Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

विगतमा झैं प्रोटोकल बिर्सेर झ्वाम्लाङ्गै अंगालो हाल्ने काम नगरौं : रविन्द्र मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण प्रति बढी उत्साहित भएर कुटनीति मर्यादा नभुल्न सरकारलाई सुझाव दिएका छन् । उनले विगतमा बढी उत्साहित भएर कुटनीतिक मर्यादालाई बिर्सने काम भएको भन्दै सी भ्रमणमा सजग रहन सुझाएका हुन् ।

मिश्रले सी भ्रमणको बेला वैदेशिक नीतिमा सम–निकटाको दिर्घकालीन महत्वलाई नर्बिसन पनि सरकारलाई सुझाएका छन् । नेपाल विश्व राजनीतिमा रणनीतिक महत्वपुर्ण देश बन्दै गएको भन्दै संयोजक मिश्रले राष्ट्रिय हितलाई मध्यनजर गरी सबैसँग सन्तुलित र स्वाभिमानपूर्ण कुटनीतिक अभ्यास गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई ८ बुँदे सुझाव राख्दै मिश्रले चीनसँगको व्यापारिक सम्झौता कै कारण कतिपय देशहरु ऋणको पासोमा पर्दै गएको भन्दै सम्झौता गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । यसैबीच मिश्रले चिनियाँ राष्ट्रपतिको स्वागतका लागि गरिएको विकास कामले देख्नेलाई लाज हुने अवस्था आएको पनि टिप्पणी गरेका छन् । उनले यस्ता कामहरु दिर्घकालीन रुपमा गर्न पनि सरकारलाई सुझाएका छन् ।

यस्ता छन् रविन्द्र मिश्रको ८ बुँदे सुझाव :

१. राष्ट्रपति सी चिनफिङलाई ह्रिदयदेखिको स्वागत छ। स्वागतका लागि रातारात काठमाडौँको मुहार जसरी फेरियो त्यो देखेर नेपालस्थित विदेशी अधिकारीहरू मनमनै मुस्काईरहेको हुनुपर्छ। दुई हप्तामा फेर्न सकिने मुहार गत दुई वर्षमा फेर्न कोशिस गरेको भए शहरको सौन्दर्य कति दिगो हुने थियो। शहरको मुहार दिर्घकालका लागि यसैगरी फेरौँ र पाहुना आउँदा त्यसमा थोरै ‘सृङ्गार’ थप्ने गरौँ। नत्र सधैँ ‘फेर्नेलाई भन्दा देख्नेलाई लाज’ हुने अवस्था सृजना हुन्छ।

२. बढी उत्साहित भएर विगतका केही घटनामा जस्तो झ्वाम्लाङ्गै अंगालो हाल्ने या प्रोटकलको ख्याल नगर्ने काम नगरौँ।

३. बढी आशावादी भएर हाम्रो वैदेशिक नीतिमा सम-निकटता (equi-proximity) को दिर्घकालीन महत्व र अत्यावश्यकतालाई नबिर्सौँ।

४. बदलिँदो विश्व राजनीतिमा नेपालको रणनीतिक महत्व सर्वशक्तिमान अमेरिका र उदयमान शक्ति चिन र भारत दुबैको लागि बढेको प्रष्टै देखिएको छ। यो चुनौति र अवसर दुबै हो। पार्टीगत घेराभन्दा माथि उठेर राष्ट्रिय हितका लागि ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ ढङ्गबाट परिपक्व कुटनीतिको अभ्यास गरौँ।

५. सबैको चासो बढेका बेला पूर्वाधार विकासमा सहयोग लिनेदेखि बैदेशिक लगानी बढाउने सुनौलो अवसर मिलेको छ। हाम्रो काम गर्ने आन्तरिक क्षमता अभिवृद्धी नगर्ने हो भने हामीले प्राप्त गरेको अवसर गुमाउने छौँ। राष्ट्रपति सिको भ्रमणलाई दिएको जत्तिकै महत्व भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन बढाउन दिएनौँ भने भएका संझौताहरू लामो समयसम्म अलपत्र पर्नेछन्।

६. चिनियाँ सहयोगका कारण कयौँ देशहरू ऋणको पासोमा परेका समाचारहरू आउने गरेका छन्। ती पुराना अनुभवबाट हामी सावधान हुन सक्छौँ। यसमा ख्याल गरौँ।

७. चीनबाट रूपान्तरणकारी सहयोग प्राप्त हुँदा त्यसले भारतबाट पनि त्यस्तै सहयोग आकर्षण गर्न सहयोग पुर्याउने छ। तर त्यो हाम्रो कुटनीतिको स्तरमा भर पर्नेछ।

८. भारत र चीन जसरी विकशित भइरहेका छन्, त्यसको बीचमा अवस्थित नेपालको सिर्फ दुईवटा नियति हुन सक्छ: पहिलो, ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ कुटनीतिक अभ्यासद्वारा विकासको सहयात्री बन्ने। दोस्रो, भ्रष्ट, अपरिपक्व र स्वार्थ केन्द्रीत राजनीतिद्वारा नेपाललाई शक्तिराष्ट्रहरूको क्रिडास्थल बनाउने। अहिलेको नेतृत्व र प्रमुख प्रतिपक्षको लागि वैदेशिक नीतिमा सबैभन्दा ठूलो चुनौति त्यही नै हुनेछ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies