Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जाजरकोटका सातै स्थानीय तहमा नेकपाको एकता सम्पन्न

जाजरकोट । जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहको एकता सम्पन्न गरेको छ । आज बिहान सम्पन्न भएको बैठकले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भेरी नगरपालिकाको अध्यक्षमा मुकुन्द शर्मा र सचिव ललित विक, नलगाड नगरपालिका अध्यक्षमा गणेश सिंह, सचिव जनकबहादुर शाही, छेडागाड नगरपालिका अध्यक्षमा जयराम न्यौपाने र सचिव प्रेमबहादुर खत्री, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, सचिव गणेश शर्मा, कुशेगाउँपालिका अध्यक्षमा गुम्ब सिंह र सचिव नरबहादुर मल्ल र बारेकोट गाउँपालिका अध्यक्षमा हरिबहादुर थापा र सचिव भक्तबहादुर बस्नेतलाई चयन गरेको छ ।

त्यस्तै शिवालय गाउँपालिका अध्यक्षमा रङ्गनाथ योगी, सचिव गोपाल घर्ती रहेको (नेकपा) जाजरकोटका सहइञ्चार्ज नीरज आचार्यले जानकारी दिए । त्यसैगरी जिल्लामा सात कार्यालय टिमसमेत गठन गरिएको छ । कार्यालय टिममा ढकवीर राना, करवीर शाही, प्रताव जैशी, वेदबहादुर शाही, चन्द्र थापा, प्रेम घर्ती र जनकराज शर्मा रहेका छन् ।

त्यस्तै जिल्ला समितिको सचिवालयमा ४५ जनालाई समावेश गरिएको छ । १६ लाई वैकल्पिक सचिवालयमा समावेश गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र समन्वय सचिवालयमा क्षेत्र नं १ मा संयोजक नरबहादुर बस्नेत अध्यक्ष र अमर ओली सचिव रहेका छन् । त्यस्तै क्षेत्र नं २ मा संयोजक चन्द्र थापा र सचिवमा मोतीलाल ओली रहेका छन् ।

२२ विभाग, १४ जनसङ्गठन, वडा कमिटीका इन्चार्जसमेत तोकिएको सहइञ्चार्ज आचार्यले जानकारी दिए । त्यस्तै बैठकले पालिकास्तरीय प्रशिक्षण कात्तिक ५ र ६ गते नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा गर्ने भएको छ । कात्तिक ५ गते नलगाड नगरपालिका कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्ल र जाजरकोट सहइञ्चार्ज नीरज आचार्यले प्रशिक्षण दिनुहुनेछ भने बारेकोट गाउँपालिकामा आचार्यले दिनुहुने बैठकले निर्णय गरेको छ । दुई दिनसम्म चलेको बैठकले एकता टुङ्गो लगाएको हो । एकता सम्पन्न गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट आएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies