काठमाडौं । हिन्दूस्तान टाइम्सका सम्पादक अभय वैद्यको खोजमूलक पुस्तक ‘हू किल्ड ओशो’ का सम्बन्धमा एक अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको छ ।
ओशो तपोवनमा आयोजित कार्यक्रममा वैद्यले सन् १९९० जनवरी १९ का दिन भएको ओशोको मृत्युसँग सम्बन्धित विषय पुस्तकमा समेटिएको जानकारी दिए। तीस वर्षको खोजबाट निस्केका रहस्य पुस्तकमा समावेश गरिएका जनाइएको छ । खोजका क्रममा ओशोको मृत्यु अस्वाभाविक र षड्यन्त्रमूलक भएको पाइएको उनले सुनाए ।
ओशोको मृत्यु हुनुभन्दा करीब दुई वर्षअघि देखिनै उनलाई आफ्नो परिवार र आमासम्मलाई भेट्न नदिएको विषय पुस्तकमा उल्लेख गरिएको पत्रकार वैद्यले बताए। ओशोको मृत्युका दिन पनि नाक कान घाँटीका डा गोकुल गोकानीलाई षडयन्त्रमूलक रुपले मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको अन्तवार्ता समेत सो पुस्तकमा समेटिएको छ ।
विदेशीले ओशोको नक्कली इच्छापत्र तयार गरेको र नक्कली ट्रष्ट बनाइ ओशो आश्रमको सम्पत्ति हडप्न षड्यन्त्र गरेको तथ्य समेत लेखक वैद्यले कार्यक्रममा प्रस्तुत गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठले ओशोको मृत्यु अस्वाभिक भएको आफूले सुन्दै आएको तर स्वयं पत्रकार वैद्यबाट उहाँको मृत्युका बारेमा प्रस्तुत गरेका तथ्य सुनेपछि थप स्पष्ट भएको बताए ।
ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुणले सन् १९९० देखि नै ओशोको मृत्यु स्वाभाविक नभै हत्या नै भएको भनेको विषयलाई वैद्यको पुस्तकले बल प्रदान गरेको बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: