Khabar Dabali Logo
  January 27, Mon

डिशहोमको फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुसी वर्षभरी योजना सार्वजनिक

काठमाडाैं । नेपालको एकमात्र डि.टि.एच सेवा प्रदायक डिशहोमले आफ्नो स्थापनाकालदेखि नै पे टिभी इन्डष्ट्रिजमा ग्राहकहरुलाई गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा संचालित पे टिभी सेवा संचालकहरुमध्ये सबैभन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ ।

डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागि विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरुजस्तै यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारी छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।

अनलाईन मार्फत सजिलै बिना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिन्छ । फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ । साथमा फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानीछानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन । ३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागि आफुलाई मनपरेको कुनै एक एड अन प्याकेज छानीछानी लिन सकिन्छ । बार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहनु भएको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४,८०० को सट्टा ४,२००, बेसिक प्लस ५,१०० को सट्टा ४,५००, मिडियम प्लस ५,७०० को सट्टा ४,९९८, सुपर एचडी ६,००० को सट्टा ४,९९९, प्रिमियम एचडी ७,२०० को सट्टा ५,७९९ र लाईफस्टाईल एच.डी १०,८०० को सट्टा ८,४०० मै उपलब्ध हुनेछ ।
फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपालभर रहेका आधिकारीक बिक्रेता, डिलर लगायत सबै डिलरहरुमा उपलब्ध छ ।

फण्ड ट्रान्सफर सेवा, अफर अन्र्तगतका प्याकेज र एड अन प्याकेजको बारेमा विस्तृत जानकारी डिशहोमको आधिकारिक बिक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । नेपालभर सम्पूर्ण महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बिक्री संजाल, नेपालभर २४ घण्टाभित्र (भौगोलिक बिकटता हेरी हाम्रा प्राविधिक वा प्रतिनिधि पुग्न लाग्ने समय बाहेक) मर्मत तथा बिक्री पछिको सेवा प्रदान गर्न सक्षम, हप्ताको सातै दिन चौबिसै घण्टा ग्राहक सेवा केन्द्र संचालन, डिशहोमको सेट टप बक्समा लाईफ टाईम वारेन्टी, मोबाइल एप, ग्राहकको सुविधाको लागि ग्राहक सेवा प्रतिनिधिसँग कुरा नगरी डिशहोमको सुविधा लिन सकिने आईभिआर सेवा, एस.एम.एस सेवा, आफ्नो आवश्यकता अनुसार छानीछानी लिन मिल्ने विभिन्न ज्म तथा क्म् प्याकेजहरु, नेपाली चलचित्रमात्र प्रसारण हुने प्लस मुभी लगायत अरु आफ्नै च्यानल समेटिएको प्लस प्याकेज, नयाँ नेपाली चलचित्र आफुले चाहेको समयमा हेर्न सकिने पे पर भ्यू सेवा लगायतका सेवा सुविधा प्रदान गरिरहेको डिशहोम नेपालकै उत्कृष्ट टेलिभिजन सेवा प्रदायक हो ।

भदौ २७ गते, २०७६ - ११:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरस : चिकित्सक भन्छन् – आत्तिई हाल्नुपर्ने अवस्था छैन

काठमाडौं । उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले...   
सानेपामा सभापति देउवालाई रोक्न खोजेपछि काँग्रेसका दुई पक्षबीच झडप

सानेपामा सभापति देउवालाई रोक्न खोजेपछि काँग्रेसका दुई पक्षबीच झडप

काठमाडौँ । नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक समूहले नेतृत्वका लागि...   
एयर इन्डिया सङ्कटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार

एयर इन्डिया सङ्कटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार

नयाँदिल्ली । भारत सरकारले राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डियाको खस्कदो अवस्थालाई ध्यानमा...   

सोमबार अपराह्न ४ बजे ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

सोलोमोन । सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण...   
शोषणमा परेका समुदायलाई अगाडि नल्याएसम्म समानताको कुरा भ्रम मात्र : अध्यक्ष प्रचण्ड

शोषणमा परेका समुदायलाई अगाडि नल्याएसम्म समानताको कुरा भ्रम मात्र : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी...   

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा रहने

काठमाडौँ । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार बिहान प्रहरीमा आत्मसमर्पण...   

चौधौँ महाधिवेशनको तयारीमा काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र...   

कानुनअनुसार हुने जुनै कारवाही पनि स्वीकार गर्छु : आस्था राउत

काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेकी गायिका आस्था राउतले आफले कानुनअनुसारको जुनसुकै कारवाही पनि...   

नवनिर्वाचित सभामुखविरुद्व प्रदर्शन गर्ने चरण प्रसाइँलगायत १२ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ ।...   
सभामुखमा निर्वाचित भएपछि सापकोटाले भने – मुद्दाको विषयमा बोल्न बाध्य नपार्नुहोला !

सभामुखमा निर्वाचित भएपछि सापकोटाले भने – मुद्दाको विषयमा बोल्न बाध्य नपार्नुहोला !

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top