Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

भारत जाँदा चिनियाँ कार्ड प्रयोग गर्ने र चीन जाँदा भारतको कार्ड प्रयोग गर्ने शैली गलत : राजेन्द्र श्रेष्ठ

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपालको भ्रमणलाई समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको छ । २३ बर्षपछि सीको भ्रमण भएको छ । हामीले यसलाई ऐतिहाँसिक रुपमा सफल भएको मानेका छौं । चीनको वर्तमान परिस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध विश्वमै एउटा उदयमान शक्तिको रुपमा रहेको छ ।

जसरी १९ औं शतब्दीमा बेलायत शक्तिशाली राष्ट्र थियो । त्यो प्रथम विश्वयुद्धको अन्त्यसम्म रह्यो । अमेरिका २० औं शताब्दीको राजनीतिलाई प्रभावमा पारेर शक्तिशाली राष्ट्रको रुपमा उदायो । र, अबको शताब्दी भनेको एसियाको शताब्दी भन्ने छ । यसमा चीन र भारत मुख्यरुपमा आइरहेको छ । २१ औं शताब्दीको अन्त्यसम्ममा चीन पहिलो शक्ति र भारत दोस्रो शक्तिमा उदय हुने देखिएको छ । त्यसैले चीनसँगको सम्बन्ध नयाँ आयमका साथ विकास गर्नुपर्छ ।

२० बुँदे सहमतिमा दुईवटा लेटर अफ एक्सजेन्ज रहेको छ । एउटा सीमा रेगुलेसन सम्बन्धी लेटर छ । दोस्रो छिन्टुमा महाबाणिज्य दुताबास राख्ने लेटर अफ एक्सचेन्ज रहेको छ । यी कुराहरुले हामीलाई फाइदै हुन्छ । सीमा रेगुलेसनको सम्बन्धमा चीनसँग जोडिएको सचिवालय व्यवस्थापन आवश्यक सहयोग गर्ने भन्ने छ ।

दोस्रो महाबाणिज्य दुताबास त्यहाँ गइसकेपछि नेपालको जुन व्यापारघाटा छ, त्यसलाई पूर्ति गर्ने काम गर्दछ । नेपालमा उत्पादित सामान निर्यात गर्ने सम्बन्धमा दुईदेशबीचको सम्बन्धको कुरा पनि सकारात्मक छ । यस्तै, सुरुङमार्ग खोल्ने, भूपरिवेष्टिक राष्ट्रबाट भूजडित राष्ट्र बनाउँने कुरा छ ।

पहिरोको उच्च जोखिममा रहेको उत्तरी क्षेत्रमा सडकलाई छोटो बनाउने सहमतिले नेपाललाई राम्रो प्रभाव पार्दछ । विपरित दुई धुर्वका शक्तिशाली मुलुकबीच हाम्रो मुलुक छ । यसलाई व्यवस्थापन गर्नुपर्छ । हामीले सबै कुरा परिवर्तन गर्न सक्छौं । तर, छिमेकी परिवर्तन गर्न सक्दैनौं । हामीले यी दुवै उदयमान शक्ति राष्ट्रसँग सु–सम्बन्ध कायम गर्नु पर्छ ।

विश्वव्यापिकरणको आजको युगमा चीनले बिआरआइको माध्यमबाट विश्वसम्बन्ध कायम राख्न चाहेको छ । यस्तै, नेपालबाट रसुवागढि हुँदै रुपन्देही र भारतीय सीमाना जोडिएको कृष्णनगरसम्म पुर्याउने लक्ष्य छ ।

भारतले पनि विकासकोलागि इण्डो–प्यासेफिकको कुरा गरिरहेको छ । यहि रणनीतिमार्फत् रेल जनकपुर, काठमाडौं हुँदै लुम्बिनी लैजाने कुरा छ । नेपालले एकले अर्कालाई नजिक र टाढाको सम्बन्धभन्दा पनि दुवैपक्षबाट फाइदा लिनसक्नु पर्छ ।

अहिलेको सन्दर्भमा चीन र भारतलाई फुटाएर होइन सम्बन्ध गाँसेर फाइदा लिन सक्छ । हाम्रा शासकमा भारत जाँदा चिनियाँ कार्ड प्रयोग गर्ने र चीन जाँदा भारतको कार्ड प्रयोग गर्ने जुन चलन छ । त्यो महेन्द्रकालिन सोंच हो । यो सोंच प्रधानन्त्री केपी ओलीमा पनि सवार भएको छ । त्यसो हुनु हुँदैन ।

राष्ट्रपति सीले बहुआयमिक कनेक्टिभिटीबाट नेपालसँग सु–सम्बन्ध कायम गर्नु चाहेका छन् । विश्व राजनीतिमा चीन र भारत द्धन्द्धमा होइन मिलेर बहुआयमीक सम्बन्ध स्थापित गर्न चाहिरहेका भन्ने सन्देश उनले दिएका छन् । नेपाललाई सीले भूपरिबेष्टिबाट भूजडित देश बनाउने जोड दिंदा भारत रिसाउँछ की भन्ने म ठान्दिन ।

सम्बन्धको कुरा गर्दा मधेशी जनताको भारतसँग विशेष सम्बन्ध रहेको छ । यो परम्परागत सम्बन्धलाई कसैले तोड्न सक्दैन । तोड्न पनि हुँदैन । उत्तरमा गयो भने शेर्पा, भोटे, लामा समुदायको विशेष सम्बन्ध रहेको छ । हामीले यो ऐतिहाँसिक तथ्यलाई भुल्नु हुँदैन । नेपालको सम्बृद्धि र सुशासनकोलागि दुवैसँग राम्रो सम्बन्ध कायम राखेर नेपालले आफ्नो बाटो आफै कोर्नु पर्छ ।

(समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठसँग सीभ्रमण र भ्रमणसँगै गरिएका सम्झौता बारे गरिएको कुराकानीको सम्पादित अंश)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies