Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जुम्लाका स्याउ किसानलाई बीमा कम्पनीद्वारा क्षतिपूर्ति

खलङ्गा। मौसममा आधारित स्याउखेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाद्वारा आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । पाताराशि, गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ७१६ जना किसानले क्षतिपूर्ति पाएका हुन् । मौसमी स्याउ असिना र सुक्खा खडरीले क्षति पु¥याएकाले बीमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश इञ्चार्ज ऋषिराम पाण्डले बताए । एउटा बिरुवाको ४२ रुपैयाँमा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको पाण्डेले बताए । वैशाखदेखि चैत १५ सम्म किसानले बीमा गराइसक्नु पर्ने भन्दै उनले मौसमी स्याउ बीमा गरेकामा खडेरी, असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराउँदै आएको उनको भनाइ छ । मौसम सूचकाङ्कका आधारमा जुम्लामा स्याउ किसानले बीमा रकमको भुक्तानी पाएका हुन् । स्याउको बीमासँगै जीवन बीमा पनि गर्न थालिएको एक सय रुपैयाँले एक लाख रुपैयाँसम्मको बीमा गर्न सकिने पाण्डेले बताए । स्याउ बगैँचामा काम गर्न जाँदा चोटपटक लागेमा ७५ प्रतिशत र मृत्यु भएमा एक लाख रुपैयाँ दिने नीति शिखरले ल्याएको उनले जानकारी गराए । खरानीको अवस्था हरेर ६० मिलिलिटरभन्दा कम पानी परेमा किसानले क्षतिपूर्ति नपाउने भन्दै उनले त्योभन्दा कम पानी परेमा प्रतिबिरुवा रु दुई हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको बताए । यस वर्ष चन्दननाथ नगरपालिका, तातोपानी, गुठीचौर र सिञ्जा गाउँपालिकामा ७० प्रतिशतको दरले क्षतिपूर्ति दिएको छ भने पातारासी गाउँपालिकामा सबैभन्दा बढी असिनाले क्षति गरेकाले त्यहाँका किसानलाई ९० प्रतिशत क्षतिपूर्ति स्याउ किसानलाई दिएको पाण्डेले बताए । फागुन महीनाको पहिलो हप्तासम्म बीमा गरेका सबै किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । कार्यक्रमस्थलमै क्षतिपूर्तिको चेक पाउँदा किसान खुशी भएका छन् । स्याउको बीमा गर्दा एक बोट बराबर रु ४२ तिर्न हामी निकै तर्सिएका थियौँ, तर आज क्षतिपूर्ति पाउनु हाम्रा लागि निकै खुशीको कुरा भएको किसान देवी सेजुवालले बताए । उनले एक लाख २६ हजार बराबरको क्षतिपूर्ति पाएका छन् । जुम्लाका स्याउ किसानलाई बीमा कम्पनीद्वारा क्षतिपूर्ति प्रदान हुनुले धेरै राहत मिलेको उनले बताए । चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवालले स्याउखेतीबाट क्षति बेहोर्नुपरेका किसानलाई राहत पुगेको बताउनुभयो । किसानलाई उहाँले बीमा गर्न आग्रह गर्नुभएको छ । स्याउखेती गरेका किसानलाई पानी र सिँचाइमा ध्यान दिनुपर्ने सेजुवालको सुझाव छ । वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले स्याउ बीमा गरेका किसानले रकम पाउनुमा किसानलाई बीमाप्रति राम्रो सोच रहेको र काम गर्न थप हौसला प्रदान भएको बताए । किसानलाई उत्साहित गर्ने काम शिखरले गरेको भन्दै उनले आफ्नो स्याउ फारमलाई अझै विस्तार गरी सबै बिरुवाको बीमा गरिने बताए । बगैँचा व्यवस्थापन सीप सिक्दै स्याउका बिरुवा काटछाँट तथा बगैँचा व्यवस्थापन गर्ने समय शुरु भएपछि कृषकलाई दुईदिने तालीम दिइएको छ । वल्र्डभिजन नामक संस्थाको सहयोग तथा कास्डा जुम्ला र तिला गाउँपालिकाको समन्वयमा कृषकलाई स्याउ बगैँचा व्यवस्थापन तथा काटछाँटसम्बन्धी तालीम दिएको हो । जिल्लामा रहेका २१८ बस्तीमा बसोबास गर्ने २० हजार घरधुरीमध्ये १६ हजार घरधुरीले स्याउका बिरुवा लगाएका छन् । तिला गाउँपालिकाका राँसा, सुडी, रिपी, खोप्री र पुरु गाउँका २५ जना स्याउ उत्पादक कृषकलाई तालीम दिएको हो । बगैँचा व्यवस्थापन तालीमको सहजीकरण तिला गाउँपालिकाका कृषि शाखा प्रमुख हिक्मतराज गिरीले गरेका हुन् । कृषकलाई कसरी स्याउ काटछाँट गर्ने, बोडोपेस्ट कसरी लगाउने जस्ता सीप सिकाइएको शाखा प्रमुख गिरीले बताए । बिरुवालाई स्वस्थ बनाउन र रोग किराको सङ्क्रमणबाट बचाउनका लागि पनि काटछाँट गरी बगैँचा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, \'माघ १५ गतेदेखि फागुन १५ गतेसम्म बिरुवा काटछाँट र बोडोपेष्ट लगाउन उपयुक्त समय मानिन्छ ।\' तिला गाउँपालिका–९ राँसाकी मछालदेउ स्याउ उत्पादक समूहकी मैना रावतका अनुसार तालीममा सिकेका सीप व्यवहारमा प्रयोग गर्नेछौँ । अबका दिनमा स्याउ बगैँचा व्यवस्थापन तथा काटछाँट महिलाले पनि गर्नसक्ने उनले बताए । कास्डा जुम्लाका बजार संयोजक श्रीराम थापाका अनुसार बगैँचा व्यस्थापनसम्बन्धी तालीमसहित कृषकलाई बोडोपेस्ट बनाउने निलोथुतो र चुना उपलब्ध गराएको छ । यसले कृषकका स्याउ बगैँचामा रोगकिरा नियन्त्रण गर्ने अपेक्षा गरेको छ । छ लाख फुजी स्याउका बिरुवा माग स्याउ फल्ने अधिकांश हिमाली जिल्लामा यतिखेर स्याउका नयाँ बिरुवा लगाउने तयारी भइरहेको छ । माघ फागुन महीनामा बिरुवा रोप्ने गरी कृषकले मङ्सिरदेखि नै बगैँचा व्यवस्थापन गरिरहेका छन् । पछिल्लो समय नयाँ स्याउ बिरुवाका लागि स्वदेशमा पाइने स्थानीय जातको बिरुवाभन्दा विदेशबाट आयात गर्नुपर्ने फुजी जातको इटालीको स्याउतर्फ आकर्षित भएका छन् । पहिले नेपालमै पाइने विभिन्न जातको स्याउ बिरुवा लगाउँदै आएका कृषक अहिले विदेशबाट बिरुवा माग गर्न थालेका हुन् । यस वर्ष स्याउ फल्ने हिमाली जिल्लामध्ये चार जिल्लामा मात्र करीब छ लाख फुजी स्याउको बिरुवा विदेशबाट माग भएका छन् । इटाली र स्पेनलगायतका देशबाट नेपालमा आइपुग्ने फुजी बिरुवा नेपालमा पाइने बिरुवाभन्दा १० गुणा महङ्गो पर्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ खुमलटार ललितपुरको पत्रका आधारमा स्याउ सुपरजोन जुम्लाले दिएको जानकारीअनुसार जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा मात्र करीब छ लाख फुजी बिरुवा माग भएको हो । जुम्लाका कृषकले तीन लाख ११ हजार ४२२ फुजी बिरुवा माग गरेका छन् । त्यस्तै कालिकोटका कृषकले एक लाख १६ हजार ५०० मनाङका कृषकले एक लाख ३१ हजार ६०० र मुस्ताङमा १५ हजार ५०० फुजी स्याउका बिरुवा माग भएको छ । सघन स्याउ रोप्नका लागि बिरुवा आयात गरी कृषकलाई वितरण गर्ने स्याउ सुपरजोन कार्यक्रमअन्तर्गत फुजी स्याउको बिरुवा ७० प्रतिशत अनुदानमा कृषकले पाउने भएका छन् । बाँकी ३० प्रतिशत कृषकको लगानी रहनेछ । वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले भने, “बिरुवा आयात गरेको ढुवानी रकम कृषकलाई निःशुल्क हुनेछ, अनुदानमा वितरण हुने प्रतिबिरुवा कृषकलाई रु ४२५ सम्म पर्न जान्छ ।” विश्व बजारमा राम्रो सम्भावना भएको र नेपालमा पनि फुजी स्याउको बढ्दो माग रहेकाले त्यसको उत्पादन वृद्धि गर्न अनुदानमा बिरुवा वितरण गर्न लागिएको उनले बताए । नेपालमा अहिले अन्य स्याउकोभन्दा फुजी स्याउ तेब्बर बढी मूल्यमा बिक्री भइरहेको छ । अनुदानमा आउने फुजी बिरुवा कृषकको मागअनुसार प्राप्त गर्न सम्भव नभएको स्याउ सुपरजोन जुम्लाले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies