Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कांग्रेसको जागरण अभियान : भ्रदगोल टाल्न कि संगठन जगाउन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला दोस्रो चरणको जागरण अभियानमा जुटेको छ । मंगलबारदेखि सुरु भएको दोस्रो चरणको जागरण अभियान आगामी असोज ७ गतेसम्म चल्नेछ । निर्वाचन क्षेत्र केन्द्रित भएको यसपालिको जागरण अभियानका लागि कांग्रेसका नेताहरु अहिले जिल्ला जिल्लामा गईसकेका छन् ।

कांग्रेसले दोस्रो चरणको जागरण अभियानलाई पार्टी संगठन जगाउने र सरकारविरुद्धको भण्डाफोर अभियान चाल्ने पनि भनेको छ । कांग्रेसले बढ्दो महंगी र भ्रष्टाचारलाई पनि अभियानको मुद्दा बनाएको छ ।

भ्रदगोल संगठन, निराश नेता कार्यकर्ता

कांग्रेसका १३ भातृ संगठनमध्ये अधिकांश संगठनको अवस्था भ्रदगोल छ । विभिन्न विभाग, संघ र स्थानीय तहमा त संगठन नै निर्माण हुन सकेको छैन । कतिपय भातृ संगठन एक दशकदेखि नेतृत्व विहिन अवस्थामा छन् । पार्टी र संगठनलाई सबैभन्दा क्रियाशिल र मजबुद बनाउने युवा, विद्यार्थी, महिला, किसान, विभिन्न जातिगत संगठनहरुको अवस्था पूर्ण भ्रदगोल र लथालिंग छ ।

कतिपय अधिवेशन भएका संगठनमा पनि गुटगत विवादको कारण संगठनका गतिविधि नै हुन नसक्ने अवस्था पनि निर्माण भएको छ । महिला संघ, मुश्लिम संघ, भूपू सैनिक संघ लगायतमा अधिवेशन त भएको छ तर गुटगत विवादले संगठन तयार हुने र गतिविधि सञ्चालन हुने अवस्था छैन् । अनौठो लाग्दो लोकतान्त्रि अभ्यासको दुहाई दिने कांग्रेसको किसान संघमा विगत १४ वर्षदेखि अधिवेशन हुन सकेको छैन् । आदिवासी जनजाति संघ, प्रजातन्त्र सेनानी संघ, तामाङ संघ र नेपाल ठाकुर समाजमा अधिवेशन नभएको करिब एक दशक नाघेको छ ।

३० वटा विभाग नेतृत्व विहिन छन् । संगठनलाई क्रियाशिल र चुस्त दुरुस्त बनाउने विभाग नै नेतृत्व विहिन हुँदा पनि पार्टी नेतृत्व अलमलमा छ ।

कतिपय जिल्ला संगठन काम चलाउमा चलेका छन् । अधिकांशको पाँच वर्ष भईसक्दा पनि अधिवेशन हुन सकेका छैनन् । जिल्ला संगठन काम चलाउन अवस्थामा रहे पनि अन्य संघीय अन्तर्गतका संगठन भने तयार हुन सकेका छैनन् ।

भए भरका संरचनाहरु भ्रदगोल र लथालिंग अवस्थामा हुँदा कांग्रेस भित्रै र सुभेच्छुकमा पनि एकमदै निराशाको अवस्था निर्माण भएको छ । संगठनको अवस्थाले गर्दा नेताहरु नै वेकामे हुने अवस्थामा पुगेका छन् । संगठन निर्माण र नविकरण गर्न सक्ने अवस्था छैन् ।

जागरण अभियान नौटंकी मात्रै : भुपेन्द्रजंग शाही

\"Image

केहि दिनअघि कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जागरण अभियानलाई नौटङी भन्दै भण्डाफोर गरेका छन् । उनले प्रेस विज्ञप्ती नै निकालेर जागरण अभियानको डंका फुक्नु औचित्य नभएको बताएका थिए । शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘तरुण दललाई ४ जनामा सीमित राख्नु र नेविसंघलाई शुन्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो विषय हो । केन्द्रलाई नै जागरण गर्न नसक्ने पार्टीका नेताहरुले गाउँमा गएर जागरण गर्छु भन्नु नौटङ्की मात्र हो ।’

शाहीले भातृ संगठनलाई भ्रदगोल छाडेर कांग्रेसलाई जागरण अभियानबाट जगाउन नसकिने बताएका थिए । उनले पार्टी नेतृत्वको गैरजिम्मेवारी शैली अन्त्य हुनुपर्ने माग गरेका छन् ।

जागरण अभियानको अष्पष्ट एजेण्डा

कांग्रेसले १५ बुँदे उद्देश्य राखेर १५ दिने दोस्रो चरणको अभियान सुरु गरेको छ । कांग्रेसले मंगलबारदेखि सुरु गरेको दोस्रो चरणको जागरण अभियानलाई आन्तरिक पार्टी सुद्धिढिकरण, सुद्धिकरण र संगठन विस्तारको अभियानको रुप चित्रित गरेको छ । कांग्रेसले अभियानलाई कम्युनिष्ट सरकारका गलत कार्यको भण्डाफोर गर्ने अवसर पनि भनेको छ । कांग्रेसले जागरण अभियानमार्फत बाइडबडीलगायतका भ्रष्टाचारका काण्डलाई पनि भण्डाफोर गर्ने जनाएको छ ।

१५ बुँदे उद्देश्य राखेर १५ दिने अभियान थालेको कांग्रेससँग खास ठोस एजेण्डा भने नभएको कतिपयको तर्क छ । इतिहासकै सबैभन्दा कमजोर प्रतिपक्ष बनेको कांग्रेसले संसदभित्रै सरकारको दरिलो विरोध गर्न नसकेको अवस्थाले सरकारको गतिविधिलाई भण्डाफोर गर्ने ल्याकत नराख्ने धेरैको बुझाई छ । भ्रष्टाचार काण्डमा आफ्नै मुख्य नेतृत्व गण मुछिएको कारण पनि भण्डाफोर गर्ने बुँदा शिर्षक मात्रै भएको बताईन्छ ।

धार्मिक विषयले जागरण अभियान नै भ्रदगोल हुनसक्ने

पहिलो चरणको जागरण अभियानमा गुटगत विवादले निकै चर्को रुप लियो । कतिपय स्थानमा कार्यक्रम नै विथोलिने अवस्थासमेत बन्यो । गुटगट अवस्थाले चरम रुप लिँदा कार्यक्रममै झडप हुने र नेता तथा कार्यकर्ता नै घाईते हुने अवस्थासमेत बन्न पुगेको घटनालाई कांग्रेस नेतृत्वले भने राम्रोसँग समिक्षा गर्न सकेको छैन् । पहिलो अभियानलाई राम्रोसँग समिक्षा नगरी सुरु भएको दोस्रो चरणको अभियानमा भने अहिले धार्मिक मुद्दा घुसेको छ । महासमिति वैठकले हिन्दु राष्ट्र बनाउने विषयमा गरेको निर्णयलाई कांग्रेसको केहि समय अघि बसेको केन्द्रिय समिति बैठकले उल्टाइएदिएको थियो ।

हिन्दु राष्ट्र कि धर्म निरपेक्षता भन्ने विषयमा केहि समयअघि करिब ७ सय महासमिति सदस्यले हस्ताक्षर मार्फत हिन्दु राष्ट्रलाई एजेण्डा बनाउनु पर्ने माग गरेका थिए । महासमितिले उठाएको एजेण्डाले कांग्रेसभित्र अहिले निकै माहोल तताएको छ । गत भदौ १३ मा बसेको केन्द्रिय कार्यसमितिको वैठकमा पनि हिन्दु राष्ट्रको एजेण्डाबारे निकै चर्को बहस भएको थियो । १४ सय महासमिति सदस्य रहेको कांग्रेसले बहुमतभन्दा बढिले हस्ताक्षरमार्फत नै अगाडि सारेको एजेण्डाले अहिलेको जागरण अभियानपनि निकै प्रभाव पार्ने देखिन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies