Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गाउँपालिकाले एक वडा एक पहिचान स्थापित गर्दै

गलकोट। बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी पाँच वर्षभित्र ‘एक वडा एक पहिचान’ स्थापित गर्ने भएको छ । गाउँपालिकाका सबै वडामा छुट्टाछुट्टै पहिचान स्थापित गरेर नमूना गाउँपालिकाका रुपमा विकास गर्न ‘एक वडा एक पहिचान’ कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आव २०७५÷७६ को नीति तथा कार्यक्रममा एक वडा एक पहिचान स्थापित गर्ने गरी गाउँपालिकाका आठै ओटा वडालाई भौगोलिक, सांस्कृतिक तथा उत्पादनका हिसाबले वर्गीकरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । \'प्रत्येक वडामा फरकफरक पहिचान स्थापित गर्ने गरी कार्यक्रम ल्याएका हौँ,\' थापाले भने, \'गाउँपालिकाले गरेको वर्गीकरणका आधारमा वडाले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ ।\'

गाउँपालिकाले वडा नं १ लाई हाटबजार विस्तार, वडा नं २ लाई पर्यटन तथा जडीबुटी, वडा नं ३ लाई आलुको पकेट क्षेत्र, वडा नं ४ लाई सांस्कृतिक सङ्ग्रहालय, वडा नं ५ लाई धार्मिक पर्यटन, वडा नं ६ लाई सुन्तलाको पकेट क्षेत्र, वडा नं ७ लाई खेलकूद र वडा नं ८ लाई हाते कागज तथा स्तुपाको पहिचानका रुपमा स्थापित गर्ने भएको छ ।

वडाहरुले आधारभूत आवश्यकतासँगै गाउँपालिकाले स्थापना गर्न खोजेको पहिचानलाई समेत ध्यानमा राखेर विकास गर्नका लागि यस्तो योजना ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले बताए । विश्वकर्माले गाउँपालिकाले आगामी वर्षदेखि बजेट विनयोजन गर्दा पहिचानलाई प्रमुख प्राथमिकतामा राख्ने बताए ।

सबै वडामा सबैको विकास सम्भव नभएका कारण एक वडालाई एउटा क्षेत्रमा पहिचान स्थापित गर्दा गाउँपालिकालाई समृद्धि गाउँपालिकाका रुपमा विकास गर्न सकिने वडा नं ७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए । सडक, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतासँगै वर्गीकरण गरेको वडाको पहिचानलाई ध्यानमा राखेर अगाडि बढ्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

गाउँपालिकाको जुन वडामा जे सम्भावना छ त्यसैलाई अध्ययन गरी पहिचानका आधारमा स्थापित गर्नेगरी गाउँपालिका लागेको हो । पहिचान स्थापित भएको खण्डमा गाउँपालिमा पर्यटन, कृषि तथा अन्य क्षेत्रको विकासमा टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies