Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कांग्रेस विवाद : भातृसंस्थालाई बिचल्ली पारेर जागरणको ‘डंका !’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान बीपी जयन्तीको अवसर पारेर मंगलवारदेखि शुरू भएको छ ।

देशभरिका ३ सय ३० प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर कांग्रेसले दोस्रो चरणको अभियान शुरू गरेको छ ।

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको प्रतीकस्वरूप एक सय छ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

असोज ७ गतेसम्म सञ्चालन गरिने जागरण अभियानका लागि कांग्रेसले तीन सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।

कांग्रेसले दोस्रो चरणको अभियानको उद्घाटनमा केन्द्रीय पदाधिकारीहरुलाई पनि विभिन्न जिल्लामा सम्बोधनका लागि खटाएको थियो ।

जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा। शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतलाई खटाइएको छ ।

दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न ५ वटा मुद्दामा केन्द्रित रहेर विरोध र प्रदर्शन गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

जागरण अभियानको समापनको क्रममा कांग्रेसले बढ्दो महंगी, वाइडबडीमा भएको भ्रष्टाचार काण्ड, बढ्दो महिला हिँसा बलात्कार र हत्या, सरकारले ल्याएका विभिन्न विधेयकहरू र सरकारले गरेका जनविरोधी कामहरूको भण्डाफोर गरिने कार्यक्रम रहेको छ ।

जिल्ला र स्थानीयस्तरका मुद्दाहरूलाई पनि कांग्रेसले जागरण अभियानका क्रममा समेटिने विश्वप्रकाश शर्माले बताए । प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिले खटाएका प्रतिनिधिहरुले दोस्रो चरणको अभियानमा कम बोल्ने र बढी सुन्ने प्रकृतिका कार्यक्रमहरु तय गरिएको बताएका छन् ।

अभियानका क्रममा कांग्रेस हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्द पिडितको आंगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समिक्षालगायतका कार्यक्रमहरु तय गरेको छ ।

विशेष सामाजिक संवादका क्रममा समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका महिला–पुरुषले वर्तमन अवस्थामा राख्ने धारणा र भावना बुझ्ने, उनीहरुका प्रश्न, पिडा र अपेक्षाका बारेमा जानकारी लिने प्रवक्ता शर्माको भनाइ छ । उनीहरुसँग वर्तमान सरकारसँग राखिएका अपेक्षा र वर्तमान परिणामको अनुभूति र समिक्षाका बारेमा धारणा माग गर्ने र आजको अवस्थाका सम्बन्धमा कांग्रेससँग उनीहरुको प्रष्ट अपेक्षाका बारेमा जानकारीसमेत लिने उनले बताए ।

दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले ७७ वटै जिल्लाका एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ । जागरण अभियान क्रममा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित विशेष संवाद कार्यक्रम आयोजना गरेर एक लाख युवासँग युवा केन्द्रीत विशेष संवाद गर्ने कांग्रेसको तयारी छ ।
नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघलगायतका भ्रातृ र शुभेच्छुक संस्थामा आवद्ध युवाहरू र अन्य असंगठित युवाहरूको ‘देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भ’मा खुला विचारहरू कार्यक्रममा संकलन गरिने प्रवक्ता शर्माले बताए ।

भातृसंस्था बिचल्ली पार्ने नेताहरूले जागरणको डंका फुके – तरुण दल
नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले तत्काल नेविसंघ र तरुण दललाई पूर्णता दिन माग गरेका छन् ।

‘नेपाली कांग्रेसको पार्टी नेतृत्वलाईलाई जागरणमा जानुभन्दा अगाडि तरुण दल र नेविसंघ लाई पूर्णता दिन जोडदार माग गर्दछु,’ उनले भने, भातृसंस्थाका केन्द्रिय समिती बिस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेतृत्त्वबाट पार्टी जागरणको डङ्का मात्र फुकेर केहि औचित्य नहुने म प्रष्ट पार्न चाहन्छु ।’

शाहीले तरुण दललाई ४ जनामा मात्र सिमित राखेको र नेविसंघलाई शून्यमा राखेको भन्दै पार्टी नेतृत्वको आलोचना गरे । ‘तरुण दललाइ ४ जनामा सिमित राख्नु र नेविसंघलाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो विषय हो,’ उनले भने, ‘केन्द्रलाई नै जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाउँमा गएर जागरण गर्छु भन्नु नौटङ्की मात्र हो ।’

शाहीले भातृसंस्थाहरूको बेहाल पारेको र युवाहरूको भविष्यलाई चौपट पारेको भन्दै पार्टीको जोडदार विरोध गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies