Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मगर जातिको हुर्रा नाच संरक्षणको अभियानमा मगरयुवाहरु

गाईघाट।
वारी है, खोला नी हौ पारी है खोला
बिचैमा दोभान हौ देशै रमाइलो
हासेर नी हौँ पनि, बोलेर नी हौँ
बिताउन जोवन, लङ्घा मजुले

पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ, सङ्खुवासभा क्षेत्रमा बसोबास गर्ने अधिकांश मगर जातिमा लोकप्रिय नृत्यको रुपमा हुर्रा नाच महत्वपूर्ण संस्कृतिको रुपमा रहँदै आएको छ ।

मुख्य गरेर धनकुट्टा तथा मोरङको ज्यामिरे, बुधबारे, केराबारी तथा पथरी, लेटाङ क्षेत्रका मगरमा लोकप्रिय रहेको हुर्रा नृत्य पन्ध्र वर्षदेखि उदयपुरमा पनि भित्रिन पुगेपछि यतिखेर उदयपुरका मगरजातीहरु हुर्रा नाचको संरक्षण तथा प्रचारप्रसारको अभियानमा जुटेको जिल्लाका मगरयुवाहरु बताउँछन् ।

जिल्ला मगर सङ्घ उदयपुरका अध्यक्ष भक्तबहादुर बुर्जामगरका अनुसार २०६० सालमा पहिलो पटक उदयपुरमा पूर्वेली मगरमाझ लोकप्रिय रहेको हुर्रानाच उदयपुरको मुर्कचीमा भित्रिएपछि त्यहाँ पनि यो लोकप्रिय बन्दै गएको हो ।

अहिले हुर्रा नृत्य उदयपुरको मुर्कची, जिल्लाको सदरमुकाम गाईघाट, साउने, खाँबु, बासबोटे, कटारी, सिद्धिपुर, पाँबु, नामेटार, रामेटार, रौता मलबासे क्षेत्रमा व्यापक लोकप्रिय बन्दै गएपछि मगरका विभिन्न सङ्घसंस्था तथा युवा यसको संरक्षण अभियानमा लागेको कुरा जिल्ला मगर सङ्घका प्रतिनिधि बताउँछन् ।

जिल्ला मगर सांस्कृतिक सङ्घ उदयपुरका अध्यक्ष दलबहादुर मगरका अनुसार हुर्रा नाच पूर्वेली मगरको पहिचना भएका कारण उदयपुरमा पनि यसको संरक्षण अभियानमा आफूहरु जुटेको बताए ।

उनले भने, “नेपालका पस्श्चिमे मगरहरु कौडा नृत्यले चिनिन्छन् भने पूर्बेली मगर हुर्रानाच र सोरठी नाचले चिनिन्छन्, यसमा पनि हुर्रानाच पन्ध्र वर्ष अगाडिमात्र उदयपुरमा भित्रिएकाले यसको संरक्षणमा सङ्घ अहिले लागिपरेको छ ।”

मगर समुदायका बाहुल्य रहेका उदयपुरका विभिन्न स्थानीय तहमा सङ्घले हुर्रानाच संरक्षण र प्रचारप्रसार अभियानलाई तीव्रता दिदैँ आएको अध्यक्ष मगरले बताए । विशेषगरी माघेसङ्क्रान्ति पर्वलगायत विवाह, मगरजातिका धार्मिक तथा सांस्कृतिक कार्य, पास्नी, छेवर व्रतबन्धआदिमा हुर्रानृत्य प्रदर्शन गर्ने गर्छन् ।

नेपाल आदिवासी तथा जनजाति महासङ्घ उदयपुरका अध्यक्ष तथा विज्ञ केशव खपाङ्गी मगरका अनुसार हुर्रानाच पूर्वको धनकुटा मुढेवासबाट उत्पति भई प्रचलनमा आएको छ । विसं १८३० दशकतिर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोर्खाली मगर फौज प्रयोग गरेर पूर्वी क्षेत्र एकीकरण गरेपछि धनकुटाको मुढेवासमा मगरफौजलाई बसोबास गराएका थिए । त्यसैवेला देखि हुर्रानाचको शुरुवात भएको अध्यक्ष मगरले बताए । मगर भाषामा हुर्र भनेको कोदाली भएका कारण दिनभर मुढेवासका मगरले कोदाली खन्ने र खेतीपाती गर्ने तथा बेलुकी गलेपछि कोदाली बिसाएर हुर्रानाच गर्ने वा कोदाली बिसाएर गीत गाउने र नृत्य गर्ने प्रचलनको शुरु भएपछि पूर्वको धनकुटास्थित मुढेवासबाट पहिलो पटक हुर्रानाचको प्रारम्भ भएको उनले बताए ।

त्यसपछि धनुकेटेली मगर मोरङको केराबारी, भलुवा, पथरीतिर बसाइँ सर्ने क्रमसँगै हुर्रानाच अहिले मोरङ क्षेत्रमा पनि यो नृत्य विस्तार भएको छ । विसं २०६० मा पहिलोपटक जिल्ला मगरसङ्घ उदयपुरको आयोजनामा माघेसङ्क्रान्तिमा उदयपुर जिल्लाको रौताको मुर्कचीमा यो हुर्रा नाचको आयोजना गरिएको जिल्ला मगर सङ्घका जिल्ला सदस्य ईश्वर रानामगरले बताउछन् ।

त्यसपछि जिल्ला मगर सङ्घको नेतृत्व र अगुवाइमा नै प्रत्येक वर्षको माघेसङ्क्रान्तिसहित विभिन्न मगर जातिको सांस्कृतिक पर्व, धार्मिक पर्वसहित विवाह पास्नी छेवरमा समेत अहिले हुर्रानृत्य आयोजना गरिने गरेको रानामगरले बताए ।

मुख्य गरेर मगर युवा तथा युवतीले आ–आफ्नो वेषभूषा र जातीय पहिरनमा रहेर मादल, झ्यालीसहित बाध्य बादनमा सामूहिक नृत्य गरिने नृत्य नै हुर्रानृत्यको रुपमा रहेको रौतामुर्कुची उच्चमाविका प्राचार्य खड्ग थापामगरले बताए ।

हुर्रा नाचमा मगर युवा तथा युवतीबीच संयोगान्त वा वियोगान्त रसमा आधारित मायापिरतीका कुरा जोडेर गीत बनाई सामूहिक रुपमा यो नृत्य गर्ने गरिएको तथा यो नृत्य आधा घण्टा एक घण्टा हुँदै दिनभर वा रातभरसमेत लामो समयसम्म नृत्य गर्न सकिने प्राचार्य थापामगर बताउछन् ।

यस्ता भाकाले आफ्नो देश रमाइलो भएको र मगर भाषामा लङ्घामजुले भनेको आफ्नै गाउँ रमाइलो हुन्छ भनेर गाउँघर रमाइलो भन्दै गीत गाएर सामूहिक नृत्य गरिने नृत्य नै हुर्रा नृत्य भएका प्राचार्य खड्ग थापामगर बताउछन्।

जिल्ला मगर संस्कृतिक सङ्घले अहिले उदयपुर जिल्लाका मगर जातिमा हुर्रानृत्य संरक्षण र प्रचारप्रसार अभियानमा जोड दिन थालेपछि यो नृत्य सामान्य विवाह, व्रतबन्ध, पास्नीदेखि माघेसङ्क्रान्ति तथा विभिन्न दशैँ, तिहारजस्ता धार्मिक पर्वमा समेत हुर्रानृत्य प्रस्तुत र आयोजना हुने गरेको मगर सङ्घका प्रतिनिधि बताउँछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies