Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

म अर्थमन्त्रीलाई प्रार्थना गर्न चाहन्छु, पुस्तकमाथिको कर हटाईयोस् : प्रदिप गिरि

काठमाडौं । सभामुख महोदय, धेरै वर्ष अगाडिको कुरा हो । त्यतिबेला सभामुखलगायत धेरै कमरेडहरु कठिन युद्धमा संलग्न हुनुहुन्थ्यो । त्यस युद्धप्रति हाम्रो पनि सहनुभूति थियो । त्यो ताका तत्कालिन अर्थमन्त्री रामशरण महतले पुस्तकउपर कर लगाएका थिए । पुस्तकको आयातमाथि कर लगाएका थिए ।

त्यतिबेला यस समय सत्ताका साथीहरु जंगलमा रहेको कुरा ध्यान दिनुभएर हो कि, त्यतिबेला जंगलमा नै पढ्ने परम्परा थियो, त्यो भएको रचनाहरुबाट पनि थाहा पाइन्छ ।

अहिले पुस्तकउपर कर लगाउने व्यवस्था, बडो तत्कालिन संसदले विरोध गरेको कुरा । स्वंय मैंले आफैं अर्थमन्त्रीका उपर प्रहार गरेको हुँदा बडो उदारता पूर्वक पुस्तकलाई करभारबाट एग्जिम गरियो ।

यत्रो वर्षको अन्तरालपछि, यत्रो ठूलो क्रान्ति भईसकेपछि पनि, पुस्तकका स्वखिनहरु सत्तारुढ दलमा भएकाे बेला, स्वंय विद्धान प्रधानमन्त्रीका पालामा पुस्तक विभिन्न नाउँमा विभिन्न बाहनामा करको दायरामा ल्याईदैछ ।

मुलत : पुस्तक भनेको यसैपनि यो उपभोक्तावादी समाजमा हराउँदै गएको छ । नागरिकहरु मनोरञ्जनमा हराउँदै गएका छन् । मैंले त बेला बखत पुस्तक व्यावसायीलाई भन्ने गरेको छु, कसरी गुजारा चलाउनु भएको छ ?

यहाँ पुराना साथीहरुलाई थाहा होला, काठमाडौं शहरमा भएका पुस्तक पसल ७५ प्रतिशत बन्द भएका छन् । ति पुस्तक पसलको ठाउँमा अहिले सुन व्यवसायीलाई ठाउँ दिइएको छ । न्यूरोडमा गएर हेर्नुहोस् । गएर हेर्नुभए हुन्छ, रक्सीको पसललाई ठाउँ दिइएको छ ।

यसै पनि पुस्तक व्यावसायीलाई गाह्रो छ । यस्तोमा पुस्तकमाथि अतिरिक्त करभार लगाएर पुस्तक पढ्नेलाई निरुत्साहित नगर्नुस् । म अर्थमन्त्रीलाई प्रार्थना गर्न चाहन्छु । उहाँ बुद्धिजिवि पनि हुनुहुन्छ ।

कर पैसा उठाउने, सरकारलाई साधन खरिद गर्ने बाटो मात्रै होइन् । सरकारका केहि निश्चित नीति पनि हुन्छन् । यो सरकारको पुस्तक विरोधी अभिव्यक्ति होइन् होला । सरकार अभिव्यक्तिमाथिको स्वतन्त्रता विरोधी पनि होइन् होला । त्यसैले म अर्थमन्त्रीलाई अर्को एउटा निवेदन गर्न चाहन्छु । यो पुस्तकमाथि करभार थप्ने कुरालाई हरेक ढंगबाट रोकियोस् ।

(बौद्धिक नेताका रुपमा परिचित नेपाली कांग्रेसका नेता प्रदिप गिरिले प्रतिनिधि सभाको बैठकमा शुक्रबार राखेको धारणा जस्ताको तस्तै यहाँ राखिएको छ ।)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies