Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मरणोपरान्त अङ्ग दानको अभियानमा सहयोग पुर्याउन मन्त्री यादवको आग्रह

चितवन। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दानको अभियानमा सहयोग पु¥याउन सबैलाई आह्वान गरेका छन् ।

नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको मरणोपरान्त अङ्ग दानको सामाजिक अभियानको शुभारम्भ गर्दै अङ्ग दान महादान रहेको उल्लेख गरे ।

अङ्ग दान सबैलाई गर्न आग्रह गर्दै उनले यस अभियानले धेरैको ज्यान बचाउन सकिने बताए । उनले भने, “यस महान् कार्यमा हामी सबै लागौँ अभियानकै रुपमा लागौँ ।” नेपालमा उत्पादन हुने औषधिमा गुणस्तरीयता सुनिश्चितता गर्न आग्रह गर्दै मन्त्री यादवले यहाँ उत्पादन हुने औषधि निर्यात नहुने गरी नीति बन्न लागेको बताए । उनले जति औषधि नेपालमा बन्दैन ती मात्र आयात गर्ने गरी नीति बन्ने स्पष्ट पारे ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासङ्घको संञ्जालमार्फत अङ्ग दानका विषयमा देशव्यापीरुपमा जनचेतना फैलाउन सहयोग गर्ने बताए । उनले नेपालको औषधि लेख्न चिकित्सकलाई आग्रह गर्दै उपचार पनि नेपालमा नै गर्न सबैलाई अनुरोध गरे । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले गत वर्ष पाँच हजार मानिसको सडक दुर्घटनामा निधन भएको भन्दै ती सबैको अङ्ग प्रत्यारोपण गर्नसकेमा मात्र पनि अङ्ग सञ्चालन नभएका कारण अकालमा ज्यान जानबाट धेरैलाई जोगाउन सकिने बताए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मन, बचन र कर्मले अङ्ग दानमा सहयोग गर्न आग्रह गरे। कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक जना मस्तिक मृत्यु भएका व्यक्तिले आठ जना बचाउन सक्ने बताए । उनले मुटु, कलेजो, आमाशय, सानो आन्द्रा, फोक्सो र मिर्गौला दान गरेर अरुको जीवन बचाउन सकिने बताए । प्रत्यारोपण केन्द्रले छ वर्षमा ५८० जनाको अङ्ग प्रत्यारोपण गरेको बताउँदै उहाँले वर्षेनि करोडौँ रुपैयाँ अङ्ग प्रत्यारोपणका लागि विदेशिएको उल्लेख गरे ।

सो अवसरमा औषधि उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहाल र महासचिव प्रज्वलजङ्ग पाण्डेले सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घले सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ का अवसरमा अङ्ग दान कार्यक्रमको आयोजना गरिएको बताए । उनीहरुले विश्वमा प्रतिष्पर्धा हुने गरी गुणस्तरीय औषधि उत्पादन गर्न नेपालीसक्षम रहेको बताए । एक्स्पो शुक्रबारबाट शुरु भएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies