Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कता जाँदै छ हङकङको आन्दोलन ?

काठमाडौं । निरन्तर विरोध भएपछि सुपुर्दगी विधेयक त फिर्ता भयो तर हङकङको आन्दोलन भने मथ्थर हुन सकेन । हङकङ सरकारले विधेयक फिर्ता लिएसँगै आन्दोलन झन् चरम बन्दै गएको छ ।

हङकङका सडकहरु झन् प्रदर्शनकारीले भरिएका छन् । दुई दिन अघि मात्रै प्रदर्शनकारीले हङकङको विमानस्थलसमेत कब्जा गरेका थिए । पछिल्लो केहि दिनदेखि यहाँका सडकमा लाखौं मानिसहरु प्रदर्शनमा उत्रिएका छन् ।

युवाहरुको नेतृत्वमा भएको आन्दोलनमा अहिले युवादेखि बुढाबुढी मात्रै होइन् सबै पेसा, क्षेत्र, समुदायका मानिसहरु थपिएका छन् । आन्दोलनमा प्रदर्शनकारीको संख्या बढेसँगै आन्दोलन झन् आक्रामक र चरमता तिर पुगेको छ । आन्दोलनको नेतृत्व गरिरहेका युवाहरु झनै जोशिएका छन् ।

२३ वर्षे ठिटोको नेतृत्वमा आन्दोलन
हङकङको ऐतिहासिक आन्दोलनका नेतृत्वकर्ता एक दुब्ला अनि पातला २३ वर्षे ठिटो जोशुआ वांग हुन् । वाङ अहिले हङकङमा लोकतन्त्र प्राप्तिको संवाहक बनेका छन् ।

सन् २०१४ मा जोशुआ वांग चर्चामा आएका थिए । त्यसबेला उनले ‘अम्ब्रेला मूवमेन्ट’ चलाएका थिए । वांगले चलाएको अभियानका बेला हङकङमा लोकतन्त्र र मतदान अधिकारमा बढोत्तरीको माग गरिएको थियो । त्यस समय उनि १९ वर्षका मात्रै थिए । यसै आन्दोलनबाट उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चा कमाए ।

\"जोशुआ
जोशुआ वांग ।

प्रतिष्ठित अन्तराष्ट्रिय पत्रिका टाइमले सन् २०१४ को सबैभन्दा प्रभावशाली युवकको रुपमा जोशुवा वांगलाई राखेको थियो । सन् २०१५ मा फोच्र्यून मेगाजिनले उनलाई ‘विश्वकै महान् नेता’को श्रेणीमा राखेको थियो । जोशुआलाई सन् २०१८ मा नोबेल शान्ति पुरस्कारको निमित्तसमेत सिफारिस गरिएको थियो । त्यस समय उनि जम्मा २२ वर्षका थिए ।

जोशुआ हाल डेमोसिस्टो नाममा पार्टीको महासचिव छन् । उनले आफुँ १९ वर्षको हुँदा यस पार्टीको स्थापना गरेका थिए ।

किन भईरहेको छ प्रदर्शन ?
अहिले हङकङमा भईरहेको प्रर्दशनको देखिने विषयको रुपमा सुपुदर्गी विधेयक चर्चामा छ । जसमा हङकङको व्यक्तिले चीनमा कुनै अपराध गरेमा वा प्रदर्शन गरेमा उसको विरुद्ध चीनले नै कारबाही तथा मुद्दा चलाउने प्रस्ताव छ ।

यही मुद्दालाई लिएर जोशुवांगले नेतृत्व गरिरहेको आन्दोलन उत्सर्गमा छ । २३ वर्षीया वांगले नेतृत्व गरेको आन्दोलनले अहिले चीनलाई निकै समस्यामा समेत पारेको छ ।

खासमा चीनले यस विधेयक मार्फत हङकङका जनतालाई आफ्नो दबदबामा राख्न खोजेको थियो । तथापि ठुलो विरोध पश्चात हङकङ सरकारले विधेयक त फिर्ता लियो तर पनि युवा आन्दोलन भने सकिएको छैन् । आन्दोलनलाई हङकङका युवाले लोकतन्त्रको बहालीको रुपमा अगाडि बढाएका छन् ।

\"\"

एक देश, दुई नीतिको प्रभाव
जसरी भारत नियन्त्रित जम्मू–कश्मीरमा छुट्टै झण्डा, छुट्टै संविधान अनि छुट्टै कानून नियम थियो, त्यसैगरि हङकङमा पनि छुट्टै कानूनी व्यवस्था छ । चीनले हङकङलाई आफ्नो विशेष प्रशासनिक क्षेत्रको रुपमा मान्दै आएको छ ।

चीनले विदेशी मामीला र रक्षा बाहेक सबै कुरामा हङकङलाई स्वायत्तता दिएको छ । यहाँ रक्षा र परराष्ट्रसँग सम्बन्धित मुद्दामा चीनले अधिकार लिएको छ । पछिल्लो समयमा भईरहेको आन्दोलन हङकङमाथि चीनको दबदबालाई परास्त पार्नु हो ।

के हो हङकङको इतिहास ?
हङकङ पहिला ब्रिटेनको कब्जामा थियो । एक व्यापारिक बन्दरगाहको रुपमा विकास भएसँगै सन् १८४२मा ब्रिटेनले आफ्नो विशेष उपनिवेश राज्य बनाएको थियो । तर, सन् १९४३ मा हङकङलाई चीनले ब्रिटेनसँग खरिद गरेका थियो ।

द्धितिय विश्वयुद्धको समयमा भने हङकङमाथि जापानले कब्जा जमाएको थियो । पछि जापानका सैनिक मारिएसँगै पुनः हङकङ चीनको नियन्त्रणमा गएको थियो । १९ डिसेम्बर, १९८४ मा चीन र ब्रिटेनको बीच हङकङको विषयमा विधिवत हस्ताक्षर भएसँगै अहिलेसम्म हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र रहँदै आएको छ ।

एजेन्सीको सहयोगमा

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies