Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आँखा पाक्ने रोगको महामारी, के भन्छन् चिकित्सक ?

डोटी। जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताए । उनले भने, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।”

जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या अस्पतालमा दिनहुँ एक दजर्न बढी पुग्ने गरेको छ । यतिमात्र नभई यहाँका निजी मेडिकल तथा क्लिनिकमा पनि आँखा पाक्ने बिरामीको दैनिक भीड लाग्ने गरेको छ । दिपायल राजपुरस्थित पाण्डेय मेडिकलका हरिस पाण्डेयका अनुसार आँखा पाक्ने रोगबाट सबैभन्दा बढी स्कूले केटाकेटी तथा वृद्धवृद्धा पीडित बनेका छन् । यहाँका ग्रामीण क्षेत्रमा समेत यो रोगले विगत केही दिनयतादेखि विकराल रूप लिएको केआईसिंह गाउँपालिका–२ वासुदेवीका स्थानीयवासी शेरबहादुर ऐरले बताए ।

उनले भने, “केही दिनयतादेखि गाउँमा आँखा पाक्ने रोग शुरु भएको छ, आँखा पाक्न थालेपछि विद्यार्थीको स्कूल जानसमेत बन्द भएको छ ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुगमन तथा मूल्याङ्कन अधिकृत टेकराज ओझाका अनुसार फोहर, धुलो धुवासँगै ‘व्याक्टेरिया’ तथा व्यक्तिगत स्वास्थ्य कमजोर भएका कारण आँखाको रोग एकअर्कामा सर्ने बढी सम्भावना हुने गरेको छ । सधैँ सफा र चिसोपानीले आँखा, मुख धुने तथा चर्को गर्मीमा नहिँड्ने तथा हिँड्नै परे चश्माको प्रयोग गरे यो रोग एकअर्कामा सर्ने सम्भावना कम हुनेसमेत अधिकृत ओझाले बताए ।

त्यसैगरी गर्मी बढेसँगै दिपालयको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार पनि दुर्गन्धित बनेको छ । जिल्लामा दिउँसोको समयमा तापक्रम ३० देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको मौसम पूर्वानुमान शाखा दिपायलले जनाएको छ । गर्मीयामसँगै बजारमा खुला तथा छाडारूपमा छोडिएका चौपायाले गर्ने फोहरका कारण यो समस्या झन बढेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका अहेव लोकेन्द्र बोहराले बताए ।

उनले भने, “फोहर व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।” विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेपछि स्कूलको पढाइसमेत प्रभावित बन्न थालेको दिपायलस्थित दिल्पेश्वर माविका शिक्षक गोविन्दराज जोशीले बताए । उनले भने, विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेका कारण अरु विद्यार्थीमा सर्ने डरका कारण विद्यालयको पढाइसमेत दिनहुँ प्रभावित बन्न थालेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies