Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मन भरी-भरी स्वस्तीका

\'मन भरी- भरी स्वस्तीका\' (कविता)
………………..
स्वस्तीका
मैले त भनेकै थिए
जातको रङ हुन्छ हौ
तर तिमीलाई
जगटे शिवजीकै प्रेम महान लाग्यो
हेर त आज
तिमीले पूजा गर्ने तिम्रो शिवजीले
तिम्रो प्राँण लिँदा
तिमीले हजार टुक्रा पारेर छाडेको
बिचरा१यो लिम्बू छापे मुटु
कति दुख्दैछ तिम्रो माया र सम्झनामा...

फूल जस्तै
बिउटिफु लिम्बूनी स्वस्तीका
माथी पुसे मेलामा
मीठो पालाम भन्दै
धान नाच्दा-नाँच्दै थाकेर
एकै छिन बिसाउदा
तिम्रो पाउ छोएर भनेकै थिए-
आरे लिम्बूको छोरा हुँ
सके डाक्टर बनुला
इन्जिनियर बनुला
या त पल्टने बनुला
नसके विदेश जाउला
नत्र हलो जोतेरै भए पनि सुखले पालुँला
तर तिम्रो मनले
खै कहाँ चिन्न सक्यो र
लिम्बू छापे मुटुको सच्चा प्रेम
आखिर शिवजीकै जगटा सुन्दर देख्यौ

हेर त आज
तिमीले पूजा गर्ने तिम्रो शिवजीले
तिम्रो प्राँण लिँदा
तिमीले हजार टुक्रा पारेर छाडेको
बिचरा१यो लिम्बू छापे मुटु
कति दुख्दैछ तिम्रो माया र सम्झनामा...

साम्याङ फूङ जस्तै
आकाशको जून जस्तै
बिउटिफुल लिम्बूनी चेलीहरु
होशियार !
लिम्बू छापे मुटुको मीठो मायालाई चिन है
सुख- दुख जुनी काटने भए
गाँजे शिवजीले धोका दिन सक्छ
स्वस्तीकालाई जस्तै...

स्वस्तीका
जसरी तिमीले
दुनियाँलाई भुलेर एउटालाई प्रेम गर्‍यौ
त्यसरी नै
तिमी एउटाको लागि मरिदिने
हामी लाखौ-लाख छौं
तिमीले अवस्य न्याय पाउने छौ
तिम्रो जीवनमा जे जस्तै भए पनि
मलाई सम्झेर मुस्कुराउनु ल !

कति माया गर्दा-गर्दै पनि
कति प्रेम गर्दा-गर्दै पनि
निष्ठुरी स्वस्तीका
त्यो बेला पनि भुलेर गयौ
अब त झन कहिल्यै नभेटेने गरी टाढा गयौ
यो जुनी यस्तै भयो
अब अर्को जुनीमा
अवस्य आफ्नो चिनेर प्रेम गर्नु ल !
नपत्याए माथी आकाश बाट
बादलुको पर्दा उघारेर हेर त
तिमीले हजार टुक्रा पारेर छाडेको
बिचरा१यो लिम्बू छापे मुटु
कति दुख्दैछ तिम्रो माया र सम्झनामा...

नोट:- यो कविता,स्वर्गिय स्वस्तीका लिङ्देन लिम्बू प्रती समर्पित काल्पनीक पात्राङ्कित कविता हो।
- कुङ्बा कान्छा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies