Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अमेरिकी दुतावासको स्पष्टीकरण विवादमा, प्रचण्डको टिप्पणी पार्टी नीति अनुसार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको शिष्टाचार भेटबारे अमेरिकी दुतावासले स्पष्टीकरण सोधेको विषय अहिले विवादमा परेको छ । अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीसँग गरेको भेट र कुराकानी प्रति प्रश्न उठाएपछि दुतावास विवादको घेरामा परेको हो ।

चिनियाँ विदेशमन्त्रीसँग प्रचण्डले गत मंगलबार बिहान शिष्टाचार भेट गरेका थिए । उनले विदेशमन्त्रीसँगको भेटवार्तामा एक चीन नीति प्रति नेपाल प्रतिबद्ध रहेको बताएका थिए । प्रचण्डले भेटवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले राखेको जिज्ञासामा विवादित मानिएको इण्डो–प्यासिफिक एलाईन्समा नेपाल नरहेको प्रष्ट पारेका थिए । प्रचण्डले विदेशमन्त्रीसँगको भेटमा नेपाल असलंग्न र पश्चशिलको सिद्धान्तमा नै अडिग रहेको प्रष्ट्याएका थिए ।

प्रचण्डको टिप्पणी पार्टी नीति अनुसार नै

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा प्रचण्डले दिएको टिप्पणी नेपाल सरकार र पार्टीको नीति अनुसार नै रहेको नेकपाका नेता बताउँछन् । नेकपाका विदेश मामिला विभाग उपप्रमुख सुरेन्द्र कार्की पार्टी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति अमेरिकाले स्पष्टीकरण सोध्नु अनावश्यक भएको टिप्पणी गर्छन् । उनले सरकार र पार्टीको नीति अनुसार नै अध्यक्षले अभिव्यक्ति दिएको हुनाले आपत्ति जनाउनुपर्ने कारण नै नभएको बताउँछन् ।

‘सरकार र पार्टीको नीतिअनुसार नै अध्यक्षले अभिव्यक्ति दिनुभएको हो, दुतावासले आपत्ति जनाउनुपर्ने कारण नै छैन्’ नेता कार्कीले भने, ‘नेपालको विदेश नीति असंलग्नताको हो अध्यक्षले त्यहि भन्नुभएको हो, यसमा अनौठो के छ र ?’

चीन नीति बारे के छ नेकपाको राजनीतिक प्रतिवेदनमा ?

नेपाल कम्युनिष्ट पार्टीको राजनीति प्रतिवेदनमा एक चीन नीतिबारे प्रष्टसँग उल्लेख छ । प्रतिवेदनको पृष्ठ ६ मा चीनका विरुद्ध हुने गतिविधिलाई ध्यानमा राख्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा लेखिएको छ, ‘दक्षिण चीन सागर र मलक्का जलडमरुलगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र यसका विरुद्ध कतिपय देशका प्रयास, कोरियाली प्रायद्वीपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिलगायत एसिया प्रशान्त क्षेत्रका घटनाक्रमलाई पनि हामीले ध्यानमा राख्नुपर्दछ ।’

सरकार प्रवत्ताको जवाफ : पूर्वमान्यतामै कायम छौं

सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी ‘इण्डो–प्यासिफिक स्ट्राटेजी’ र चिनियाँ ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ (बिआरआई) प्रति सरकारको पूर्वमान्यतामा कुनै परिवर्तन नआएको बताएका छन् । अमेरिकी दुतावासले स्पष्टीकरण सोधेको विषय बाहिर आएपछि प्रवत्ता बास्कोटाले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

बिहिबार नियमित पत्रकार सम्मेलनमा क्रममा बास्कोटाले पूर्ववत मान्यतामा कुनै परिवर्तन नआएको प्रष्ट पारेका हुन् । ‘इण्डो प्यासिफिक वा बिआरआई वा अरु कुनै विषयमा पनि म स्पष्ट पार्न चाहन्छु कि स्वतन्त्र मुलुकको हैसियतमा हामी छिमेकी मित्रराष्ट्र र अरु मित्र राष्ट्रहरुसित आपसी हितबारे सचेत भएरै व्यवहार गर्दै आएका छौं’, बास्कोटाले भने, ‘हाम्रा पूर्ववत मान्यतामा कुनै पनि प्रकारको विचलन या परिवर्तन आएको छैन् ।’

विवादित इण्डो प्यासिफिक एलाइन्समा नेपाल हुनुहुन्नः पम्फा भुसाल

सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले विवादित इण्डो प्यासिफिक एलाइन्समा नेपाल हुन नहुने बताएकी छिन् । बिहिबार प्रतिनिधि सभाको वैठकमा बोल्दै भुसालले नेपाल पञ्चशिल र असलंग्न सिद्धान्तबाट पर हट्न नमिल्ने बताईन् । उनले अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री बीचको भेटवार्ताबारे अमेरिकी दुतावासले सरकारसँग स्पष्टीकरण सोधेको भन्दै विरोध गरिन् ।

उनले भनिन् ‘पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डो–प्यासिफिक रणनीतिमा आवद्ध छैन भनेको विषयमा अमेरिकी दूतावासले स्पष्टीकरण माग्दैछ भन्ने आएको छ, यो बारे के हो नेपाल सरकारले भन्न जरुरी छ ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies