Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

खडेरीले मुहान सुकेपछि खानेपानीको आपूर्तिमा कमी

सुर्खेत । लामो खडेरीले मुहानहरु सुक्दै गएपछि सुर्खेत उपत्यकामा खानेपानी आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ ।

बढ्दो जनघनत्व र पानीको स्रोतमा कमीका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले फ्लोसेडिङ तालीकामार्फत आपूर्ति व्यवस्थापन गर्दै आएको छ । मुहानबाट पानीको आपूर्ति घटेपछि संस्थाले एक महीनायता समानुपातिक वितरणका लागि ‘फ्लोसेडिङ’ तालीका लागू गरेको हो । हाल सुर्खेत उपत्यकामा ९६ घण्टा ‘फ्लोसेडिङ’ हुने गरेको छ ।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले उपत्यकामा आउने पानीको मुख्यस्रोत झुप्राखोलाको मुहान सोलीघोप्टेमा पानी आधा घटेको जानकारी दिए । \'मुहानबाटै पानी आपूर्ति कम भएपछि वितरणमा समस्या भएको हो\', उनले भने, \'अघिल्ला वर्षभन्दा यसपाला मुहानबाटै कम पानी आपूर्ति भइरहेको छ, ५० प्रतिशत पानी घटेको छ ।\'

उपभोक्ता संस्थालाई मागअनुसार आपूर्ति गर्न हम्मेहम्मे परेको छ । गत वर्ष झुप्राखोला मुहानबाट वर्षायाममा प्रतिसेकेण्ड ८६ लिटर पानी आपूर्ति हुन्थ्यो भने हाल प्रतिसेकेण्ड ४० लिटर मात्रै आपूर्ति हुने गरेको छ । गत वर्ष यही मौसममा प्रतिसेकेण्ड ४८ लिटरसम्म पानी आपूर्ति भएको थियो ।

सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ । उपत्यका खानेपानीको अर्को स्रोत खरी–बोरी खोला मुहानबाट प्रतिसेकेण्ड ३० लिटर पानी आपूर्ति हुने गरेको छ । यो मुहानबाट भने पानी आपूर्तिमा कमी नआएको संस्थाले जनाएको छ । इत्राम खोलाबाट प्रतिसेकेण्ड आड लिटर, खोर्केबाट चार लिटर, बुलबुले तालबाट दुई लिटर गरी संस्थाले प्रतिदिन ८४ लिटर प्रतिसेकेण्ड अर्थात् ७२ लाख ५७ हजार ६०० लिटर पानी आपूर्ति गर्दै आएको छ । संस्थाको सेवा क्षेत्र सुर्खेत उपत्यकाका लागि प्रतिदिन एक करोड ५४ लाख लिटर खानेपानी आवश्यक छ । औशतमा हिउँदको समयमा एक करोड ३५ लाख लिटर र सुक्खा खडेरीमा न्यूनतम औषत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुने गरेको छ ।

प्रदेश राजधानी रहेको सुर्खेत उपत्यकामा बढ्दो जनसङ्ख्या र घट्दो पानीको स्रोतका कारण खानेपानीको सङ्कट बढ्दै गएको हो । संस्थाका प्राविधिक बालाराम तिवारीले साना तथा अल्पकालीन आयोजनाबाट उपत्यकाको खानेपानी समस्या समाधान गर्न सम्भव नहुने बताए । उनले दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीबाट प्रतिसेकेण्ड ३८० लिटर पानी सुर्खेत उपत्यकामा ल्याउन बृहत् भेरी पम्पिङ आयोजनाको ठेक्का खोल्ने तयारी भइरहेको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies