Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

ओलीका प्रखर आलोचक भट्टराई - यसरी तय गरे सिंहदरबारको यात्रा

काठमाडाैं। पाँच महिनासम्म खाली रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले योगेश भट्टराईलाई मन्त्रीको रूपमा पाएको छ । गत फागुनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर दुखद निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्रीमातहत रहेको थियो ।

गत साउन १० गते भट्टराईले फेसबुक स्ट्याटस लेख्दै आफूलाई सबैभन्दा जोखिमपूर्ण जिम्मेवारी दिन पार्टीसमक्ष आग्रह गरेका थिए । यद्यपि उनले त्यो आग्रह पार्टी एकता प्रक्रियामा विभागको जिम्मेवारीलाई लिएर भएको विवादमा केन्द्रित थियो । \'कुनै पनि जिम्मेवारी सानो वा ठूलो हुँदैन,\' भट्टराईले भनेका थिए, \'सबैभन्दा अप्ठेरो, जोखिम र चुनौतीपूर्ण मलाई दिन र त्यसबाट मेरो परीक्षा लिन अध्यक्षद्वयलाई मेरो अनुरोध छ ।\'

संयोगले भट्टराईको अनुरोध स्वीकार्य भएको छ । यद्यपि उनले आफ्नो अनुरोध पार्टीको विभागतर्फ केन्द्रित भएको संकेत गरेका थिए । अहिले भट्टराईसामु एउटा बिल्कुलै नयाँ, अप्ठेरो, जोखिमपूर्ण र चुनौतीपूर्ण जिम्मेवारी आएको छ । भट्टराई मन्त्रीका रूपमा यसअघि सिंहदरबार छिरेका थिएनन् त्यसैले अहिलेको जिम्मेवारी उनको लागि बिल्कुलै नयाँ र चुनौतीपूर्ण छ ।

ओलीका प्रखर आलोचक
भट्टराई प्रधानमन्त्री ओलीका प्रखर आलोचक थिए । सपथ ग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा भट्टराईले प्रधानमन्त्री ओलीको अपेक्षा पूरा गर्न लाग्ने बताएर आफ्नो ध्रुव परिवर्तन भएको संकेत दिन खोजे । तर भट्टराई नजिक बसेर काम गरेकाहरूले भने भट्टराईले यति छिटै आफ्नो नेचर परिवर्तन गर्न नसक्ने बताउँछन् ।

गत पुसमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा सरकारको सबैभन्दा बढी आलोचना गरेका थिए भट्टराईले । प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैली ठीक नभएको भन्दै यसलाई बदल्न ओलीलाई चुनौती दिने नेता उनै हुन् । आफ्ना निकटस्थहरूलाई आफूले मन्त्री नखाने भन्दै आइरहेका थिए । तर आन्तरिक मिटिङमा सरकारको जतिसुकै आलोचना गरेपनि भट्टराईले सार्वजनिक मंचबाट सरकार र प्रधानमन्त्री ओलीको बचाउ गर्ने गरेका छन् ।

भट्टराई पार्टीभित्र सधैं प्रतिपक्षी खेमामा रहे । कुनै बेला पार्टी फुटाउन बामदेव गौतमलाई सहयोग गरेका भट्टराई पार्टीभित्रको अराजक प्रवृत्ति विरुद्ध सधैं डटेर लडिरहेका थिए । राजनीतिमै लागेका कारण पटक पटक जेल नेल भोगेका भट्टराईमा विद्रोही प्रवृत्ति देखिन्छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो समयमा आफ्ना आलोचकहरूलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । बालुवाटार कहिल्यै नजाने भट्टराई त्यही मेसोमा ओलीसँग छलफलमा सामेल भए । भट्टराईअघि प्रधानमन्त्री ओलीले अर्का प्रखर आलोचक घनश्याम भुसालसँग परामर्श गरेका थिए । पार्टीका प्रतिपक्षी मानिने भीम रावलसँग पनि ओलीले छलफल र परामर्श गरेर आफूले कार्यशैली बदल्न खोजेको संकेत दिएका थिए ।

स्रोतका अनुसार खाली रहेको पर्यटन मन्त्रालयमा प्रधानमन्त्री ओलीले ३ जनाको सम्भावित नामलिस्ट बनाएर राखेका थिए । घनश्याम भुसाल अहिले मन्त्री हुन नचाहेको र भीम रावल गृहमन्त्री भइसकेकाले पर्यटन मन्त्रालयमा योगेश भट्टराई नै उपयुक्त पात्र ठहरिए ।

भट्टराईका चुनौतीहरू
भट्टराई पहिलोपटक मन्त्री बनेका छन् यसैले उनीसँग मन्त्रालय सम्हालेको या नजिकबाट काम गरेको कुनै अनुभव छैन । यो उनीमाथिको थप चुनौती हो । अनुभवहीनताबाहेक पर्यटन मन्त्रालयमा उनका सामु देखिने केही मुख्य चुनौतीहरूको सामना गर्नुपर्नेछ उनले ।

