Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आपराधिक घटना मध्ये ८० प्रतिशत मदिरा सेवनकै कारण

रुकुम । त्रिवेणी गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गत मङ्सिर १ गते राति श्रीमती र छोराको हत्या गरे । श्रीमती ४२ वर्षीया इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानेर तथा छोरा ११ वर्षीय स्वयंप्रकाशलाई खुकुरी प्रहार गरेर बुढाले हत्या गरेका हुन् । श्रीमती र छोराको हत्या गरी बुढाले खुकुरीले घाँटी रेटेर आत्महत्याको प्रयाससमेत गरेका थिए । अत्यधिक मदिरा सेवन गरी बुढाले श्रीमती र छोराको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । त्यस्तै जिल्लाको आठबीसकोट नगरपालिका– १२ ठूलीबार्खुका ५२ वर्षीय रुद्रे पुनमगरले आफ्ना सहोदर भाइ ३४ वर्षीय इन्द्रे पुनको गत असार ६ गते राति हत्या गरे । चिर्पट प्रहार गरी भाइको हत्या गरेका पुन हत्याको भोलिपल्ट आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । राति सँगै बसेर रक्सी खाएको र घरायसी विवाद हुँदा भाइको हत्या गरेको पुनले प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमिति खड्काले जानकारी दिए । गत मङ्सिर २५ गते राति जिल्लाको बाँफीकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट भयो । अत्यधिक मदिरा सेवन गरेका स्थानीय युवाले आफ्नै घरमा सुतेका अध्यक्ष केसीमाथि कुटपिट गरी टाउको नै फुटाइदिए । कुटपिटबाट घाइते भएका अध्यक्ष केसीको टाउकोमा तीन टाँका लगाइएको थियो । कुटपिटबाट अध्यक्ष केसी एक महीनासम्म थलिएका थिए । जिल्लाको मुसीकोट नगरपालिका– १२ मा गत पुस १ गते तीन जनाको मृत्यु भयो । नयाँ गाउँमा भएको एक बिहेमा सहभागी जिल्लाको सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसीकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसीकोट नगरपालिका– १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको थियो । उनीहरूको मृत्युका प्रमुख कारण मदिरा सेवन रहेको प्रहरीको भनाइ छ । उनीहरूले रक्सी सेवन गरेको र शव परीक्षणको रिपोर्टमा मृत्युको अन्य कुनै कारण नदेखिएको जिल्ला प्रहरी प्रमुख खड्काले बताए । जिल्ला अस्पतालमा भएको शव परीक्षणको रिपोर्टमा पनि उनीहरूको मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको थियो । थप परीक्षणका लागि भित्री अङ्ग प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । त्यस्तै गत सातामात्र जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका– ४ चाँपामा अर्का एक व्यक्तिको शव फेला प¥यो । उनको पनि सम्भवतः मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको छ । उनले अत्यधिक मदिरा सेवन गरेको र शव परीक्षण गर्दा अन्य कुनै कारण नदेखिएको प्रहरीको भनाइ छ । जिल्लामा हुने आपराधिक घटनामध्ये अधिकांश मदिरा सेवनकै कारण हुने गरेको प्रहरीले जनाएको छ । असी प्रतिशत आपराधिक घटना मदिराकै कारण हुने गरेको उपरीक्षक खड्काले जानकारी दिए । \'हामीले यो वर्ष भएका घटनाका कारण केलाएर हेरेका छौँ\', उनले भने, \'जिल्लामा अधिकांश घटनाको प्रमुख कारण भनेकै मदिरा सेवन हो ।\' बलात्कार, हत्या लगायतका घटना त शतप्रतिशत मदिराकै कारण भइरहेको खड्काले बताए । नौ महीनामा १५० घटना जिल्लामा यो वर्षको हालसम्म करीब १५० घटना भएका छन् । वैशाखदेखि पुससम्म १३९ वटा आपराधिक घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो वर्षको जेठ र भदौमा सबैभन्दा बढी २२÷२२ वटा घटना भएका छन् । वैशाखमा ११, असारमा १४, साउनमा नौ, असोजमा २०, कात्तिकमा १५, मङ्सिरमा १२ र पुसमा १४ घटना घटेका छन् । सबैभन्दा बढी सार्वजनिक अपराध कसुरसम्बन्धीका ३३ वटा घटना रहेका छन् । यसका साथै भवितव्य ज्यानको २१, झुण्डिएर आत्महत्या गरेको २०, जबर्जस्ती करणीको १४, सवारी ज्यानको आठ, जबर्जस्ती करणी उद्योगको सात, कर्तव्य ज्यानको पाँच, विष सेवन गरी आत्महत्या गरेको चार, ज्यान मार्ने उद्योगको चार, फुटकर ज्यानको दुई, बेवारिसे ज्यानको एक, सवारी भवितव्य ज्यानको दुई, बहुविवाहको दुई र बालविवाहको एउटा घटना छन् । घटनाको दर जिल्लामा प्रत्येक दुई महीनामा एक जनाको हत्या हुने गरेको छ । त्यस्तै प्रत्येक महीना तीन जनाले विष सेवन गरी आत्महत्या गर्ने गरेका छन् । महीनामा एक जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको छ । यसका साथै प्रतिमहीना दुई वटा ज्यान मार्ने उद्योग, प्रतिमहीना दुई वटा भवितव्य ज्यानका र प्रतिमहीना तीन वटा सार्वजनिक अपराधका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयले तयार पारेको अपराध विवरणमा उल्लेख छ । मदिरा नियन्त्रणको तयारी प्रहरीले आपराधिक घटनाको प्रमुख कारक तत्व मदिरालाई मान्दै यसको नियन्त्रणसम्बन्धी काम गरिरहेको जनाएको छ । पछिल्लो समय जिल्ला समन्वय समितिको अगुवाइमा जिल्लामा मदिरा नियन्त्रणको तयारीसमेत शुरु भएको छ । हाल जिल्लामा आउने मदिरा बन्द गरिएको छ भने फागुन १६ गतेदेखि जिल्लामा मदिरामा पूर्णरूपमा बन्देज लगाउने तयारी गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies