Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गण्डकी प्रदेशको उद्धरणिय काम : प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

गलेश्वर । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ ।

यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो ।

मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई रु १५ हजार बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण गरेका छन् ।

मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महीनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताए । “छात्रा महीनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाउने गरेका छौँ, महीनावारीको समयमा कुनै पनि छात्राको एसइई परीक्षा प्रभावित नहोस् भन्नका लागि सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौँ”, अर्यालले भनिन् ।

एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ । म्याग्दीमा दुई हजार २४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार १११ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीलाई रु १५ हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।

शैक्षिक सामग्री सहयोग

म्याग्दीको एक लायन्स क्लबले दुर्गम विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

बेनीमा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मङ्गला गाउँपालिका–३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरेको हो । शनिबार एक कार्यक्रममा जनप्रिय आधारभूत विद्यालय खर्क र महेन्द्ररत्न माध्यमिक विद्यालयका गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई सो सहयोग प्रदान गरिएको हो ।

लायन्स क्लब र महेन्द्ररत्न मावि बरंजा छात्रवृति अक्षकोषको संयुक्त आर्थिक सहयोगमा महेन्द्र रत्न मावि कक्षा ११ मा अध्ययनरत् ६ जनालाई प्रति विद्यार्थी पाँच हजार र एक जनालाई १० हजार गरी ४० हजार छात्रवृत्ति प्रदान गरिएको छ ।

लायन्स क्लबले जनप्रिय मावि र महेन्द्र रत्न माविका ६ जना विद्यार्थीलाई एक वर्षका लागिप्रति विद्यार्थी ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । ती विद्यार्थीलाई एक वर्षका लागि कापी, कलम, झोला तथा प्रति विद्यार्थी एक जोर कपडा प्रदान गरिएको हो ।

आँखा शिविर

म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजार ६०० बढी आँखाका बिरामी लाभान्वित भएका छन् ।

शिविरमा ८२ जना मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । ‘हामी नेपाली’ काठमाण्डौँको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँको प्राविधिक सहयोग, बेनीका विभिन्न लायन्स क्लब, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र आर्ट फाउण्डेसन काठमाण्डौँको व्यवस्थापनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा उपचार हुन नसकेका ९ जना जटिल बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा सिफारिस गरिएको शिविरका संयोजक एवं नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा कल्याण ढुङ्गानाले जानकारी दिनुभयो ।

शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माको नेतृत्वमा १० चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा आएका धेरै जसो बिरामीको दृष्टि दोष ९धेरै टाढा वा नजिक०को समस्या रहेको र उनीहरूलाई चस्मा लगाउन आवश्यक देखिएको शिविरका प्रमुख चिकित्सक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माले बताउनुभयो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies