Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जनताको अवस्था बदल्न चुनौती - मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था बदल्न चुनौती रहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित समारोहमा उहाँले भने, “आम नेपाली जनताको आर्थिक अवस्थामा सुधार ल्याएर प्रदेशको समृद्धि गर्नु सरकारको मुख्य चुनौती हो ।”

मुख्यमन्त्री पौडेलले मुलुकमा सङ्घीयताको नयाँ प्रयोग गरी विकासको प्रवाह अघि बढेको भन्दै अधिकारको विकेन्द्रीकरण गरी जनस्तरमा शासन सत्ताको अनुभूति पु¥याइएको दाबी गरे ।

पौडेलले भने, “संविधान दिवसमा सबै नेपालीहरुमा संविधानप्रतिको आस्था र सम्मान अभिवृद्धि गर्न थप प्रेरणा मिलोस ।”

मुख्यमन्त्री पौडेलले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको उल्लेख गर्दै आर्थिक समानता, समृद्धि र समतामूलक समाज निर्माण गर्ने सङ्कल्पका साथ प्रदेश सरकार अगाडि बढेको बताए।

यसअघि विभिन्न जातीय पहिचान झल्काउने झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सहभागी थिए । हेटौँडा–४ मा रहेको भुटनदेवी स्कूलको प्राङ्गणबाट शुरु भएको ¥याली स्कूलरोड, बुद्धचोक, नगरपालिका रोड हुँदै मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

संविधान दिवस समारोह मूल आयोजक समितिका अध्यक्ष तथा मुख्यमन्त्री पौडेलको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, समाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँलगायत मन्त्री तथा प्रदेशसभा सदस्यहरुको सहभागिता थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies