मेका पहिलो भारतीय प्रधानमन्त्री हुन् । यसअघिका प्रधानमन्त्री मनमोहन सिंहको जन्म १९३२ मा भएको थियो । मनमोहन सिंहभन्दा अघिका प्रधानमन्त्री अटलविहारी वाजपेयीको जन्म सन् १९२४ मा भएको थियो ।

१०. गुजराती र हिन्दी भाषामा निपूर्ण

नरेन्द्र मोदी आफ्नो मातृभाषा गुजराती र हिन्दीमा निकै निपुर्ण छन् । उनले गुजराती र हिन्दी भाषामा केही कविता र साहित्य समेत लेखेका छन् । उनी अङ्ग्रेजी भाषामा आफ्नो त्यति राम्रो दखल नभएको स्वीकार गर्छन् । तर पनि भाषणकला राम्रो भएका उनलाई आफ्नो विचार प्रवाह गर्न भने कुनै समस्य पर्दैन । एजेन्सीकाे सहयाेगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies