Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

समस्यामा परेका नेपालीको हितमा काम गर्नु पहिलो दायित्व- राजदूत ढकाल

बनेपा । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छन् ।

राजदूतमा नियुक्त भएपछि काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिकाले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, \'सबै काममा आत्मीयता र हार्दिकताका साथ काम गर्नु नै सबैभन्दा ठूलो गुण हो, त्यसैले समस्यामा परेका नेपालीलाई आत्मीयताका साथ सेवा गर्ने मेरो पहिलो कर्तव्य हुनेछ ।\'
राजदूत ढकालले युएई नेपालको तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएकाले त्योसँग आर्थिक कूटनीतिका लागि ठूलो सम्भावना भएको उल्लेख गर्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने बताए ।

\'हामीले युएईतर्फ तरकारी, फलफूल, पानी र हर्टिकल्चर लगायतका कृषिजन्य बस्तु निर्यात गर्न सक्छौं,\' उनले भने, \'त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर निर्यात प्रवद्र्धनमा जोड दिन आफ्नो प्रयास रहन्छ ।\'

राजदूत ढकालले नेपालमा लगानी भित्रियाउन त्यहाँका उद्योगी व्यवसायीसँग समन्वय र सहकार्य गर्ने उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि आफूले पहल गर्ने धारणा व्यक्त गरे ।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले नगरका बासिन्दा भएका नाताले राजदूत भएकोमा गौरवको विषय भएको उल्लेख गर्दै उनका कार्यकालको पूर्ण सफलताको कामना गरे ।

काभ्रेपलाञ्चोक जिल्लाबाट राजदूत हुनेमा ढकाल दोस्रो व्यक्तित्व हुन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies