Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

केजरीवालमाथि किन निरन्तर भइरहेछ आक्रमण ?

एजेन्सी । पछिल्लो समय दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालमाथि विभिन्न आक्रमणका प्रयासहरु भइरहेका छन् । उनिमाथि खुर्सानीको धुलो प्रहार गर्नेदेखि ढुंगा हान्नेसम्मका आक्रमण भएका छन् । पछिल्लो घटनाको रुपमा गत मई ४ मा एक सडक र्यालीका क्रममा एक युवकले केजरीवालमाथि थप्पड हाने ।

दिल्लीको मोतिनगर इलाकामा चलिरहेको र्यालीका क्रममा केजरीवालमाथि थप्पड हानिएको थियो । सुरेश नामका युवकले केजरीवालमाथि थप्पड हानेका थिए । भाजपाको निर्देशनमा युवकले थप्पड हानेको आम आद्मी पार्टीले मिडियामा सार्वजनिक गरेको छ ।

श्रृंखलाबद्ध भइरहेका यस्ता घटना
दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि बेला–बेला विभिन्न खालका आक्रमणहरु भइरहेका छन् । गत वर्ष नोभेम्बरमा दिल्ली सचिवालयमै उनिमाथि खुर्सानीको धुलोबाट आक्रमण भएको थियो । २०१६ अप्रिलमा पत्रकारसम्मेलनका बीच दिल्ली सचिवालमै उनिमाथि जुत्ता प्रहार भएको थियो ।

खुर्सानीको धुलोबाटै आक्रमण
गत नोभेम्बरमा दिल्ली सचिवालय भित्रै केजरीवालमाथि खर्सानीको धुलो प्रहार भएको थियो । सचिवालयबाट निक्लदैं गर्दा एक अनिल शर्मा नामको व्यक्तिले केजरीवालमाथि खुर्सानीको धुलो प्रहार गरेका थिए । आक्रमण गर्ने अनिल शर्मा केहि समस्याको पुलिन्दा बनाएर केजरीवाललाई भेट्न आएको बहानामा थिए । त्यसबखत ति व्यक्तिको समस्याबारे बुझ्न केजरीवाल रोकिए । तर ति व्यक्तिले एक्कासी केजरीवालमाथि खुर्सानीको धुलोबाट आक्रमण गरे । खुर्सानीको धुलोबाट केजरीवालको आँखामा समस्या आएको थियो ।

लुधियानामा गाडीमाथि नै हमला
फरबरी २०१६ मा पन्जाबको लुधियानामा अरबिन्द केजरीवालको कारमाथि केहि मानिसहरुले आक्रमण गरेका थिए । उनिमाथि सामुहिक रुपमा रड र डण्डा प्रहार भएको थियो । त्यसबखत उनलाई केहि नभए पनि गाडीको सबै सिसा भने फुटेको थियो ।

मसिको डिब्बा प्रहार
जनवरी, २०१६ मा दिल्ली छत्रसाल स्टेडियममा भएको कार्यक्रममा मुख्यमन्त्री अरविंद केजरीवालमाथि मसिको डिब्बा फ्याँकिएको थियो । मुख्यमन्त्री जब सभालाई सम्बोधन गर्न मन्चमा पुगेका थिए, त्यसबखत नारा लगाउँदै एक महिलाले मसिको डिब्बा प्रहार गरेकी थिइन् ।

२०१४ को चुनाव र्यालीमा धेरैपटक आक्रमण
२०१४ मा भएको विभिन्न चुनावी र्यालीहरुमा अरविन्द केजरीवालमाथि धेरैपटक आक्रमण भयो । उनिमाथि ढुंगा, अण्डा, लाठीलगायतका सामाग्रीहरुले पटक–पटक आक्रमण भयो । २६ डिसेम्बरमा दिल्लीमा भएको एक र्यालीका क्रममा उनिमाथि थुप्रै अण्डाहरु वर्षाइएको थियो । केजरीवाललाई चुनावी र्यालीको क्रममा एक अटो ड्राईभरले थप्पड हानेको विषय त्यतिखेर चर्चामा आएको थियो ।

सार्वजनिक कार्यक्रममा निक्लने वित्तिकै केजरीवालमाथि अनेकन आक्रमणका प्रयासहरु भइरहेका छन् । भ्रष्टचार र अनियमितताको चर्को विरोधीको रुपमा रहेका केजरीवालमाथि कसले आक्रमण गरेको अहिलेसम्म स्पष्ट त भएको छैन तथापी अहिलेसम्म आक्रमणमा कहिं कतै भाजपा जोडिने गरेको छ । आम आद्मी पार्टी पनि पटक–पटक हुने यस्ता आक्रमणको पछाडि भारतीय जनता पार्टीलाई दोष दिंदै आएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies