Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि तुलनै गर्न नसक्ने गरी उचाई पुग्यो : प्रवक्ता बास्कोटा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक रुपमै सफल भएको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले दाबी गरेका छन् । बिहिबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले सी भ्रमणले नेपालको छवि तुलनै हुन नसक्ने गरी उचाईमा पुगेको प्रतिक्रिया दिए ।

‘चीन र नेपाल हिजोको अवस्थामा छैनन्,’ उनले भने, ‘यो बदलिँदो अवस्थामा भएको भ्रमणले उच्चस्तरको विश्वसनीयता कायम भएको छ ।’ नेपाल आकार, जनसंख्या र आर्थिक रुपमा तुलना हुन नसक्ने गरी कमजोर भएपनि चिनियाँ राष्ट्रपति सीले उच्च महत्व दिएको बास्कोटाको दाबी छ ।

‘नेपालको अवस्थालाई महत्व दिएर चीनका राष्ट्रपति नेपाल आउनुभएकाले नेपालको छवि तुलनै हुन नसक्ने गरी उचाईमा पुगेको छ,’ उनले भने ‘विश्वभरको सञ्चार माध्यमले आ–आफ्नो रुपमा टिप्पणी गरेका छन् । नेपाल अन्तराष्ट्रिय जगतमा चिनिएको छ।’

बास्कोटाले नेपाल अब विश्वमा हिनताबोधी राष्ट्र भएर बस्नुपर्ने अवस्थाको अन्त भएको बताए । ‘भ्रमण सफल होइन, ऐतिहासिक रुपमा सफल भएको छ, हाम्रो नजिकको छिमेकी राष्ट्र र संसारकै महाशक्ति राष्ट्रका राष्ट्रप्रमुखको नेपाल भ्रमणपछि नेपाल हिनताबोधी भएर बस्नुपर्ने अवस्थाको अन्त भएको छ’, बास्कोटाले भने ।

उनले प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले भन्दै आएको नेपाल भूपरिवेष्ठत राष्ट्रबाट भूजडित राष्ट्र बनाउने आकांक्षा चिनियाँ राष्ट्रपतिले आफ्नै मुखबाट बोलेर नेपालको आकांक्षा पुरा गरिदिएको पनि बताए । २३ वर्ष पछि भएको भ्रमणमा देखिने उपलब्धिमा २० बुँदे सहमति सम्झौता भएपनि नदेखिने उपलब्धी धेरै भएको बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies