Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरकार विकासको जग बसाल्न सफल भयो – मुख्यमन्त्री गुरुङ

दमौली। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षको अवधिमा प्रदेश सरकार विकासको जग बसाल्न सफल भएको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको आयोजनामा आजदेखि शुरु श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञको उद्घाटन गर्दै उहाँले शून्य अवस्थाबाट प्रदेश सरकार सञ्चालन भएकाले काममा ढिलाइ भए पनि यसबीचमा विकासको जग तयार गर्नसफल भएको बताए । उहाँले विकास निर्माणका काममा ढिलाइ भएको स्वीकार गर्दै अबका वर्षमा विकासले गति लिने विश्वास दिलाए । कानून निर्माणमा ढिलाइ भएकाले प्रदेश सरकारले सोचेजति काम गर्न नसके पनि आशालाग्दा काम सरकारले शुरु गरेको मुख्यमन्त्री गुरुङले बताए। अबका चार वर्षभित्र प्रदेश समृद्धिको बाटोमा अघि बढ्ने उल्लेख गर्दै उहाँले जनताले अनुभूति गर्ने खालका विकासका काम सञ्चालन हुने जानकारी गराए । उहाँले शिक्षामा निजी क्षेत्रको प्रवेशले शिक्षा नै विभाजित भएकाले शिक्षामा भएको असमानता र विभेद हटाउन आवश्यक रहेको बताए । नेपालका शैक्षिक सङ्घसंस्था बेरोजगार उत्पादन गर्ने केन्द्र बनेकाले अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य आशा कोइराला, रोशन गाहामगर, डोवाटे विक, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, प्रदेशका मुख्यसचिव लक्ष्मीराम पौडेललगायतले सामुदायिक विद्यालयको उन्नतिका लागि समुदायको भूमिका महत्वपूर्ण हुने बताए । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित शुरु भएको महायज्ञ यही फागुन १९ गतेसम्म सञ्चालन हुने विद्यालयका अध्यक्ष विजयराज खनालले जानकारी दिए । उनका अनुसार महायज्ञमा करीब रु पाँच करोड दान सङ्कलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञमा श्री बालयोगेश्वर महाराजले कथावाचन गर्नेछन् । महायज्ञमा विवाह, व्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्तीलगायतका कार्यक्रम सञ्चालन हुने विद्यालयले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies