Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सुर्य थापालाई पुर्व अनेरास्ववियुका नेताको सुझाव : चर्चामा आउन घटिया बाटो नरोज्नुस्

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध निरन्तर व्यंगात्मक र आक्रामक अभिव्यक्ति दिएर चर्चामा आएका नेकपाका केन्द्रिय सदस्य सुर्य थापाविरुद्ध पुर्वएमालेकै नेताहरु खनिन थालेका छन् । पूर्वएमाले निकट अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले थापाको शैली ‘कनकमणी दिक्षित शैली’ भएको भन्दै अभिव्यक्ति निन्दनीय खालको भनी टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत बस्नेतले लेखेका छन्, ‘कुनै वेला कनकमणी दिक्षितहरुलाई क. प्रचण्डका विरुद्ध दिनमा दशपटक विषबमन नगरी भात पच्दैनथ्यो । कुनै लछारपाटो लगाएनन् । हिजोहिजो तिनलाई पनि उछिनेर क. सुर्य थापा आफ्नै पार्टीका अध्यक्ष का विरुद्ध श्रृङखलाबद्ध र निरन्तर रुपमा वर्वराउनु निन्दनीय छ ।’

उनले चर्चामा आउनका लागि साह्रै सस्तो र घटिया बाटो नरोज्न पनि थापालाई सुझाएका छन् । नेकपाका चर्चित विद्यार्थी नेता बस्नेतले थापाको अभिव्यक्तिले पार्टी एकतालाई समेत प्रभाव पार्ने भन्दै अभिव्यक्ति सच्याउन समेत आग्रह गरेका छन् ।

उनले पार्टी अध्यक्षबाट प्रचण्डलाई हटाउन पनि चुनौति दिएका छन् । बस्नेतले प्रचण्डलाई अध्यक्षबाट हटाउन नसके नैतिकताको आधारमा केन्द्रिय समितिमा बस्न समस्या पर्छ कि पर्दैन् भनि थापालाई प्रश्न गरेका छन् । ‘पार्टी अध्यक्षलाई यतिसम्म भन्नेले हिम्मत भए पार्टी अध्यक्षलाई हटाउनु पर्यो हैन भने उहाँले अध्यक्षता गरेको केन्द्रीय समितिमा बस्न नैतिक समस्या पर्दैन र ?’

स्मरण रहोस् केहि दिनअघि अध्यक्ष प्रचण्डले एक कार्यक्रममा राखेको अभिव्यक्तिमाथि नेकपा केन्द्रिय सदस्य सुर्य थापाले एकदमै व्यंगात्मक शैलिमा आलोचना गरेका थिए । द्धन्द्धकालिन मुद्दाको विषयमा बोलेका प्रचण्डको अभिव्यक्तिविरुद्ध थापाले एकदमै असभ्य र अराजनीतिक रुपमा टिप्पणी गरेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies