Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भविष्य निर्माण माविमा दश लाखको अक्षयकोष स्थापना

पोखरा। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा चासो बढिरहेको अवस्थामा पोखरा–२१ स्थित भविष्य निर्माण माविमा शिक्षासेवीबाट रु नौ लाख ५३ हजार ८३० को अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्ययनरत गरीब एवं जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गरी पढाइमा सहयोग पु¥याउने उद्देश्यले स्थानीयवासीबाट उक्त अक्षयकोष स्थापना भएको हो । विद्यालयको आइतबार सम्पन्न ६६ औँ वार्षिकोत्सव समारोहमा विभिन्न सात महानुभावबाट एकै दिनमा रु चार लाख ३९ हजार २३० बराबरको अक्षयकोष स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए । विद्यालयमा यसै क्षेत्रबाट निर्वाचित एवं नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीले बुबा इन्द्रप्रसाद अधिकारीको नाममा आप्mनो व्यक्तिगत रु एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष भुजेलका अनुसार श्रीबहादुर रानाभाटले आप्mना बुबा चेतबहादुर रानाभाटको स्मृतिमा रु एक लाख ११ हजार १११, खड्कराज आचार्य र छोरा डा सिपी र दिपेन्द्र आचार्यले छोरी राधाकुमारी आचार्यको स्मृतिमा रु ५५ हजार ५५५, स्व बुबा भोलानाथ सुवेदीको स्मृतिमा छोरा नारायण ९तोरण० र नवराज सुवेदीले ५३ हजारको अक्षयकोष स्थापना गरेका छन् । त्यस्तै स्व बुबा जयबहादुर खत्रीको स्मृतिमा छोराबुहारी इन्द्रबहादुर र मिठुबाट रु ५० हजार, कृस्ति पोखरा मिलन बचत तथा ऋण सहकारी संस्थाबाट रु ५१ हजार, विद्यालयका संस्थापक स्व टेकबहादुर रानाभाटको स्मृतिमा उनका छोरा रमेशले रु १५ हजार ५५५, स्व पति हरिबहादुर ढकालको स्मृतिमा श्रीमती सिनाले रु ५० हजार नौको अक्षयकोष स्थापना गरिएको उहाँले जानकारी दिए । पोखरा–१७ राष्ट्र बैंक चोक निवासी तुुलबहादुर गुरुङ र उहाँकी श्रीमती आशकुमारीले आप्mना स्व बुबा लालबहादुरको स्मृतिमा रु दुई लाख २० हजार, नारायण रानाभाटबाट बुबा बलबहादुरको स्मृतिमा रु ४० हजार १००, नरेन्द्र रानाभाटले बुबा टेकबहादुरको स्मृतिमा रु २२ हजार, पोखरा–१७ निवासी इन्द्रबहादुर र सुशीला थापाबाट स्व नरबहादुरको स्मृतिमा रु २५ हजारको अक्षयकोष स्थापना भएको अध्यक्ष भुजेलले बताउनुभयो । त्यस्तै खगराज आचार्यले रु ५० हजारको कला र सहित्य अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयका लेखापाल फणिन्द्र थापाका अनुसार चन्द्रबहादुर थापा स्मृति अक्षयकोषमा रु १० हजार, हिराबहादुर कुँवरबाट रु १० हजार, रम्वी खत्रीले स्व पति तेजबहादुर खत्रीको स्मृतिमा रु १५ हजार, झपटबहादुर रानाभाटले बुबाआमा तिलकबहादुर र लीलामायाको स्मृतिमा रु १५ हजार सहयोग गरेका छन्। त्यसैगरी तेजबहादुर खत्रीको स्मृतिमा उहाँका श्रीमतीद्वय राधाकुमारी र कृष्णकुमारी खत्रीबाट रु १० हजार ५००, धनबहादुर कार्कीबाट रु २० हजार, आमा मीनुदेवी खत्रीको स्मृतिमा छोरी सीता कार्कीले रु १० हजारको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषदातालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले वार्षिकोत्सवका अवसरमा आइतबार दोसल्ला र सम्मानपत्रले सम्मान गरे । विसं २००५ मा भाषा पाठशालाका रूपमा स्थापित एवं विसं २००९ मा वैधानिकता प्राप्त गरेको उक्त विद्यालयमा हाल ४०० विद्यार्थी र २१ शिक्षकशिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार विद्यालयमा हालसम्म कक्षा नर्सरीदेखि आठसम्म अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको छ भने अर्को वर्षदेखि कक्षा ९ सम्म विस्तार गरिने तयारी भइरहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies