Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

धोकेबाज फोरम : राजपालाई ‘लवलेटर’ पठाएर नयाँ शक्तिसँग ‘लगनगाँठो’ !

काठमाडौं । वैशाख २३ गते संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको एकीकरण हुने हल्ला चलेसँगै नेपाली राजनीतिमा नयाँ तरंग आएको छ ।

लामो समयदेखि एकता गर्ने गृहकार्यमा लागेको फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई एकता गर्ने शुभ पलका रूपमा वैशाख २३ गते जुटेको छ । विश्वस्त स्रोतका अनुसार २० गते बाबुराम भट्टराईले नयाँ शक्तिको सचिवालय बैठकबाट एकताको कार्यविधि तय गर्नेछन् र २१ गते बस्ने केन्द्रीय समितिबाट अनुमोदन गराउनेछन् ।

त्यस्तै २१ गते नै फोरमको पनि केन्द्रीय समिति बैठक बोलाइएको छ । दुवै पार्टीले केन्द्रीय तहमा पार्टी एकीकरण गर्ने प्रक्रियालाई टुंगो लगाएर २३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा गर्नेछन् ।
यससँगै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या कम हुनेछ । संसदमा करीब २ तिहाई अंकगणित बोकेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ठूलो दलको रूपमा रहेको छ भने कांग्रेस दोस्रो ठूलो दलको रूपमा रहेको छ ।

संसदमा नेकपा र कांग्रेससँगै राजपा, फोरम, नयाँ शक्ति, राजमो, राप्रपा र नेमकिपाको प्रतिनिधित्व रहेको छ । नयाँ शक्ति र फोरमको एकता भएपछि संघीय संसदमा जम्मा ७ दलको प्रतिनिधत्व हुनेछ । ति मध्ये राजमो, राप्रपा र नेमकिकाका तर्फबाट जम्मा १र१ जना प्रतिनिधि छन् ।

एकता प्रक्रियाका प्रयासहरू

फोरम र नयाँ शक्तिबीच चुनाव अघि नै एकताको प्रयास भएको थियो । तराई–मधेसमा लामो समय सँगै आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध सबै दलहरु एक भएर राष्ट्रिय जनता पार्टी बनाएपछि फोरमलाई नयाँ शक्तिसँग एकता गर्न दबाब परेको थियो ।

मधेशी मोर्चाको गठन भएको भोलिपल्ट विहान नयाँ शक्तिका संयोजक भट्टराई र फोरमका अध्यक्ष यादवले संयुक्त विज्ञप्ति जारी गरी ‘पार्टी एकता संयोजन समिति’ गठन गरेको जनाएका थिए । समितिमा भट्टराई र यादवका साथै फोरम बरिष्ठ नेता अशोक राई पनि समावेश थिए । एकता संयोजन समिति नै गठन गरेपछि त्यतिबेलै दुई पार्टीको एकता हुने ठानिएको थियो ।

तर बिस्तारै पार्टी एकता हुने सम्भावना टर्यो । त्यतिखेर एकीकरणका लागि विधान र घोषणापत्रसमेत तयार भएको थियो तर एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा विवाद हुँदा एकीकरण प्रयास तुहिएको थियो । स्थानीय तहको चुनावमा नयाँ शक्तिले फोरमको चिन्ह लिएर उठेको थियो ।

पछिल्लो समयमा केही साताअघि देखि नयाँ शक्ति र फोरमबीच एकताका लागि आन्तरिक वार्ताहरू चलिरहेका थिए । स्रोतका अनुसार गत चैत २१ गते भट्टराई र यादव गोप्य बैठक बसी पार्टी एकताको निर्णयबाट पछि नहट्ने प्रतिबद्धता गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीको मोडलबाट पार्टी एकीकरण गर्न यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई सहमत भएपछि एकता प्रक्रिया अघि बढेको हो ।

‘स्थानीय तहको चुनाव भन्दा अगाडि नै हुने भनेको एकता नेतृत्व विवादका कारण असफल भएपछि पछिल्लो प्रयासका बारेमा नेतृत्वको मोडालिटीमा धेरै छलफल भयो,’ स्रोतले भन्यो, ‘नेकपाको नेतृत्वको मोडल अनुसार नै पार्टी एकता हुने तयारी भएको छ । तर वरियतामा भट्टराई अगाडि रहने सहमति भएको छ ।’

सर्ने भयो फोरमको महाधिवेशन

हाल सत्ताको साझेदार रहेको संघीय समाजवादी फोरमले स्थानीय तह, प्रदेश सभा, प्रतिनिधिसभा र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । केन्द्रीय महाधिवेशन वैशाखको २८ देखि ३० सम्म जनकपुरमा गर्ने तय गरेको थियो ।

नयाँ शक्तिसँग एकता हुने भएपछि फोरमको महाधिवेशन अलमलमा परेको छ । ‘महाधिवेशन त सार्न सकिन्छ के भो र रु’ फोरमका एक नेताले खबरडबलीसँग भने, ‘पहिलो कुरा एकता हुनुपर्यो ।’ उनले वैशाख २३ गते नै एकता घोषणा हुनेबारेमा अहिल्यै केही बताउन नमिल्ने दाबी गरे ।

मधेशकेन्द्रित फोरमका दुई लाख बढी क्रियाशील सदस्य छन् । तर नयाँ शक्तिसँग एकता भएपछि फोरम मधेशकेन्द्रीत मात्र हुनेछैन । फोरमले गत स्थानीय निर्वाचनमा ५० स्थानमा प्रमुख जितेको थियो । भने प्रदेश सभामा फोरमका ३८ सांसद छन् । फोरमका तर्फबाट प्रतिनिधिसभामा १६ सांसदले प्रतिनिधित्व गरेका छन् भने राष्ट्रिय सभामा दुई जना छन्  ।

अब राष्ट्रिय पार्टी बन्ने तरखरमा

कतिपय राजनीतिक विश्लेषकहरूले फोरम र नयाँ शक्तिबीच एकता भए राष्ट्रिय राजनीतिको समीकरण बदलिने बताउँछन् । मधेशी नेताका छवि बनाएका उपेन्द्र यादवलाई आलोचकहरूले भारतपरस्त नेताका रूपमा लिने गर्दछन तर तत्कालीन एमालेको पृष्ठभूमि भएका यादव माओवादी जनयुद्धपश्चात मधेसकेन्द्रित दलको नेतृत्व गर्न पुगेका थिए । यादव निकटकाले उनलाई स्पष्टवक्ता र मेहेनेती नेता भनेर चिन्ने गर्दछन ।

डाक्टर बाबुराम भट्टराई पनि निरन्तर खट्न सक्ने नेता हुन् । अर्थमन्त्री हुँदा जनताको वाहवाही बटुलेका भट्टराईले कार्यकारीका रूपमा प्रधानमन्त्री हुँदा भने आलोचना कमाए । तत्कालीन माओवादीमा ‘सेकेन्डम्यान’भनेर चिनिने भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेर कम्युनिस्ट इतरको राजनीति शुरू गरेका थिए ।

यादव र भट्टराईबीच कतिपय राजनीतिक धारणाहरू समान छन् । यादव मधेशीका नेता भनेर चिनिएका छन् भने भट्टराईको ुक्रेजु पहाड र मधेश दुवैमा उत्तिकै छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्नेमा दुवैको समान धारणा रहेको छ । दुवैले एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुप दिनेछन् । आगामी चुनावमा देशकै राजनीतिक शक्तिसन्तुलन बदलेर आफूहरू राजनीतिको केन्द्रमा आउने यादव र भट्टराईको प्रमुख उद्देश्य देखिन्छ ।

चिठी राजपालाई, अफेयर नयाँ शक्तिसँग !

६ पार्टी मिलेर बनेको अर्को मधेसकेन्द्रीत दल राष्ट्रिय जनता पार्टीसँग एकताका लागि स्वयं फोरमका अध्यक्ष उपेन्द्र यादव लागिपरेका थिए । एकता गरौँ भनेर उनले राजपालाई गत मङ्सिरमा चिठी पनि पठाए । फोरमले विचार मिल्नेहरूसँग पार्टी एकीकरण गर्न वार्ता समिति बनाएर राजपासँग एकताका लागि पत्र पठाएको थियो तर आन्तरिक विवादमा उल्झिएको राजपाले त्यति महत्त्व दिएन ।

तर सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरेर राष्ट्रिय राजनीतिमा ‘इन्ट्री’ मारे, त्यसपछि झस्किएको राजपाले फोरमको चिठीको जवाफ फर्कायो । राजपाले वार्ता समिति बनाउने तयारी पनि गर्यो तर फोरमले नयाँ शक्तिसँग एकता गर्न लागेको खबर पाएपछि राजपा ुयता न उताु भएको छ ।

दुईसाता अघि राजपाका नेता तथा राष्ट्रिय सभा सदस्य वृशेषचन्द्र लालले पंक्तिकारसँगको अनौपचारिक भेटमा फोरमसँग एकता हुनै नसक्ने बताएका थिए । त्यतिबेला फोरम र नयाँ शक्तिको एकताका लागि भित्रभित्रै वार्ता चलिरहेको थियो । ‘हामीले फोरमलाई एकता गर्ने भए सरकार छोड्नुस भनेका थियौं,’ लालले भनेका थिए, ‘तर उहाँहरू सरकार छाड्न तयार हुनुहुन्न, हामी सरकारलाई दिएको समर्थन त फिर्ता लियौं भने सरकारमा कसरी जाने रु त्यसैले एकता हुन्न ।’

के यादव सरकार छोड्ने मनस्थितिमा छन् ?

स्रोतका अनुसार नयाँ शक्तिका संयोजक भट्टराईले फोरमका अध्यक्ष यादवलाई सरकार छाड्न सुझाव दिएका छन् । तर यादवले सरकार छोड्ने संकेत देखाएका छैनन् । एकता भइहाल्यो भने पनि यादवलाई सरकारमा सामेल भएकै कारणबाट अप्ठेरो पर्नेछैन । किनभने नयाँ शक्तिमा भट्टराई मात्र संघीय सांसद हुन् । पूर्वप्रधानमन्त्री भइसकेका भट्टराई मन्त्री बन्न सरकारमा जाने कुरा भएन ।
बरू निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि भट्टराई जसरी पनि फोरमसँग एकता गर्ने निष्कर्षमा पुगेका थिए । यस अर्थमा भट्टराईलाई सत्तापक्षीय हुनुमा कुनै ग्लानी हुने छैन । सत्तासँग सधैं निकट रहन चाहने र चुनावको बेलामा विद्रोहको नारा लिएर मधेस झर्ने स्वाभावका यादवले अहिल्यै सरकार छोड्न सक्नेमा शंका देखिन्छ ।

यद्यपि नयाँ शक्ति र राजपासँग सँगै एकता हुनुपर्छ भन्ने मत पनि फोरममा बलियो छ । तर राजपासँग एकता गर्दा नेतृत्व विवाद ठूलो देखिने सम्भावना छ । राजपामा ६ जना अध्यक्ष मात्र छन् । यादव सातौँ र भट्टराई आठौँ हुन जाने कुरा सम्भव देखिंदैन । तत्कालका लागि नयाँ शक्तिसँग एकता गरेर पार्टीलाई राष्ट्रिय रुप दिने र आगामी चुनावमा राजपासँग तालमेल गरेर त्रिशंकु संसद बनाउन प्रयास गर्ने दिशातर्फ यादव र भट्टराईले बाटो तय गरेका छन् भन्नेमा दुईमत छैन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies