Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ओलीका सल्लाहाकार रिमालको आक्रामक ट्वीट, कसलाई भने 'छौंडा' ?

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले आईतबार बिहान निकै आक्रामक खालको ट्वीट गरे । कसलाई लक्ष्य गरिएको हो नखुले पनि रिमालले निकै असहज लाग्ने शब्द ‘छौंडा’ को प्रयोग गरेका छन् ।

सामाजिक सञ्जालमा उनको अभिव्यक्ति प्रति निकै आलोचना भएको छ । उनले ट्वीटमा भनेका छन्,‘भनिन्छ, छौंडाहरु चलमलाउँदैनन् । कसैले छोड्छन्, दुःख दिन्छन् । यी छौंडाहरु आफैं चलमलाएका हुन् कि कसैले छोडेका ?’

सरकारको कार्यशैलीको चौतर्फी आलोचना भईरहेको छ । पार्टीभित्रै पनि कतिपय निर्णयका विषयमा तिव्र असन्तुष्टि छन् । प्रतिपक्षीको दबाबभन्दा पनि पार्टीभित्रैको दबाब तिव्र छ । सरकारले ल्याएका अधिकांश विधेयकहरु विफल हुने परिस्थितिमा छन् भने कतिपय निर्णयहरु फिर्ता लिनुपर्ने अवस्थामा छन् ।

https://twitter.com/BishnuRimal/status/1147670383371444225

सरकारले भर्खरै मात्र तिव्र विरोध भएपछि गुठी विधेयक फिर्ता लिएको छ । भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण रोकेकोमा पनि पार्टी भित्रैबाट तिव्र आलोचना भएको छ ।

सरकारको चौतर्फी आलोचना भईरहेको बेलामा प्रधानमन्त्री कै प्रमुख राजनीतिक सल्लाहाकार रिमालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको अभिव्यक्तिप्रति निकै टिप्पणी सुरु भएको छ । रिमालले आफ्नै पार्टीभित्रका नेतागणलाई गाली गरेका हुन् या अन्यलाई खुलेको छैन् । तथापि रिमालको शब्दचयन प्रति भने निकै आलोचना भएको छ ।

\"\"

उनले सामाजिक कुरीतिको रुपमा रहेको वोक्सी प्रथाभित्र प्रयोग हुने तुच्छ खालका शब्दहरु प्रयोग गरेका छन् । कतिपयले पदिय मर्यादा भुल्दै व्यक्त अभिव्यक्तिप्रति सामन्दी प्रवृत्तिको गन्ध आएको टिप्पणी गरेका छन् । आलोचकहरुले रिमालको अभिव्यक्तिप्रति तल्लो स्तरको सोंच र निकृष्ट शब्द प्रयोग भनेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies