Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उच्च पहाडी भूभागमा बाक्लो हिमपात : हिउँमा रमाउन पर्यटकको घुइँचो

बागलुङ। बागलुङको उच्च पहाडी भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै पर्यटकीय स्थलमा हिउँमा रमाउन आउने पर्यटकको घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन, गाजाको दह, थामाको नेटा, निसी, तमान, ताराखोला, घुम्टेलगायत स्थानमा बाक्लो हिमपात भएको छ । हिमपातपछि रमाइलो गर्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइमा नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यका र थामाको नेटा परेको छ । चिसोका कारण सुनसान बनेको ढोरपाटन शिकार आरक्ष कार्यालय रहेको उपत्यका क्षेत्रमा हिमपातपछि पुनः चहलपहल बढेको छ । जिल्ला सदरमुकामदेखि ढोरपाटन पुग्ने सडकको स्तरोन्नति भएसँगै यस वर्ष अहिलेसम्मकै बढी पर्यटक आएको स्थानीयवासीले बताएका छन् । छिमेकी जिल्लालगायत राजधानीबाट समेत पर्यटक हिउँमा खेल्न आएको पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । सरकारले हालै सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्य ढोरपाटन र गाजाको दहप्रति पर्यटक आकर्षित भएका हुन् । केही दिनदेखि लगातार हिमपात भएसँगै ढोरपाटन उपत्यका, ढोरबराह क्षेत्र आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको स्थानीयवासी वीरबहादुर थापाले बताए । पर्यटकको आगमन बढेसँगै होटलमा बस्न समस्या भएको छ । ढोरपाटन सिकार आरक्ष समुन्द्री सतहबाट दुई हजार ८५० मिटर उचाइमा अवस्थित छ । सदरमुकाममा बस्ने अधिकांशले हिउँसँग खेल्न पाउँदा खुशी प्रकट गरेका छन् । “हिउँमा खेल्न पाउँदा साह्रै रमाइलो भयो”, थामाको नेटा हिउँमा खेल्न आएका सूर्य खड्काले भन्नुभयो । जिल्लाको ढोरपाटन, ताराखोला, निसीआसपासका क्षेत्रमा मात्र पर्ने हिउँ यसपालि बागलुङको अधिकांश स्थानमा परेपछि कृषक उत्साहित बनेका छन् । हिउँ खेल्नकै लागि ढोरपाटन जानेको सङ्ख्या ह्वात्तै बढेको छ । होटल तथा रेष्टुराँको कारोवारसमेत बढेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies