Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने भन्ने विषयले राजनीतिक वृत्त तातेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले सभामुख पद छाड्न चाहेको छैन तर यसका लागि नेकपाबाटै उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेले राजिनामा दिनुपर्ने छ ।

संविधानको प्रावधान अनुरुप सभामुख र उपसभामुख पदमा फरक पार्टीले प्रतिनिधित्व गर्नुपर्ने छ । पार्टी मात्र होइन, नियमावलीमा सभामुख पुरुष भए उपसभामुख महिला र सभामुख महिला भए उपसभामुख पुरुष हुनुपर्ने उल्लेख छ ।

यसअघि एक तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तुम्बाहाम्फे उपसभामुख भएका थिए । पार्टी एक भएर नेकपा बनेपछि नियमावली विपरित सभामुख र उपसभामुख एकै पार्टीबाट प्रतिनिधित्व गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो विषय उठान गरेको भएपनि नेकपाले अटेरी गरिरहेको थियो ।

अब भने सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनुपर्ने प्रावधान कार्यान्वयन गर्नुपर्ने छ । करीब दुईतिहाइ मतसहित सरकार चलाइरहेको नेकपा सभामुख छोड्ने मनस्थितिमा छैन । यसका लागि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र सभामुख र उपसभामुख दुवैको निर्वाचन गर्ने प्रक्रियामा नेकपा लागिरहेको छ ।

स्रोतका अनुसार तुम्बाहाम्फे आफै सभामुख हुने दाउमा लागेकी छिन । ‘ओनसरी घर्तीले सभामुख भएर चलाउन हुने, मैले चाहिँ नहुने रु’ तुम्बाहाम्फेको भनाइ उदृत गर्दै स्रोतले खबरडबलीलाई भन्यो, ‘पार्टीले मलाई सभामुख बनाउँछ भने मात्र मैले राजीनामा दिन्छु ।’

खानेपानी मन्त्री बनाइदिने ओलीको अफर

आफै सभामुख बन्ने लाइनमा तुम्बाहाम्फे लागेपछि गत आइतवार प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए । ‘प्रधानमन्त्रीले उहाँसँग लामै छलफल गर्नुभयो,’ स्रोतको दाबी छ, ‘प्रधानमन्त्रीले खानेपानी मन्त्रालय अफर गर्नुभएको थियो । तर उहाँ मान्नुभएन । सभामुखमै जोड गर्नुभयो ।

यदि राजीनामा दिनै पर्ने हो भने यत्तिकै दिने तर मन्त्री नखाने भन्दै तुम्बाहाम्फे बालुवाटारबाट बाहिर निस्किन् । त्यसलगत्तै सुवासचन्द्र नेम्वाङ बालुवाटार छिरेका थिए ।

नाताले तुम्बाहाम्फे नेम्वाङकी सानिमा पर्छिन् । प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बन्ने भए बन्नुस भनेर पहिल्यै भनिसकेका थिए तर नेम्वाङले तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने भन्दै आफू अघि नबढ्ने बताएका थिए । प्रधानमन्त्री ओली तुम्बाहाम्फेले राजीनामा दिनेमा विश्वस्त रहेको बताइएको छ ।

महराको गल्तीको सजायँ मैले किन भोग्ने – तुम्बाहाम्फे
उपसभामुख तुम्बाहाम्फेले प्रधानमन्त्री ओलीसँग महराले गरेको गल्ती मैले किन भोग्ने भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा ओलीले पार्टी एकताअघि र एकतापछि पार्टीभित्र समीकरण परिवर्तन भएको र त्यही अनुसार अघि बढ्नुपर्ने भन्दै सम्झाए ।

‘तुम्बाहाम्फेले राजीनामा दिनेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘उपसभामुख पनि पार्टीले नै सभामुख पाउनुपर्छ भन्नेमै हुनुहुन्छ । तर आफू सभामुख हुनुपर्ने उहाँको शर्त छ ।’

सभामुखमा दुवै पक्षको दाबी

सभामुख नेकपाकै हुनुपर्ने विषयमा पार्टीभित्र कुनै असहमति छैन । तर पूर्व एमालेबाट हुने कि पूर्व माओवादीबाट हुने भन्ने विषयमा आन्तरिक रस्साकस्सी चलिरहेको स्पष्ट देख्न सकिन्छ ।

सभामुखका आकांक्षी मानिएका पूर्व माओवादी नेता हरिबोल गजुरेलले पार्टी एकता प्रक्रिया अझै पूरा नभएको भन्दै सभामुखमा पूर्व माओवादीको दाबी रहने बताए । मंगलवार बीबीसीसँग कुरा गर्दै गजुरेलले आफ्नो धारणा यस्तो रहेको बताएका हुन् ।

तर सुवासचन्द्र नेम्वाङले भने आफूले एमाले र माओवादी नचिन्ने बताए । अब पूर्व एमाले र माओवादीबीच भागवण्डा हुने समय गुज्रेको नेम्वाङले तर्क गरेका छन् ।

पूर्व माओवादीबाट देव गुरुङ, अग्नी सापकोटा, पम्फा भुसाल र जनार्दन शर्मा पनि सभामुख पदका आकांक्षी रहेको बताइएको छ । यद्यपि यसबारेमा मुख खोल्न कोही चाहँदैन । भुसालले यसबारेमा पार्टीले निर्णय गर्ने बताइन् भने गुरुङले पार्टीभित्र औपचारिक छलफल नै नभएको अवस्थामा आफू केही बोल्न नमिल्ने बताए ।

मन्त्रीमण्डल हेरफेर छिट्टै
सोमवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री ओलीसँग मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा परामर्श गर्ने भन्दै बालुवाटार पुगे । बालुवाटारमा झन्डै २ घण्टा अध्यक्षद्वयबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गोकुल बास्कोटा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र हालै नियुक्त भएका पर्यटनमन्त्री योगेश भट्टराईबाहेक सबै मन्त्रीहरू फेर्नुपर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।

ओलीको प्रस्तावमा प्रचण्डले सहमति जनाएका थिए । पूर्वमाओवादीमा पनि मन्त्रीका आकांक्षी धेरै रहेको भन्दै प्रचण्डले पुरानै अनुपात अनुसार मन्त्रीमण्डल हेरफेर गरे आफ्नो समर्थन रहने बताए ।

यद्यपि सत्ता साझेदार समाजवादी दलसँग भने मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा कुनै छलफल भएको छैन । समाजवादी पार्टीका दुई मन्त्रीहरू सरकारमा छन् । अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री छन् भने शहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राई छन् । मन्त्रिमण्डल हेरफेर भइहालेमा समाजवादी पार्टीका मन्त्रीहरू के गर्छन् भन्ने विषय अन्योलमै छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies