Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चालकमा उच्च रक्तचाप नै सवारी दुर्घटनाका मुख्य कारण

बलेवा । अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारीसाधनका चालकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालकमा उच्च रक्तचापको समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी कोइरालाले बताए ।

\'चालकमा देखिएको स्वास्थ्य समस्याका कारण सडक दुर्घटना हुन सक्छ\', उनले भने, \'उच्च रक्तचाप भएको चालकलाई अस्पताल जान अनुरोध गर्नेबाहेक कुनै पनि कारवाही गर्ने अधिकार प्रहरीसँग छैन् ।\'

\'एक चालकको रक्तचाप देखेर हामी डरायौँ”, सूचना अधिकारी कोइरालाले भने, त्यति धेरै रक्तचाप भएको चालकको जुनसुकै बेला आँखा तिरमिराउने चिकित्सक भन्दै थिए, तर हामीले रोक्न सकेनौँ ।\'

प्रहरीले स्वास्थ्यकर्मीको सहायतामा मुटुको चाल, रक्तचाप, आँखाको समस्यालगायतको परीक्षण गर्ने गरेको छ । परीक्षणका क्रममा समस्या देखिएका चालकलाई तत्काल अस्पताल जानका लागि आग्रह गर्ने गरेको भए पनि बेवास्ता गर्ने गरेको कोइरालाले बताए । प्रत्येक महीना स्वास्थ्य जाँच गर्ने योजना बनाएको प्रहरीले धवलागिरी अञ्चल अस्पतालका चिकित्सकको सहयोगमा सावरी चालकको जाँच गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसहित धवलागिरि अञ्चल अस्पताल बागलुङ, यातयात व्यवसायी र नेपाल प्रहरीको टोलीले सडकमै चालकको स्वास्थ्य परीक्षण गरेका थिए । जाँचका क्रममा बस, ट्रक, जिप, माइक्रोबसलगायतका ७१ सार्वजनिक सवारीसाधन चालकको आँखा र रक्तचाप परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १२ चालकको उच्च रक्तचाप भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शुकबहादुर विकले बताए ।

पहिलो पटक गरिएको परीक्षणमा कति सहभागी भए र कतिमा के–कस्ता समस्या थिए भन्ने विषयमा प्रहरीसँग कुनै पनि जानकारी छैन । यो पटक भने सबैको तथ्याङ्क राखेर समस्या भएका चालकलाई निगरानीमा राख्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको कोइरालाले बताए । \'हामीले दुर्घटना कम गर्न अभियान चलाएका हौँ\', कोइरालाले भने, \'व्यवसायीसँग छलफल गरेर तत्काल समस्या देखिएका चालकलाई उपचार गर्ने वा सवारी चलाउन रोक लगाउने काम गर्छौँ ।\'

\'अनुमतिपत्र लिएर काम गरिरहेका चालकलाई सवारी चालक अनुमतिपत्र हेर्नेबाहेक अरु काम हाम्रो जिम्मेवारीमा पर्दैन\', कोइरालाले भने, \'लाइसेन्स दिने वा नवीकरण गर्ने निकायले चालकको स्वास्थ्य अवस्था जाँच गरेर मात्रै दिनुपर्छ ।\' सानासाना कमजोरीका कारण पनि ठूला दुर्घटना हुने गरेको भन्दै कोइरालाले चालकमा हुने आँखाको कमजोरी र रक्तचापको समस्या दुर्घटनाको कारण हुनसक्ने बताए । चालकमा देखिएको स्वास्थ्य समस्याका विषयमा आम नागरिक समाजले समेत आवाज उठाउनुपर्ने भन्दै उनले त्यसका लागि पहल थालिने बताए ।

सहकारीले फोहर नउठाउने

बागलुङबजारको फोहर व्यवस्थापन गर्दै आएको धवलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले नगरपालिकाले सम्झौता नवीकरण नगरे फोहर उठाउने काम रोक्ने भएको छ । गत असार मासान्तमै नवीकरण हुनुपर्ने सम्झौता हालसम्म नवीकरण नभएको भन्दै सहकारीले फोहर उठाउन रोक्ने जनाएको हो ।

विसं २०७८ सम्म फोहर व्यवस्थापन गर्ने जिम्मेवारीसहितको सम्झौता भए पनि वर्ष÷वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । सम्झौता नवीकरणका लागि सहकारीले आगामी फागुन २५ गतेसम्मको समय दिएको र उक्त मितिसम्म पनि सम्झौता नवीकरण नभए फोहर उठाउन रोकिने सहकारीका सल्लाहकार पद्मचन्द्र राजभण्डारीले बताए ।

नगरपालिकाले बाटो नफुकाएका कारण फोहर व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । सहकारीले बागलुङ नगरपालिकाको वडा नं १ देखि ४ नं वडाका करीब चार हजारभन्दा बढी घरका फोहरमैलालाई व्यवस्थापन गर्ने काम गर्दै आएको छ । एउटा मात्रै गाडी भएका कारण फोहर व्यवस्थापनमा समस्या भएको जानकारी गराउँदासमेत नगरपालिकाले बेवास्ता गरेको सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies