Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसकारण महीनावारी र सुत्केरीलाई दिइँदैन दूधदही

बाजुरा । जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ । सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ ।

बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विक भन्छिन्, “बाजुराका ग्रामीण भेगमा भने दूधदहीलगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले परम्परागत रुपमा न त गाईवस्तुलाई छुन मिल्छ न त गोरस प्रयोग गर्न मिल्छ ।”

सोही वडाकी मासमती विकले महीनावारी भएका बेला गाईवस्तलाई छोएमा सुक्दै जाने, बिरामी हुने र देवीदेउता रिसाउने हुदाँ गाईवस्तुलाई छुने हिम्मत नै नगरेको पीडा सुनाइन् । जिल्लाका केही स्थानीय तहमा फाट्टफुट्ट गोरसको प्रयोग गरेता पनि अधिकांश स्थानीय तहका ग्रामीण भेगका सुत्केरी र महीनावारी भएका महिलालाई दूध, दही अझै नदिने गरेको बडिमालिका नगरपालिका–९ का गोपाल विकले बताइन् ।

उसो त अधिकांश ग्रामीण भेगमा गाई, भैँसीको दूध, दही र मही बिक्री गर्ने चलन अहिले केही मात्रामा छ । दूधदही बिक्री गरे देउता रिसाउने भन्दै बिक्री गर्न नमानेको बडिमालिका–३ रजालीका जुना रोकायाले बताइन् । जसले गर्दा व्यावसायिक प्रणालीको विकास हुनसकेको छैन । जबसम्म मान्छे व्यावसायिक हुँदैन, तबसम्म उसको आयआर्जनमा वृद्धि हुन सक्दैन भन्ने उनको ठम्याइ छ ।

गौमुल गाउँपालिका–६ टुनीकी रचना विकले भनिन्, “यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्दछ ।” जिल्ला अस्पतालका डा रोहित गिरीले भने महीनावारी र सुत्केरी भएका बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महसुस हुने भएकाले यो अवस्थामा दूध, दही, हरियो सागपात, माछामासुलगायत साविकको भन्दा पोषिलो खानेकुरा बढी प्रयोग गर्नुपर्ने बताइन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies