Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जनताको जीवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी बृद्वि गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिएको बताएका छन् । म्याग्दीको मुनामा आज धौलागिरि गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्नु नै हाम्रो मुख्य प्राथमिकता रहेको छ । ‘पर्यटन, जलविद्युत्, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी वृिद्ध गराउनु गण्डकी प्रदेशको लक्ष्य हो’ मुख्यमन्त्री गुरुङले भने, \'खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत् सेवामा आम नागरिकको पहुँच वृद्धिमा जोड दिएका छौँ ।\' मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन शिकार आरक्षको बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धौलागिरि संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव गरे । सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत्, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्यचौकीको भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिए । सो अवसरमा उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले स्थानीय तहसँग सहकार्य गरेर वन पैदावारको संरक्षण र उपयोगसँगै आयआर्जन वृद्धि, पर्यटन विकासमा जोड दिएको बताए । धौलागिरि गाउँपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, पदमार्गको विस्तार र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने बताए । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संसारको सातौँ अग्लो धौलागिरि, गुर्जालगायत हिमाल, ढोरपाटन शिकार आरक्ष अवस्थित धौलागिरि गाउँपालिकाको सडक, विद्युत्, भवन, शिक्षा, सञ्चारलगायत पूर्वाधारका क्षेत्रमा सघाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए। प्रजिअ लीलाधर अधिकारीले भौगोलिक हिसाबले विकट र दुर्गम भए पनि धौलागिरि गाउँपालिका पर्यटन, जलविद्युत्, जडीबुटीका हिसाबले प्रशस्त सम्भावना बोकेको बताए । उनले विपद् व्यवस्थापनका लागि म्याग्दीमा एक वार्ड एक हेलिप्याड निर्माण अभियान सञ्चालन गरिएको जानकारी दिए । उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको परिचालन गरी विकास र सम्बृद्धीमा रुपान्तरण गराउन आवश्यक ऐन कानून छिटो बनाउन प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराए । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दुर्गम भएकाले कर्मचारी आउनै नमान्ने र आए पनि सरुवा भएर जाने समस्या धौलागिरि गाउँपालिकाको विकास र सार्वजनिक सेवा प्रवाहमा देखिएको चुनौती भएको बताए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies