Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

काठमाडौँको कौसी थिएटरमा गएराति ‘चराहरुको सम्मेलन’

काठमाडौंँ। दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झै­झगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?” मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए । “मैले कयौँ साल जलथलमा सबैतिर यात्रा गरेँ, अनगिन्ती रहस्य थाहा पाएँ, थाहा छ तिमीहरूलाई रु हाम्रा एक राजा रहेछन् नी !” सुगाले आश्चर्य प्रकट ग¥यो, “राजा राजा ।” सबै चरा चिरबिर गर्न थाले । “हो, हामीले उनलाई खोज्नै पर्छ, नत्र हामी सबैको नाश हुनेछ, हाप्रेले भन्यो । उपस्थित चराले सामूहिक स्वरमा उल्याए । “कति राजा देखियो, कति राजा भोगियो, फेरि अर्को राजा किन चाहियो ?” “हे बुद्धि उडेका चराहरू, मेरो कुरा राम्ररी सुन, प्रभुको नाम हो सिमोर्घ, हो, चराको अश्लील महाराजा उनै हो । उनलाई भेट्न जाने आँट पनि मुटु भएकाले मात्रै गर्छ ।” फाप्रेको कुरा सुनेर फेरि चराहरूले सोधे, “के सिमोर्घ साँच्चै छन् त ?” फाप्रे, “छन् ।” कतिपय चराहरूले राजा भेट्ने मोह जगाए भने केहीले शङ्का व्यक्त गरे । ऐसआराम नपाउने भन्दै कालिज र राजहाँसले यात्रामा नजाने निधो सुनाए । यसरी भेला हुनेमा सुगा, ढुकुर, कोइली, भङ्गेरा, हाँस, कालिज मयुर, बाज, उल्लुलगायत थरी–थरीका चरा थिए । चराहरूको नेता बनेको टाठोबाठो चरो फाप्रेले अन्य चराहरूलाई उक्साउँदै राजा खोज्न प्रेरित गरिनै रह्यो । बाँकी चरालाई विभिन्न कथा र फुँदा गाँसेर फाप्रेले सिमोर्घ खोज्न लग्यो । उतार चढावले यात्र निक्कै कठीन बन्यो । यात्राका क्रममा उनीहरूले मरुभूमि, प्रेम, बुझाइ, विश्मय, विनाश, एकता र मृत्युको उपत्यका पार गर्नुपर्ने भयो । फाप्रेले बेलाबेलामा कथा सुनाउँदै थकित चरालाई हौस्याउँदै लान्थ्यो । उड्न नसक्ने अवस्थामा पुगेका चराहरूलाई उसले कथा सुनाउँदै अगाडि बढाउँथ्यो । नमान्ने चराहरूलाई फेरि जोसिला कथाले पगाल्थ्यो । सिमोर्घलाई एकताको प्रतीकको रूपमा परिभाषित गर्दै फाप्रेले उसको एउटा सुन्दर प्वाँख देखाएर पहिले नै मुग्ध पारिसकेको थियो । फाप्रेले दासको कथा, ऋषिको कथा, राजकुमारीको कथा अनि पीडाका कथा सुनाउँदै चराहरूलाई सहभागी गराउँथ्यो । दुःखकष्ट झेल्दै चराहरू यात्रामा दौडिरहे । अन्ततः काफ प्रदेशमा उनीहरूले सिमोर्घ भेट्छन् । त्यो सिमोर्घ अरु कोही नभएर उनीहरू आफैँ भएको रहस्य खुल्छ । यात्राका क्रममा महात्मा, बूढो मानिस, मगन्ते, बटुवा, राजा र चोरसँगका उपकथाले नाटकलाई जीवन्त पारेको थियो । अन्ततः हरेक कुरा आफैँभित्र छ, देख्न सक्नुपर्छ भन्ने सामाजिक सन्देश दिन सफल नाटक ‘चराको सम्मेलन’ पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरले लेखेको नाटकको नेपाली अनुवाद हो । एक्टर्स स्टुडियोको प्रस्तुतिमा शनिबारदेखि राजधानीको कौसी थिएटरमा उक्त नाटक मञ्चन शुरु गरिएको छ । पर्सियाली नाटकलाई पिटर ब्रुक र ज्या­क्लोद कायरले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली अनुवाद भने पुष्पराज आचार्यको हो । उक्त नाटक नेपालीमा निर्देशन गर्न पाएकोमा खुशी भएको निर्देशक दिया मास्केको भनाइ छ । बीसौं भारतीय नाट्य महोत्सवमा सहभागी हुन जाने क्रममा त्यसको तयारी स्वरूप यहाँ पाँच दिनका लागि नाटक मञ्चन गरिएको आयोजकले जनाएको छ । गएको असोजमा शिल्पी थिएटरमा पनि यो नाटक मञ्चन भएको थियो । नाटकमा केही मिथक र रहस्य अनौठा लाग्ने खालका छन् । मान्छेको यात्रा भनेर देखाउन नमिल्ने भएकाले यहाँ चरालाई प्रयोग गरिएको छ । नाटक हेर्ने दर्शकलाई एक घण्टा ३० मिनेट आलस्य लाग्दैन । कहिले खित्का छाडेरै हाँस्न मन लाग्छ भने कहिले शान्त । नाटकमा चरारूपी मानिस पात्रले जीवन्त प्रस्तुति दिएका छन् । चराकै हाउभाउ र चराका आवाज मिसाएर कलाकारले कला प्रस्तुत गरेका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies