Khabar Dabali Logo
  July 4, Sat

गरीब विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम

कास्की । माछापुच्छे गाउँपालिकाले आर्थिक रुपमा विपन्न र गरीब नागरिकको स्वास्थ्य सेवासम्म पहुँच पुर्याउने उद्देश्यले ‘स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरेको छ ।

पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट नागरिक वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकम भुक्तानीमा अनुदान दिने कार्यक्रम शुरुआत गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर दुई वर्षअघिदेखि सरकारले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । जसमा परिवारका पाँच सदस्यले वर्षमा रु दुई हजार ५०० तिरेर बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ । पाँचभन्दा बढीको हकमा भने प्रतिव्यक्ति रु ४२५ बुझाउनुपर्नेछ ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी परिवारका सदस्यले वर्षमा रु ५० हजारसम्मको उपचार तोकिएको अस्पतालबाट निःशुल्क पाउने व्यवस्था सरकारले गरे पनि आर्थिक रुपमा कमजोर नागरिकले सो सेवा प्राप्त गर्न सकेका छैनन् ।

गाउँपालिकाका नौ वटै वडाबाट स्वास्थ्य बीमामा सहभागी हुन नसकेका विपन्न र अतिगरीब दुई सय परिवारको बीमा गाउँपालिकाले गर्ने योजना बनाएको अध्यक्ष गुरुङ बताउछन् । गाउँपालिकाले चालू आवकोे नीति तथा कार्यक्रममा नै उल्लेख गरेर विपन्न नागरिकको स्वास्थ्य बीमाका लागि रु पाँच लाख बजेट विनियोजन गरेको थियो । जसबाट यस वर्ष दुई सय घरपरिवारका करीब एक हजार परिवारले स्वास्थ्य बीमाबाट लाभ लिन सक्ने उनले बताए ।

‘नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु गाउँपालिकाको अधिकार क्षेत्रभित्रको विषय हो,’ उनले भने, ‘नागरिकको अधिकारको संरक्षण गर्न, आर्थिक रुपले विपन्न बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम शुरुआत गरेका हौँ ।’

गाउँकार्यपालिकाको गत हप्ताको बैठकले बीमामा अनुदान दिनेसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै स्वास्थ्य बीमामा सहभागी हुन नसकेको परिवारको तथ्याङ्क सङ्कलन वडा वडामा शुरु गरिएको गाउँपालिका स्वास्थ्य संयोजक हरिलाल आचार्यले बताए । वडा कार्यालयले वडाअन्तर्गतका गरीब घरपरिवारको पहिचान गरी उनीहरुको आवेदन दर्ता गर्ने उनको भनाइ छ । आम्दानी, रोजगारीको अवस्था, ज्याला, विप्रेषण (रेमिट्यान्स) तथा ऋण उपभोगका आधारमा त्यस्ता परिवार छनोट गरिने आचार्यले बताए ।

सङ्घीय तथा प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका लाभग्राही भने यस कार्यक्रममा सहभागी हुन नसक्ने जनाएको छ । गरीब, विपन्न तथा अन्य लक्षितवर्गका परिवारले बीमा कार्यक्रमको योगदान रकममा अनुदान माग गर्दा परिवारका सदस्य, उनीहरुको नाममा रहेको घरजग्गाको विवरण, गरगहना र बैंक तथा वित्तीय संस्थाहरुमा ऋण लिए नलिएको लगायतका विवरण भर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

कास्कीमा स्वास्थ्य बीमा गरेका नागरिकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्य उपचारको सेवा लिन पाउनेछन् । आकस्मिक उपचारको हकमा भने मणिपाल र गण्डकी मेडिकल कलेजमा पनि उपचार गर्न सक्ने व्यवस्था गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको सिफारिशमा अन्य सरकारी अस्पतालबाट समेत सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

माघ १० गते, २०७५ - १६:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषकलाई बाँदर धपाउन एयर गन वितरण

कृषकलाई बाँदर धपाउन एयर गन वितरण

अर्घाखाँची । केही वर्षदेखि खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि छत्रदेव गाउँपालिकाले...   

कोरोनाबाट विश्वमा पाँच लाख २९ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको...   

काठमाडौंको ढलमा भेटियो कोरोना भाइरस, समुदायमा फैलिसकेको अनुमान

काठमाडौं । काठमाडौं उपत्यकामा ढलको पानीमा कोरोना भाइरस देखिएको छ । उपत्यकाका मुख्य ४ स्थानको ढलको...   

अमेरिकासँग वार्ता असान्दर्भिक : उत्तर कोरिया

सोल । उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च...   
कोरोना सङ्क्रमणका कारण राष्ट्रपतिका सल्लाहकारको  मृत्यु

कोरोना सङ्क्रमणका कारण राष्ट्रपतिका सल्लाहकारको मृत्यु

काबुल । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार...   

कोरोना महामारीलाई वेवास्था नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको...   

शनिबारसम्म कोरोनाबाट १८हजार ६५५ भारतीयको मृत्यु, कूल सङ्क्रमित छ लाख ४८ हजारभन्दा बढी

नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय...   

काठमाडौ उपत्यकामा सवारी दुर्घटनामा एक सय ४५ जनाको मृत्यु, दुईपाङ्ग्रे बढी

काठमाडौ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष...   

घाँस काट्न गएका युवकको भीरबाट खसेर मृत्यु

अछाम । भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । शुक्रबार रामारोशन गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय लोकेन्द्र...   
भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

लहान । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्या्रक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top