पहिलो हो पर्यटन वर्ष २०२० को सफलता । नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ । २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउनुपर्नेछ । यसलाई मन्त्रालय मात्र होइन, सरकारकै सफलतासँग जोडेर हेर्ने गरिएको छ । सन् २०१८ मा नेपालमा १० लाख हाराहारी पर्यटकहरू आए ।

२ वर्षमा यो संख्या २० लाख पुर्याएर नेपाल पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य हो भन्ने संदेश विश्वलाई दिनु भनेको सानो चुनौती होइन । भट्टराईले यो चुनौती कसरी पार लगाउनेछन्, त्यो आगामी दिनमा देखिदै जानेछ ।

भट्टराई सामु दोस्रो चुनौतीका रूपमा नेपाल वायुसेवा निगमलाई युरोपको कालो सूचीबाट बाहिर निकाल्नु हो । लगातार ६ वर्षसम्म कालोसूचीमा रहेको नेपाल वायुसेवा निगम आन्तरिक रूपमा पनि पटक-पटक बदनाम भइरहेको छ । एक वर्षअघि आएका दुईवटा वाइडबडी विमान गन्तव्य अभावमा छोटो दूरीमा उड्न बाध्य छन् भने घाटाको रकम अर्बौंमा पुगिसकेको छ ।

हुन त मन्त्री भट्टराईले पदभार ग्रहण गर्दाखेरि नै नेपाल वायुसेवा निगमलाई \'वाह!\' भन्ने बनाउँछु भनेर सार्वजनिक प्रतिवद्धता जनाएका छन् । त्यतिले मात्र पुग्नेवाला छैन । यसमा उनको लगनशीलता, पारदर्शिता र इमान्दारीता झल्किनुपर्नेछ । फेरि छोटो समयमा सबै भइहाल्छ भन्ने पनि हुँदैन । यही चुनौतीलाई हल गरे भने भट्टराईमाथि गरिएको अपेक्षामाथि न्याय हुनेछ ।

यी लगायत भट्टराईसँग चुनौतीका अन्य पहाडहरू पनि धेरै छन् । सरकारले पछिल्लो समयमा ल्याएका विवादित विधेयक र कतिपय निर्णयका कारण सरकार रक्षात्मक स्थितिमा पुगेको कहीं कतैबाट छुपेको छैन । भट्टराई पनि यो विषयलाई हुबहु जान्दछन् । भट्टराईको हातमा सरकारको सफलता टिकेको छ ।

प्रधानमन्त्री ओलीले पूरा गरे वाचा
संसदीय निर्वाचनका बेला तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीले ताप्लेजुङ पुगेर जनतालाई योगेश भट्टराईलाई जिताउन अनुरोध गरेका थिए । \'तपाईहरु योगेश भट्टराईलाई सांसद बनाएर पठाउनुस, मन्त्री बनाएर पठाउने जिम्मा मेरो भयो,\' ओलीले त्यतिबेलै बाचा गरेका थिए । जनताले भट्टराईलाई जिताए र सांसद बनाए ।

तर ओलीले वाचा पूरा गर्न करीब २ वर्ष लगाए । यो बीचमा कतिपयले योगेशलाई मन्त्री नबनाएको भन्दै ओलीको आलोचना नगरेका होइनन् । निश्चय नै भट्टराई ओलीका पहिलो रोजाईका पात्र थिएनन्, यदि हुन्थे भने पहिलोपटक नै योगेश मन्त्री बन्नुपर्ने थियो ।

पार्टीभित्र शक्तिसन्तुलन मिलाउन पनि प्रधानमन्त्रीले आफ्नो पक्षइतरका कसैलाई मन्त्री बनाउनु पर्ने नै थियो । अहिले प्रधानमन्त्री ओलीका प्रखर आलोचक कोही छन् भने ति हुन् पूर्व एमाले पक्षकै नेताहरू । तिमध्ये भट्टराई पनि एक थिए ।

यद्यपि भट्टराईले पटक पटक ओली आफ्नो अविभावक भएको बताएका छन् । पार्टी र सरकार संचालन प्रक्रिया सन्तोषजनक नभएको भन्नु एउटा कुरा भएपनि व्यक्तिगत रूपमा ओलीले भट्टराईलाई माया गर्ने स्वयम् भट्टराईले नै खुलासा गरिसकेका छन् । भट्टराई तत्कालीन एमालेमा पनि ओली गुटका थिएनन् । तत्कालीन एमालेको २०७१ सालको नवौं महाधिवेशनमा भट्टराई माधव नेपाल गुटबाट पार्टीको सचिव बनेका थिए ।

अब योगेश भट्टराईको वास्तविक परीक्षा शुरू भएको छ । केही न केही गरेर देखाउनुपर्ने बाध्यता उनको सामु छ । पदभारका क्रममा आफूलाई रवीन्द्र अधिकारीको उत्तराधिकारी घोषणा गरेका भट्टराईको काँधमा अधिकारीले देखेका सपनाहरू पनि छन् । वाइडबडी खरिदमा देखिएको अनियमिततालाई भट्टराईले इमान्दारीताका साथ हल गर्नुपर्ने हुन्छ र दोषीलाई कारवाही गर्ने हिम्मत देखाउनु पर्ने छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies