Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अठ्ठाइस हजार भूकम्पपीडित मध्य अनुदान पाउने छ हजार मात्र

भक्तपुर । भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो । जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो किस्ता सम्झौता गर्नेको तुलनामा तेस्रो किस्ता रकम लैजाने भूकम्पपीडितको सङ्ख्या अत्यन्त कम रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरले जनाएको छ । लाभग्राहीको सूचीमा रहेका जिल्लाका कूल २८ हजार ३०८ मध्ये अनुदान लैजान २४ हजार २८३ भूकम्पपीडितले सम्झौता गरेका थिए । तर पहिलो किस्तावापत रु ५० हजार लैजानेको तुलनामा दोस्रो र तेस्रो किस्ताको रकम लैजानेको सङ्ख्या निकै न्यून रहेको प्राधिकरण भक्तपुर जिल्लाका प्रमुख ध्रुव गैडाले जानकारी दिए । सम्झौता गरेकामध्ये दोस्रो किस्ता लैजानेमा सात हजार १४२ भूकम्पपीडित रहेका छन् भने तेस्रो किस्ता लैजानेमा छ हजार ६८७ मात्रै रहेको उनको भनाइ छ । पहिलो किस्ताको सम्झौता गरेर रकम लैजानेमध्ये २१ हजार ६२१ भूकम्पपीडितले अझै तेस्रो किस्ताको रकम लिन आएका छैनन् । यसको अर्थ भूकम्पपीडितले अझै निजी आवास निर्माण गर्न नसक्दा थप रकम लिन नआएको प्राधिकरणको भनाइ छ । प्राधिकरण भक्तपुरका प्रमुख गैडाका अनुसार कतिपय भूकम्पपीडितले आर्थिक अभावका कारण घर निर्माण गर्न नसक्दा दोस्रो र तेस्रो किस्ता लिन नआएका, कतिपयले नगरपालिकाको नक्सा पासमा सहज नहुँदा त्यही अलमलिएर बसेकाले नआएको, कतिपयले नक्सा पास नै नगरी घर निर्माण गरेका, कतिपयले आफ्नो स्वामित्वमा जग्गा नहुँदा र कतिपयले बहुस्वामित्वमा रहेकाले अनुदान लिन नआएको पाइएको बताए । बहुस्वामित्व, गुठीजस्ता समस्याको भने प्राधिकरणले समाधन गर्दै अनुदान दिने नीति बनाएर पनि कतिपयले यसबारे जानकारी नै नपाउँदासमेत भूकम्पपीडित अलमलिएको गुनासो बढेको छ । जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा कूल सात हजार ६२२, चाँगुनारायण नगरपालिकामा १० हजार ९३७, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३३३ र सूर्यविनायक नगरपालिकामा सात हजार ४१६ लाभग्राही गरी कूल २८ हजार ३०८ लाभग्राही सूचीकृत भएका छन् । पहिलो किस्ता लैजानेमध्ये भक्तपुर नगरपालिकामा पाँच हजार ५९६, चाँगुनारायण नगरपालिकामा नौ हजार ६८०, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३३३ र सूर्यविनायक नगरपालिकामा सात हजार ४१६ लाभग्राही रहेको प्राधिकरणका इञ्जिनीयर भोजराज भट्टले जानकारी दिए । दोस्रो किस्ता सम्झौता गरी रकम लैजानेमध्ये भक्तपुर नगरपालिकामा एक हजार ५२८, चाँगुनारायण नगरपालिकामा दुई हजार ७५८, मध्यपुरथिमि नगरपालिकामा ६०४ र सूर्यविनायक नगरपालिकामा दुई हजार २५२ लाभग्राही गरी कूल सात हजार १४२ भूकम्पपीडित रहेका छन् भने तेस्रो किस्ता सम्झौता गरेर अनुदान लैजाने भूकम्पपीडितमध्ये भक्तपुर नगरपालिकामा एक हजार ३५४, चाँगुनारायण नगरपालिकामा दुई हजार ६२४, मध्यपुरथिमि नगरपालिकामा ५६७ र सूर्यविनायक नगरपालिकामा दुई हजार १४१ गरी कूल छ हजार ६८७ रहेका छन् । त्यस्तै प्रवलीकरणतर्फ थप सर्वे तथा पुनः जाँचबाट थपिएका ४१४ गरी प्रवलीकरण वर्गमा परेका थप लाभग्राही ६९४ रहेकोमा अनुदान रकमको प्रथम किस्ता प्राप्त गर्ने २७७ लाभग्राही मात्रै रहेको इञ्जिनीयर भट्टले जानकारी दिए । समयमै निजी आवास निर्माण गर्न भूकम्पपीडितलाई पटकपटक आग्रह गरिएको र गाउँगाउँमा गएर यसबारे जानकारी गराएको पनि उनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies