Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यि हुन् समाजका नमुना महिला, जाे मेहनत र आत्मविश्वासले बने प्याराग्लाइडर

चिप्लेढुंगा । पोखरा लेकसाइडकी प्रतिभा भुजेल चरा जस्तै उडेका दृश्य देखेर मुग्ध हुन्थिन् र मनभरि त्यस्तै सपना देख्दै हुर्किइन् । त्यो सपना पूरा गर्न उनले कुनै कसूर बाँकी राखिनन् । निरन्तरको मेहनतले आफूलाई अन्ततः प्याराग्लाइडिङ्ग पाइलटका रुपमा स्थापित गर्न उनी सफल भइन् । यद्यपि, नेपाली समाजमा अझै पनि महिलाको आत्मविश्वास र क्षमतालाई सहजै स्विकार्ने अवस्था बनिसकेको छैन । तर, अवसर मिलेमा जस्तोसुकै चुनौतीको पनि सामना गर्ने सामथ्र्य महिला राख्छन् र सफल पनि हुन्छन् भन्ने एक नमूना बनेकी छिन् भुजेल । भुजेलले भनिन् – “आकाशमा उडेको सपना देख्थें । त्यही पूरा गर्न मेहनत गरें र सफल पनि हुँदै गए ।” सफल बन्न हरेक दिन नयाँ सपना देख्नुपर्ने र आफ्नो रुचि र सन्तुष्टि मिल्ने सपनालाई पूरा गर्न मेहनत गर्नुपर्ने उनको धारणा छ । बुबा काली बहादुर भुजेल र आमा देउमाया भुजेलका चार सन्तान मध्येकी जेठी प्रतिभाले सन् २००९ देखि प्याराग्लाइडिङ्ग उडानका लागि तालीम लिएकी हुन् र विसं २०१२ देखि तिनले व्यावसायिक उडान शुरु गरिन् । ब्लु स्काई कम्पनीबाट उडानको प्रशिक्षण लिएकी ३३ वर्षीया भुजेलले सोलो हुँदै टेन्डम उडान गरेकी हुन् । भुजेल टेन्डम उडान गर्ने नेपालकै पहिलो व्यावसायिक महिला पाराग्लाइडर पाइलट हुन् । शुरुमा उनको यो रुचिप्रति परिवारको समर्थन रहेन तर, रहर र इच्छाबीच झाङ्गिएको आत्मविश्वासमा परिवारले बाध्य भएर समर्थन गर्नुपर्यो । आज उनको कामप्रति परिवारका सदस्य खुशी छन् । पहिलो उडान गर्दाको अनुभवबारे भुजेल भन्छिन् – “पहिलो उडान त रोबोट जस्तै वाकिटकिको सहारामा प्रशिक्षकको निर्देशनमा मात्रै केन्द्रित भयो । मजा लिने अवसर नै मिलेन ।” त्यसपछिका दिनहरुमा भने आकाशमा रमाउने बानी भएको र साढे चार घण्टासम्म उडेका उनको अनुभव छ । भुजेल एसियाड गेममा सहभागी महिला टोलीको नेतृत्व गरेकी प्यारापाइलट पनि हुन् । लेकसाइडकै त्रिसा श्रेष्ठको पनि सपनाको उचाइ निकै माथि छ । परिवारको साथ र प्रेरणाबाट आफ्नो लक्ष्यतर्फ लम्किएकी त्रिसा नेपालमा प्याराग्लाइडिङ्ग भित्र्याउने पाइलट बिरु बम्जनकी बुहारी हुन् । बुबा ज्ञान बहादुर र आमा सीता मायाकी सन्तान त्रिसा प्याराग्लाइडिङ्ग पाइलट श्रीमान् राजेश बम्जनको प्रेरणा र साथले सफल भएको बताउँछिन् । तीस वर्षीया त्रिसा ग्राफिक्स डिजाइनर पनि हुन् । सन् २००७ मा श्रीमान्ले सिक्ने हो भनेर ख्याल ख्यालमै भनेको स्मरण गर्दैै उनी भन्छिन् – “त्यही शब्दले नै रहरलाई स्थापित गरिदियो ।” उनले सनराइज प्याराग्लाइडिङ्गबाट १५ दिनको कोर्स गरिन् र ६ वर्ष सोलो तथा ४ वर्ष टेन्डम गरिन् । आकाशमा उड्दा बढेको आत्मविश्वासले जीवनलाई सधैं प्रफुल्लित बनाइरहेको उनको अनुभूति छ । त्रिसाले नेपाल ओपन प्याराग्लाइडिङ्ग च्याम्पियनशीपमा पनि पहिलोपल्ट तेस्रो स्थान र दोस्रो पल्ट दोस्रो स्थान हासिल गरेकी छिन् । इण्डोनेशियाको बाटुमा एकुरेशि वल्र्ड कपमा पनि उनी सहभागी भएकी थिइन् । किसु पौडेल पनि पोखरा लेकसाइडकी बासिन्दा हुन् । हरेक दिन आकाशमा उडिरहेका प्याराग्लाइडिङ्ग देख्दा उनमा पनि नजानिँदो किसिमले रुचि बढ्दै गयो । त्यो बेला विदेशी प्यारापाइलट महिलाले निर्धक्कसँग उडेको देख्दा उनको मनमा पनि गरे सकिने रहेछ भन्ने सोच पलायो । उनले भनिन् – “विदेशबाट आएर हाम्रो भूगोलमा यति आनन्दले उडिरहेका छन्, हामीले पनि त गर्न सक्छौ नी ।” त्यही दिनदेखि उनलाई आकाशमा उड्ने रहर बढ्यो । सन् २००९ मा उनले प्याराग्लाइडिङ्ग तालीम गरिन् । त्यसको तीन वर्षपछि आफैं प्याराग्लाइडर पाइलट बन्ने सोच बनाइन् । ब्लु स्काइ कम्पनीबाट १५ दिने सैद्धान्तिक र सोलो उडानको व्यावहारिक अभ्यास पूरा गरिन् । व्यवस्थापनमा स्नातक उत्तीर्ण २७ वर्षीया किशु बुबा होमनाथ र माता रुपा पौडेलकी चौथो सन्तान हुन् । जीवनमा खुशीका रङ्गहरु मेहनतले मात्रै भर्न सकिन्छ भन्ने सोच राख्ने पौडेल पर्यटकीय नगरी पोखरामा साहसिक खेलको रुपमा विकास भएको प्याराग्लाइडिङ्गको सम्भावना राम्रो भएको ठान्छिन् । उडानमा पर्यटकले महिला पुरुष पाइलट भनेर नरोज्ने तर, मुस्लिम महिलाले महिला पाइलट बढी खोज्ने गरेको पौडेलको अनुभव छ । उनी भन्छिन् – “पर्यटकहरु उडान पछि खु्शीका साथ धन्यवाद दिन्छन् । त्यो बेला बेग्लै अनुभुति हुन्छ ।” कतिपय क्षेत्रमा महिला र पुरुषबीच पारिश्रमिकमा विभेद रहे पनि यो क्षेत्रमा त्यस्तो भेदभाव नरहेको तर, बढ्दो अस्वस्थ प्रतिस्पर्धाका कारण यो पेशा पहिलेजस्तो आकर्षक नरहेको उनको भनाइ छ । पोखरामा प्रमुख पर्यटकीय आकर्षणका रूपमा साहसिक खेल प्याराग्लाइडिङ्गको विकास भएको दुई दशकभन्दा बढी भइसकेको छ । व्यवस्थापन फितलो भएकाले प्याराग्लाइडिङ पाइलटहरु सन्तुष्ट भने छैनन् । अझ महिला पाइलटहरु जुन उत्साहले यस क्षेत्रमा प्रवेश गर्छन् त्यो अनुसारको वातावरण नभएको उनीहरु बताउँछन् । सिक्ने र रहर पूरा गरेर अर्को पेशा व्यवसायतिर लाग्ने थुप्रै रहेको उनीहरु बताउँछन् । पोखरामा ५० कम्पनीले व्यावसायिक प्याराग्लाइडिङ्ग उडान गर्ने गरेको नेपाल हवाइ खेलकूद संस्थाका महासचिव वसन्त दवाडी बताउँछन् । झण्डै ३०० हाराहारीमा पाइलट छन् । त्यसमा दश÷पन्ध्र जना मात्रै महिला छन् । व्यावसायिक उडान गर्ने महिला जम्मा पाँच÷छ जना छन् । बाँकी सोलो उडान गर्छन् । विदेशी पर्यटकले भने महिला पाइलटसँग बढी सुरक्षित महसुस गर्ने गरेको दवाडी बताउँछन् । सन् २००९ मा महिला पाइलट एउटा उत्साहका साथ यस क्षेत्रमा प्रवेश गरे । त्यो बेला महिलाले पनि प्याराग्लाइडिङ्ग गर्न सक्छन् र भनेर आशङ्का र अविश्वासको नजरले हेर्ने थुप्रै भए पनि आज तिनै महिला हरेक दिन उडान भरिरहेका छन् र व्यावसायिक रुपमा सफल भइरहेका छन् । दवाडी भन्छन् – “उनीहरु साहसी हुन् र नेपाली समाजका नमूना महिला हुन् ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies