Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन - उपप्रधानमन्त्री

नवलपरासी । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकासको महत्वपूर्ण पाटो पर्यटन भएको बताएका छन् । नवलपरासी पूर्व नवलपुरको पिप्रहर सामुदायिक होमस्टे (घरबास) ग्राममा भएको होमस्टे एशोसिएसन नेपालको दोश्रो राष्ट्रिय कार्यशालामा बोल्दै उहाँले पर्यटनमार्फत मुलुकको आर्थिक विकास गर्न सकिने बताए । उपप्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक विकासका लागि सहज हुने हिसाबले ऐन र कानूनहरु बनाउन लागिरहेको बताए । नेपालमा प्राकृतिक हिसाबले अनगिन्ती गन्तव्य रहेको बताउँदै उनले आर्थिक विकासका लागि पर्यटनसँगै कृषि, जलस्रोत र उद्योगको विकास नै प्रमुख रहेको उल्लेख गरे । पर्यटनको विकासमा घरबासले ठूलो सहयोग पु¥याएको उनको भनाइ छ । “पर्यटन रमाइलो गर्ने मात्र होइन, रोजगारी र स्वरोजगार बनाउने पनि हो”, उपप्रधानमन्त्री पोखरेलले भने, “त्यो काम सामुदायिक होमस्टेले गरेका छन् । उनले घरबासको प्रवद्र्धनका लागि नीति बदल्न परे पनि सङ्घीय सरकार तयार रहेको बताए । तीन दिनसम्म चल्ने कार्यशालामा देशभरका घरबास सेवाको गुणस्तरीयतामा वृद्धि, एकरुपता, प्रवद्र्धन, विकास बजारीकरण एवं हकहितका कार्यक्रम सञ्चालन गर्दै नेपालको ग्रामीण तथा शहरी पर्यटन विकास कसरी गर्नेतर्फ समेत सम्मेलन केन्द्रित हुने बताइएको छ । सम्मेलनमा देशैभरि रहेका करीब २५० घरबासका प्रतिनिधिको सहभागिता रहेको छ । सिमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, सांस्कृतिक–प्राकृतिक सम्पदाको संरक्षण गर्न, गरीबी निवारण गर्न, पर्या–पर्यटन, जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण गर्न र दिगो जीविकोपार्जनका लागि घरबासले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies