Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

संसारका सबैभन्दा धनी व्यक्ति, जसले सम्बन्धविच्छेदका लागि ३८ खर्ब तिर्न राजी

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ।

सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ।

पारपाचुकेपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर हुनेछ।

तर उनको वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग कुनै सम्बन्ध रहनेछैन।

उनीहरूबीच २५ वर्ष वैवाहिक सम्बन्ध थियो।

यो अहिलेसम्म पारपाचुकेका लागि गरिएको सबैभन्दा महँगो सहमति हो। यसअघि सबैभन्दा महँगो पारपाचुके कलाव्यापारी एलेक विन्डेन्स्टेन र उनकी पत्नी जोस्लिनबीच भएको ३.८ बिलियन डलरको (लगभग चार खर्ब २० अर्ब नेपाली रुपैयाँ) थियो।

मक्केन्जीले सहमतिबारे आफ्नो पहिलो र अहिलेसम्मको एकमात्र ट्वीटमा जानकारी दिएकी हुन्।

उनले आफू एकअर्काको सहयोगमा जेफसँगको विवाहलाई भङ्ग गर्ने प्रक्रिया सकिएकोमा कृतज्ञ भएको बताएकी छन्।

जेफ बेजोससँग एमेजनको १६.३ प्रतिशत सेयर थियो जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र मक्केन्जीले आफ्नो शेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन्।

सन् १९९४ मा जेफले एमेजन स्थापना गर्नुअगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कर्मचारीमध्येकी थिइन्।

अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ।

सन् २०१८ मा एमेजनले २.३ खर्ब डलरको समान बेचेको थियो।

सफल लेखिका ४८ वर्षीय मक्केन्जी सन् २००५ मा द टेस्टिङ अफ लुथर अल्ब्राइट तथा सन् २०१३ मा ट्र्याप्स नामक उपन्यास लेखेकी छन्।

पुलिट्जर पुरस्कार प्राप्त गरेकी लेखिका टोनी मोरिसनबाट सिर्जनाल्मक लेखनको पढाइ पूरा गरेकी मक्केन्जीलाई मोरिसनले आफ्नो उत्कृष्टमध्येकी विद्यार्थी रहेको बताएकी थिइन्।

अमेरिकी सञ्चारमाध्यमहरूले जेफको फक्स टीभीकी एक सञ्चालिका लरेन सान्चेजसँग प्रेमपूर्ण सम्बन्ध रहेको समाचार प्रकाशित गरेका छन्।

सान्चेससँगको व्यक्तिगत सन्देशहरू प्रकाशित गर्दै एक पत्रिकाले जेफको विवाहेतर सम्बन्धको समाचार लेखेपछि उनीहरूले जेनुअरीमा ट्विटरमार्फत् एउटा संयुक्त वक्तव्य प्रकाशित गर्दै आफूहरूले सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिएका थिए। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies